/ , , , , / सिरहामा, आठ दिनमा १४ करोड ७६ लाख ५२ हजार राजश्व संकलन

सिरहामा, आठ दिनमा १४ करोड ७६ लाख ५२ हजार राजश्व संकलन

 समग्रसंदेश डट.कम.
सिरहा ११ फाल्गुन । 
 विगत ६ महिनादेखि जारी मधेश आन्दोलनका कारण विधुतको महसुल वुझाउने काउण्टर गत माघ २८ गते आईतवारदेखि खुलेपछि करोडौं राजश्व असुली भएको छ । सिरहामा आठ दिनमा मात्र  कुल १४ करोड ७६ लाख ५२ हजार राजश्व संकलन भएको  लहान शाखा प्रमुख  माधव प्रसाद यादवले बताउनु भयो । सो रकम विधुत कार्याल लहान गोलबजार सुखिपुर र मिर्चैया सेवा केन्द्रवाट संकलन गरिएको छ । बन्दपछि खुलेको महसुल बुझाउने काउण्टरहरुमा हजारौको संख्यामा उपभोक्ताहरु आउन थालेपछि विधुत कार्यालयले ३ टोकन सुविधायुक्त काउण्टर, दुई विना टोकनको महिला काउण्टर र एक विविध काउण्टर गरी ६ वटा काउण्टर संचालन गरेको छ । तरपनि उपभोक्ताको चापका कारण भने राजश्व बुझाउन हम्मेहम्मे हुन्छ । महसुल बुझाउन बिहान ७ बजेदेखि राती ७ बजेसम्म नै भिड लाग्ने गरेपछि विधुतले ६ बजेदेखि टोकन वितरण गरि  उपभोक्ताले महसुल बुझाएको विधुत प्राधिकरण लहान शाखा प्रमुख  माधव प्रसाद यादवले बताउनु भयो ।
यता कतिपय उपभोक्ताहरुले भिडका कारण महसुल बुझाउन नपाएको बताउँछन् । विधुतले माघ २८ गतेदेखी ७ दिन सम्म बन्द अवधीको विद्युत महसुलमा तीन प्रतिस्द छुट गर्ने निर्णय तथा ८ औं दिनदेखी २२ दिनसम्म जरिवाना नलिने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।


about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment