सिरहा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्ला औरही गाबिसका तत्कालिन सचिब सोन्फी दास तत्माले नक्कली बिल भर्पाई बनाई १९ लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा सोमबार बिशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।
अख्तियारका अनुसार तत्माले सामाजिक सुरक्षा भत्ता र ग्रामिण बिधुतिकरण योजनाको रकमकुल १९ लाख ५४ हजार ८ सय ९४ रुपैया अनियमितता गरेको र गैर कानूनीरुपमा मुखिया पदमा नियुक्त अशोक कुमार यादबले ३ लाख ६४ हजार ६ सय रुपैया अनियमितता गरेको आरोपपत्र दायर गरेको छ । तत्माले गाविसको सामाजिक सुरक्षा भत्ता र ग्रामिण बिधुतिकरण योजनाको रकम हिनामिना गरेको तथा गैर कानूनी रुपमा अशोक कुमार यादबलाई मुखिया पदमा नियुक्ति गरेको अख्तियारको आरोपमा उल्लेख गरिएको छ ।
Home /
Apradh Khabar
,
Breaking
,
Headline1
,
social
/
सिरहामा भ्रष्टाचार : सचिव र मुखिया विरुद्ध अख्तियारद्धार मुदा दायर
No comments:
Post a Comment