सिरहा ६ फागुन । सिरहा प्रहरीले विभिन्न जघन्य मुद्दाका फरार प्रतिवादी जिल्ला सिरहा मिर्चैया नगरपालीका वडा नं–१ बस्ने मोस्टवान्टेड गुण्डा धनेश्वर भन्ने दिपेन्द्र कुमार यादवलाई प्रहरीको विशेष टोलीले हतियारसहित पक्राउ गरेको छ ।
नेपालमा अपराध गरी नेपाल र भारत सिमा नाकामा लुकीछिपी बस्ने गरेका यादवलाई लुकीछिपि नेपाल प्रवेश गर्ने क्रममा जिल्ला सिरहा नगरपालिका वडा नं–१५ पटेर्वाबाट हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।
यादव यसभन्दा पहिला पनि हातहतियार खरखजना मुद्दामा १ वर्ष कैद सजाय भोगी रु ८०,००० हजार जरिवाना तिरी ०७१ साल ८ महिना १ गते जिल्ला कारागार सिरहाबाट रिहा भएका थिए ।
यादव २०७२ जेठ १३ गते साँझ ७ बजेको समयमा मिर्चैया नगरपालिका वडा नं–११ स्थित कमला सिचाईं नहरको नजिकमा नहर प्रोजेक्टका ठेगेदार अजय पौडेललाई गोली हानी ज्यान मार्ने उद्योग गरी हालसम्म भूमिगत रहेकोले यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्दा दर्ता गरिएको थियो ।
यादवले विभिन्न व्यक्तिहरुलाई पटक–पटक फोन गरी धम्क्याउने तथा आफूलाई भूमिगत गिरोहको नाईके रहेको भन्दै सिरहा जिल्ला बासीमा त्रास फैलाउँदै आइरहेको प्रहरीको अनुसन्धानको क्रममा बुझिएको छ । यादवलाई सिरहा प्रहरीले आज सार्बजनिक गरेको हो । फागुन ४ गतेबाट लागू हुने गरी हातहतियार खरखजना मुद्दामा सिरहा जिल्ला अदालत सिरहाबाट म्याद थप गराई अनुसन्धान भइरहेको सिरहा अनुसन्धान शाखाले जानकारी गराएको छ ।
No comments:
Post a Comment