लहान, ३० पुस । ‘जसको रक्षा गर्ने छैन् कोही, सहारा बनेर आउंछीन् नजबुल खान’ चाहे घरेलु हिंसामा तडपिरहेका हुन्छन्, चाहे समाजिक कुरितीमा पिल्सिरहेका महिलालाई उद्धार गर्न पुग्छिन् नजबुल खान यो कथन हो उदयपुरकी सरिता राईकी । राई थप्छिन्—‘नजबुलको जीवन नै अच्चम ,रातदिन महिला अधिकारको लागि लडिरहन्छीन् ।’ ‘महिला समावेशीको सवाल मात्रै नभई अधिकारको लागि जहां पनि प्याचै बोलिहाल्छीन् । उनीसंग हामी पनि अधिकारको लागि महिलाहरुलाई जागृत गर्दै आएको छौं ।घटना उदयपुरको मुर्कुची स्थित एक महिलाको वेदनासंग जोडिएको छ । विहान ६ बजे सलितादेवी नाम बताउंने महिलाले एक बालकको जन्म दिइन् । तर, उनकी सहरा दिने सासु ससुरा पति तथा कुनै नातागोता कोही थिएन् । स्थानीयले खाना र कपडाको सहयोग दिएरका थिए । र, सुत्केरी महिलालाई चाहिने आवश्यक समानको अभावमा जीवनमरणको अवस्थामा पुगेका थिए । त्यतिकैमा सहराको हात लिएर आईपुगिन् नजबुल खान । पीडा र संरक्षणको अभावमा अलपत्र परेकी सुत्केरीलाई नजबुलले उद्धार गरी अस्पताल पुर्याएका छन् । जिल्लाका प्रहरी र प्रशासनको सहयोगमा नजबुलले ती सुत्केरीलाई औषधी, खाना, बस्न र पौष्टिक आहारको व्यवस्था मिलाउंदै जन्मिएका बालकलाई नयां संसार देखाउंन सहयोग गर्न जुटेका छन् ।नजबुल खानको सुत्केरी र बालक उद्धार त एउटा ताजा घटना मात्रै हुन् । खान अहिले हरेक निकायमा महिलामैत्री हुनुपर्छ भनी जोडदार अभियान नै चलाएका छन् । यसैले जहिले पनि जहां पनि ‘नोट अफ डिसेन्ट’ भनिहाल्छन् उनी । आज यसै शिलशिलामा नेपालको जिल्ला जिल्ला र ग्रामिणक्षेत्रमा समेत यो अभियानलाई जोडदार रुपमा बढाउंदै महिलामैत्री सवाल गर्दैछन् खान ।
No comments:
Post a Comment