/ , , / कक्षा ११ को नतिजा सार्वजनिक,माघ २९ गते मौका परीक्षा

कक्षा ११ को नतिजा सार्वजनिक,माघ २९ गते मौका परीक्षा

पुस ३०, उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले बिहीबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्का उपाध्यक्ष डा। चैतन्य शर्माले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ४ जनाको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागि भएकोमा ४३ हजार ९८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ५ जनाको परीक्षा स्थगित गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्ध गरिएको छ । एक विषयमा अनुत्तिर्ण भएकाले आगामी माघ २९ गते मौका परीक्षा दिन पाउने भएका छन् । गतवर्ष भने ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष उत्तीर्ण प्रतिशत बढेको शर्माले जानकारी दिनुभयो । परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो । परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम भएपनि ६ महिना ढिलो नतिजा सार्वजनिक भएको छ । कक्षा ११ को परीक्षा गत असार १ गतेदेखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गतेदेखि भएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment