/ , , / मधेसका ८ जिल्लालाई लक्षित गरी विकास कार्यक्रम घोषणा ।

मधेसका ८ जिल्लालाई लक्षित गरी विकास कार्यक्रम घोषणा ।

काठमाडौं, १४ माघ । वर्तमान सरकारले मधेसका आठ जिल्लालाई लक्षित गरी आक्रामक विकास कार्यक्रम सुरु गरेको छ । हालको सीमांकन अनुसार प्रदेश नं. २ मा पर्ने सिरहा , सप्तरी,पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा र महोत्तरी,  जिल्लामा यो कार्यक्रम गर्ने योजना तयारी गरीएको छ । यी जिल्लाका पनि भारतीय सीमासँग जोडिएका १०९ गाविस र ७ नगरपालिकालाई लक्षित गरी यो योजना अघि बढाइएको छ । ती क्षेत्रका विपन्न नागरिकलाई फाइदा पुग्ने गरि कार्यक्रम तय गरिएको संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयका उपसचिव सुमन घिमिरले  जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ देखि ०७६÷७७ भित्र महत्वाकांक्षी लक्ष्यहरु पूरा गर्ने गरी ४ अर्ब ९१ करोड ८६ लाख रुपियाँ बराबरको कार्यक्रम तय गरिएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । यस कार्यक्रममा चालू आर्थिक वर्षमा मात्रै १६ करोड ४१ लाख रुपियाँ खर्च गर्ने तय भएको द्धिमिरेले बताउनुभयो । कार्यक्रम लागू भएको क्षेत्रमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा लगानी गरिने कार्यक्रमसम्बन्धी दस्तावेजमा उल्लेख छ । कार्यक्रमले स्थानीय सडक ९माटोको कामबाहेक०, साना सिंचाइ, कृषि, खानेपानी तथा सरसफाइ, सामुदायिक पूर्वाधार, वातावरण संरक्षण, ऊर्जा, सामुदायिक वन, सामुदायिक विद्यालय लगायतमा पूर्वाधार निर्माण तथा सुधारसम्बन्धी गतिविधि समेटेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment