/ , , , / अत्याधिक जाडोले सिरहा सहित तराईका जनजिवन प्रभावित

अत्याधिक जाडोले सिरहा सहित तराईका जनजिवन प्रभावित

राम नारायण पंडित, सिरहा, १० माघ ।अत्याधिक जाडोले सिरहा सहित तराईका जनजिवन प्रभावित भएको छ । सिरहाको मिर्चैया सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एाकएक बढेको जाडोले जनजिवन कष्टकर बनेको छ । विहानै देखि वाक्लो हुस्सु संगै चिसो हावा चलेका कारणले जनजिबन थप प्रभाबित हुदैँ गएको छ । जाडो बढेकोले दैनिक दिनचर्या विताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजिबन अस्तब्यस्त बनेको छ । जाडो बढेपछि खासगरी बालबालिका र वृद्धवृद्धाहरु बढि समस्यामा परेको छ । चिसो बढेसंगै सर्बसाधारणहरु गरम कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको स्थानिय व्यावसायीहरुको भनाई छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपि, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाहरुको बिक्रि बढेको छ । विगतका वर्षहरुमा सम्बन्धित निकायले जिल्लाको बिभन्न स्थानहरुमा दाउरा उपलव्ध गराए पनि यस वर्ष  मौन रहेको छ । केहि दिन अघि बढ्दै गरेको जाडोलाई मध्य नजर गर्दै ईलाका प्रहरी कार्यालय गोलबजारले जाडोबाट बाच्न बिभिन्न चौकहरुमा आगो बालिएको थियो । यता, चिसोको कारण बिरामीहरुको संख्या बढेको अस्पतालका संचालकहरुले बताएका छन् । पश्चिमबाट सुरु भएको हावा बन्द नहुन्जेल सम्म जाडो बढ्ने क्रम नरोकिने जल तथा मौसम विज्ञान विभागको अनुमान छ ।







about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment