/ , , / रङ्गेली घटनाको उच्चस्तरीय छानविनः मोर्चा

रङ्गेली घटनाको उच्चस्तरीय छानविनः मोर्चा

मोरङ्ग, ९  माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा मोरङ्गले रङ्गेली घटनाको छानबिन गर्न उच्चस्तरीय छानविन समिति गठनको माग गरेको छ ।विराटनगरमा शनिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादवले रंगेली घटनाका मृतकलाई शहीद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार र सदभावना पार्टीका केन्द्रीय सदस्य दिलिप घाडेवा, प्रवक्ता सन्तोष मेहता लगायतका व्यक्तिहरुमाथि विराटनगरमा साङ्घातिक आक्रमण गर्नेमाथि ज्यान मार्ने अभियोगअन्तर्गत मुद्दा दर्ता हुनुपर्ने माग अघि सारेका छन् । अध्यक्ष यादवले आपूmहरुको पूर्वघोषित कार्यक्रम रहेको र सोही दिन युवा सङ्घलाई कार्यक्रम नराख्न सर्वदलीय बैठकमा आग्रह गरिए पनि जवरजस्ती कार्यक्रम गरेकाले घटनाका सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासन र एमालेलाई लिनुपर्ने धारणा राखे ।आफुहरुको माग पुरा नभएसम्म प्रहरीको गोलीबाट मृत्यु भएका तीनजना मोर्चाका कार्यकर्ताको शव नबुझ्ने बताए । घटनामा गोली लागेर गम्भीर रुपले घाइते भएका सात जनामध्ये जगन्नाथ साह र विक्रम सहनीको अवस्था चिन्ताजनक रहेको र उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ ।घटनामा मुन्ना मण्डल, विरेन्द्र मण्डल, सत्यनारायण साह, ललन मेहता, रामानन्द यादव, मातृका दासलगायतका एकदर्जन बढी कार्यकर्ताहरु घाइते भएको र उनीहरुले उपचार भइरहेको मोर्र्चाले जनाएको छ । तमलोपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले प्रशासनको कमी कमजोरीका कारण उक्त घटना भएकोले सम्बन्धित अधिकारीहरुका साथै नेकपा एमालेले माफी माग्नुपर्ने माग राखे । वर्तमान समितिले निष्पक्ष छानबिन गर्न नसक्ने दाबी गर्दै मोर्चाले उच्चस्तरिय छानबिन समिति गठन गर्न माग समेत गरेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment