अनिल यादव
तीव्र गतिमा हाँक्न मिल्ने भनेर धेरैले रोज्ने गरेको पल्सर मोटरसाइकलको नारा छ (फियर द ब्ल्याक अर्थात कालोसँग होसियार। संयोग नै भन्नुपर्छ नेपालमा नाकाबन्दीका दौरान सुनौली सीमासँग जोडिएका भारतीय गाउँमा कालोबजारीको सबभन्दा ठूलो माध्यम बनेको छ पल्सर।
त्यसको एउटा कारण हो(उक्त मोटरसाइकलको ट्यांकीमा १५ लिटर तेल अट्नु।बेरोजगार युवा र विद्यार्थी केटाहरू दैनिक ३०० भारतीय रुपैयाँ भाडामा पल्सर मोटरसाइकल लिन्छन्, भारतीय पेट्रोल पम्पहरूमा ७० रुपैयाँ भारु तिरेर पेट्रोलले ट्यांकी भर्छन् र लाग्छन् सीमा पारी नेपालतिर।
जहाँ उनीहरू १२५ देखि १३० भारु अर्थात् दुई सय जति नेपालीमा पेट्रोल बेचेर फर्किन्छन्।जसले जति बढी खेप पेट्रोल नेपाल गएर बेच्छ, उसको रात त्यति बढी रंगीन हुन्छ। हुन त तस्करीका लागि अरु मोटरसाइकल प्रयोगमा नआएका होइनन् तर पल्सरको तुलनामा अरु मोटरसाइकलहरूको ट्यांकी सानो हुने गरेकोले तस्करी गर्नेहरूलाई त्यति फाइदा नहुने रहेछ।
तीव्र गतिमा मोटरसाइकल कुदाउने यी किशोरहरू पछिल्लो एक महिनादेखि मुखमा मास्क लगाउन थालेका छन् तर त्यो खेतको धूलोबाट जोगिन नभई पेट्रोल पम्पका कर्मचारी र प्रहरीबाट बच्न हो। किनकि पटकपटक आवतजावत गर्नेहरूलाई प्रहरीले केरकार गर्छ र पेट्रोल पम्पहरू छेड हान्छन्।
सीमा अवरोधले ट्राभल एजेन्सीहरू कामविहीन भएका छन् तर ट्याक्सीमा ट्यांकीभरि तेल भरेर चालकहरू आम्दानी गरिरहेका छन्। नाकाबन्दीबीच कैयौं नयाँ युवा लगानीकर्ताहरू जन्मिएका छन् जसका किस्सा पेट्रोल पम्पहरूमा सुन्न पाइन्छ।
आम्दानी
सुनौलीदेखि २५ किलोमिटर टाढा पर्ने एउटा जाँच चौकीसँग जोडिएको ठूंठीबारी गाउँका एकजना बेरोजगार युवाले १५,००० भारुमा पुरानो मोटरसाइकल किनेका थिए। लगानी असुलेर अहिले उनी पैसा छापेसरह आम्दानी गरिरहेका छन्।
सीमा नाकासँग जोडिएको बरगदवा क्षेत्रबाट केही दिन पहिले डिजल लिएर गएका एकजना युवकलाई नेपालको नवलपरासी जिल्लामा मधेशी आन्दोलनकारीहरूले गोली हानेको बताइएको थियो। तर पल्सर चालक युवाहरू उक्त घटनाको चर्चा गर्न चाहदैनन्।
उनीहरूका लागि त्यो घटना अपवाद मात्र हो, जुन कालोबजारीसँग सम्बन्धित नभई आपसी रिसइबीसँग जोडिएको थियो। जसले मोटरसाइकल जुटाउन सक्दैन, उसले साइकलबाट जर्किनमा तेल तस्करी गर्छ।
यहाँसम्म कि विपन्न महिला र किशोरीहरू पनि पैसा सापटी लिएर ५र७ लिटर डिजेल खरिद विक्री गरी आम्दानी गर्ने गरेका छन्।
किचकिच
नौतनवां बाइपासस्थित सशस्त्र सुरक्षा बल ९एसएसबी० को कमाण्डेन्ट कार्यालयदेखि केही पर रहेको पेट्रोल पम्पमा एकजनाले चाट बेच्नलाई ठेला राखिसकेका छन्।
पछिल्लो महिनासम्म उक्त ठेला नजिकैको एउटा विद्यालय अगाडि बस्थ्यो। ठेलावाला भन्छन्( जहाँ केटाहरू हुन्छन्, त्यही मेरो ठेला हुन्छ। पहिले जोसँग १० रुपैयाँ हुँदैन्थ्यो, उसले अचेल दैनिक १,५०० सम्म कमाउन थालेको छ।
त्यो पम्पमा जर्किनहरूको लामो लाइन थियो। छिट्टै तेल दिनुपर्यो भन्दै महिलाहरू पम्पका कर्मचारीहरूसँग किचकिच गरिरहेका थिए ताकि साँझ पर्नुअघि दशगजा क्षेत्र कटेर नेपालमा व्यापार गरी समयमै घर फर्किन पाइयोस्।
सीमा नाकासँग जोडिएका क्षेत्रमा एउटा ग्याँस सिलिण्डरको ग्याँस दुईवटामा बाँडिँदै थियो। कालोबजारीमा ७२० भारुमा पाइने एक सिलिण्डर नाका कटाएर बेल्हियामा १,५०० भारुमा बेचिन्छ।
नेपालको भैरहवा र राजधानी काठमाण्डू पुर्याइंदा २,५०० देखि ३,००० भारुमा बेच्छन्।
वरदान
सुनौलीका स्थायी व्यापारीमा भने कोलाहल छ। किनकि कालोबजारीका मौलाउँदा उनका पसलका सहयोगीहरू काम छोडेर हिँडिसके। सीमा नाका नजिकका क्षेत्रमा रिक्सा चालकहरू गायब छन्। गहुँ छर्ने समय छ खेतालाहरू भेटिँदैनन्। सीमा नाकासँग जोडिएका गाउँ क्षेत्रका मानिसहरूका लागि नाकाबन्दी वरदान साबित भइसकेको छ।
किनकि उनीहरूका लागि पैसा कमाउने यो ठूलो अवसर छ। उनीहरू चाहन्छन् नाकाबन्दी लम्बियोस्। यो क्षेत्रमा एउटा उखान छ९ ‘पढाव न लिखाव बोर्डर पर बसाव’ अर्थात पढाईलेखाई नगरेको भएपनि सीमा क्षेत्र नजिक घर भए रोजगारी र आम्दानीबारे चिन्ता लिइरहनु पर्दैन।
फरेंदास्थित एउटा निजी नर्सिङ्ग होमको अघिल्तिर उभिरहेका एकजना गाउँलेले भने, ुभारतले नेपाललाई भेन्टिलेटरमा राखिदिएको छ, जसरी भेन्टिलेटरमा राखिएका बिरामीका आफन्त डाक्टरले भनेपछि जति पनि पैसा निकाल्छन् त्यसैगरी यस क्षेत्रका मानिसहरूलाई नेपाले पैसा पैसा उरालिरहेको छ।
( बिबिसी हिन्दीका पत्रकार यादबले तयार पारेको यो रिपोर्ट बिबिसी नेपालीबाट साभार गरिएको हो )।
No comments:
Post a Comment