/ , , / नेपालले सरकारले साउदी सरकारसँग माग्यो १ करोड लिटर तेल

नेपालले सरकारले साउदी सरकारसँग माग्यो १ करोड लिटर तेल

काठमाडौं २२ मंसिर,  । नेपालले साउदी अरेबियाको सरकारसँग एक करोड लिटर तेल अनुदानमा उपलब्ध गराउन आग्रह गरेको छ ।एभतचयभिारतको नाकाबन्दी कायमै रहिरहँदा इन्धन संकट टार्नका लागि भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउदी अरेबियसँग तेल उपलब्ध गराउन आग्रह गरेको हो ।यसअघि चीनसँग अनुदानको पेट्रोल ल्याएको सरकारले साउदी अरेबियालाई पनि तेल सहयोग गर्न आग्रह गर्दै औपचारिक पत्र लेखेको वाणिज्य मन्त्रालयका सह(सचिव शिवप्रसाद त्रिपाठीले बताए ।
परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा १० हजार किलोलिटर पेट्रोल तथा डिजेल उपलब्ध गराउन अनुरोध गरिएको छ ।
‘चीनको अनुदानको पेट्रोलले केही राहत दिएको थियो । त्यसैगरी साउदी अरेबियाले पनि सहयोग गर्न सक्ने भएकाले पत्र काटेका हौं ।’ सहसचिव त्रिपाठीले भने(‘१० हजार किलोलिटर तेल उपलब्ध भयो भने अहिले पनि हामीले ठूलो राहत महशुस गर्न सक्ने अवस्था छ ।’
मन्त्रालयले साउदी सरकारलाई काठमाडौंसम्म तेल ल्याउने व्यवस्था गर्न पनि आग्रह गरेको छ । ‘एयरकार्गो मार्फत तेल आउन सक्छ । त्यसैले हामीले सोमबार मात्रै परराष्ट्र मार्फत पत्र काटेका छौं ।’
मन्त्रालयका अर्का एक उच्च अधिकारीका अनुसार काठमाडौंस्थित साउदी अरेबियाका राजदुतले तेल दिन सक्ने बताएपछि पत्र काटिएको हो ।
‘काठमाडौंमा रहेका राजदुतले साउदीले एयर कार्गोमार्फत अनुदानमा तेल दिन सक्ने बताएपछि नै पत्र काटिएको हो । साउदीमा रहेको नेपाली राजदुताबासले पनि समन्वय गरेको छ । साउदी सरकारले काठमाडौंसम्म ल्याएर तेल दिनेमा मन्त्रालय विश्वस्त छ ।’ ति अधिकारीले भने । सभार :-
अनलाईनखबर

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment