|
तस्बिर डिलेट गर्दै सशस्त्र प्रहरीका जवान |
परिषकुमार कर्ण, राजविराज २२ मंसिर । माथिको फोटोमा सशस्त्र प्रहरी बलले सुरक्षा कबच खोलेर सुकाउँदैछ । उक्त तस्बिर काठमाडौंबाट रिपोटिङ्गका लागि सप्तरी पुगेका रामशुभक महतोले खिचे ।तस्बिर खिचे लग्दै प्रहरीहरुले तथानाम गाली दिएको पत्रकार महतोले हुलाकी न्यूजलाई बताए । महतोले भने,‘फोटो खिचेकै कारण सशस्त्र प्रहरीले निकै अपशब्द प्रयोग गरे । झण्डै हामीलाई हातपात गरेनन् ।’सप्तरीमा चार जना पत्रकारलाई कुटपिट गरेको दुई साता नबित्दै प्रहरीद्धारा सप्तरीको भारदहमा पुन ः महतोसहित दुई पत्रकारमाथि दुव्र्यवहार भएको छ ।सप्तरीको भादहमा मधेश आन्दोलन सम्बन्धी समाचार संकलन गर्न गएका महतो र साक्षी पोष्ट दैनिक सिरहाका सम्पादक संतोष कुमार यादवलाई सस्त्रप्रहरीको टोलीले दुरव्यवहार गरेको हो ।सस्त्रप्रहरी निरिक्षक अमर सिंह नेपालीको कमाण्डमा डिउटीमा रहेका प्रहरीको तस्वि खिच्ने क्रममा पत्रकारद्धय महतो र यादवलाई सशस्त्र प्रहरीका जवानहरुले गाली लगौज गर्दै दुरव्यवहार गर्दै क्यामरा खोसेर तस्विर हटाउन लगाएको स्थानीय प्रत्यक्ष दर्शीहरुले पनि बताए ।घटनालगतै पत्रकारसंग सम्बन्धीत संघ संस्थाहरुको ध्यानाकषर्ण भएको छ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका उपाध्यक्ष श्रवण कुमार देव, मधेशी पत्रकार संघ सप्तरी शाखा र मधेशी पत्रकार समाज नेपाल सप्तरी शाखाका अध्यक्ष शैलेन्द्र कुमार सिंहले घटनालाई छानविन गरी दोषी प्रहरी उपर तत्काल कार्वाहीको माग गरेका छन् ।
यसअघि मंसिर ६ गते सामाचार संकलन गर्न र तस्विर खिँच्न गएका पत्रकार महासंघ सप्तरीका सचिव ओमप्रकाश साह, पार्षद सतीशकुमार दत्त, हुलाकी न्यूजका परिष कर्ण र सीएफएमका आशुतोष आनन्द सिंहलाई प्रहरीले लाठी प्रहार गरी घाईते बनाएको थियो भने प्रहरीले विलोचन सप्ताहिकको कार्यालय रहेको नेहा अफसेट प्रेसमा समेत तोडफोड गरेका थिए ।
No comments:
Post a Comment