/ , , , , / समाचारको प्रभावले सिरहामा गाँजा फडानी सुरु ।

समाचारको प्रभावले सिरहामा गाँजा फडानी सुरु ।

मुकेश यादब, राम नारायण पंडित
सिरहा, ०८ पौष ।

सिरहाको गोलबजारबाट प्रकाशित समग्र सन्देश डट कमर्मा  प्रहरी राजमार्ग केन्द्रित भएपछि सिरहामा गाँजा खेती फस्टायोु भन्ने  शिर्षकको समाचार प्रकाशित भएपछि सिरहामा लागुऔषध गाँजा फडाँनी गर्न एक हप्ते अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय गोेलबजारका प्रहरी निरिक्षक संतोष निरौलाले बताए । जिल्लाको गोलबजार ८ चोहर्वामा लगाईएको करीब १५ सय अबैध लागुऔषध गाँजाको बोट फडानी गरिएको छ । जिल्लामा अवैध रुपमा लगाईएको गाँजा फडानी गर्नका लागि एक हप्ते अभियान सुरु गरेको निरिक्षक निरौलाले बताए ।  लामो समय देखि जारी मधेश आन्दालनका कारणले प्रहरी भ्यान राजमार्गमा केन्द्रित हुने गरेकोले जिल्लामा गाँजा खेती फस्टाएको बताईएको छ । सिरहाका बरहरामाल, कर्जन्हा, कल्याणपुर कालाबन्जर, राघोपुर, महेशपुर पतारी, फुलबरीया, असनपुर, गोलबजार, जम्दह, तेतरीया, चन्द्रलालपुर, कसहा, मुक्सार, गोबिन्दपुर, ढोढना, लहान, ब्रहमान गोरछारी, सोनामती ममmौरा, हरीपुर लगायतका स्थानहरुमा करीब सय हेक्टर भन्दा बढी जमिनमा लागुऔषध गाँजा खेती भईरहेको छ । प्रहरी आन्दोलनमा केन्द्रित भएकोले जिल्लामा भईरहेको गाँजा खेती तर्फ प्रहरीको ध्यान नगएकोले अबैध लागुऔषध गाँजा खेती फडानी हुन सकेको छैन् । नाम नबताउने शर्तमा एक किसानले भने गाँजा खेती गर्नु हाम्रो रहर नभई बाध्य हो । पानीको समस्याले अर्का खेती गर्न सम्भव नभएकोले गाँजा खेती गर्नु परेको उनले थपे । सिरहामा उत्पादित भएको गाँजा बिभिन्न नदिका बाटो र चोर बाटो भई भारतीय बजारमा निकासी हुने गरेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment