/ , , , / लाठिले मधेशको माग सम्बोधन नगरे बन्दुकले गर्नुपर्छः सभासद डा.वीरेन्द्र महतो

लाठिले मधेशको माग सम्बोधन नगरे बन्दुकले गर्नुपर्छः सभासद डा.वीरेन्द्र महतो


सरोज कुमार पासमान, सिरहा, १५ पुष । संघिय समाजवादी फोरम नेपालका सभासद डा. वीरेन्द्र महतोले लाठीले मधेशको आन्दोलन सम्बोधन नभए बन्दुकले सम्बोधन गराउने बताएका छन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पुर्व घोषित कार्यक्रम अनुसार सिरहा सदरमुकाममा बुधबार लाठि जुलुस प्रदर्शन गरेको हो । लाठि जुलुसलाई सम्बोधन गर्दै महतोले शान्तिपुर्ण आन्दोलन र लाठि जुलुस लगायतका विभिन्न बिरोधका कार्यक्रमबाट मधेशको माग सम्बोधन नभए मधेशी जनता बन्दुक लिएर अधिकार लिन तैयार भएको बताए । मधेशको माग दिलाउनका लागि एक सय मात्र नभएर हजारौं मधेशी अधिकारका लागि मर्न तैयार भएकोले अब अधिकार विना पछाडी मधेशी जनता आउने छैन् । मधेशका बच्चा देखि वृद्धसम्म यस तेस्रो मधेश आन्दोलनलाई साथ दिएकाले आन्दोलन सरकारले दवाएर दविदैन । मधेशी समुदाय अधिकार लिनका लागि आतुर भएका कारण इतिहासकै सबैभन्दा लामो आन्दोलन भएको छ । यो आन्दोलन अहिले पनि जारी रहेको छ । जसलाई सरकारले कुनै वास्ता गरेको छैन् । कार्यक्रममा सम्बोधन गर्दै महतोले सुरक्षामा खटिएका सुरक्षाकर्मी तर्फ इसारा गर्दै मधेशीको जायज माग सम्बोधन भए र विगतका दिनमा समेत मधेशीलाई समान रुपमा हेरेको भए टोपीको छोराको स्थानमा मधेशका धोती र लगौटा वालाको छोरा सुरक्षामा कार्यरत अहिले हुन्थ्यो । तर, पहाडी समुदायका केहि नेताहरुले मधेश र तराई मधेशमा बसोवास गर्ने मधेशीलाई सधै दोस्रो दर्जाको नागरीकको रुपमा हेरेकाले अहिले आन्दोलनको आवश्यकता भएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सान्तिपुर्ण आन्दोलनलाई विभिन्न नामहरु दिएर अधिकारको आन्दोलनलाई बदनाम गर्न खोजिएको छ । सान्तिपुर्ण आन्दोलनमा सहभागी भएका आम सर्वसाधारणहरुलाई पहाडी प्रहरीहरुले दमन गरेर लाठि र बन्दुक प्रहार गरी घाइते बनाएको छ । अब मधेशमा दमन अतिभएका कारण मधेशीले सरकारलाई बन्दुकको जवाफ वारुद्धले दिने ठोकुवा गरे । भ्रष्ट सरकारलाई जवाफ दिनका लागि मधेशीले आप्mनो सरमा कफन बाँधी सकेकाले सबै मधेशी एक भए घुडा टेकेर मधेशीको माग सम्बोधन गर्ने उनले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment