मधेसी जन्तालाई दिनुपर्ने कागज कमल थापाले दिल्ली पुर्याउनु भएछ
काठमाडौं, २५ मंसिर । आजको नयाँ पत्रिका दैनिकले तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग लिएएको अन्तर्वार्ता छापेको छ । जसमा ठाकुरले कमल थापाजीले हामीलाई यहीँ दिनुपर्ने ती तीन बुँदा दिल्लीबाट प्राप्त गरियो भनेका छन् ।‘कमल थापाजीले हामीलाई यहीँ दिनुपर्ने ती तीन बुँदा दिल्लीबाट प्राप्त गरियो ठाकुरले भने हाम्रो आन्दोलनबारे भारतमा छरिएको भ्रम तोड्न हामी गएका थियौँ । यसमा मध्यस्थताको कुरा कसरी आयो र रु आन्तरिक समस्या यहीँबाट टुंगो लगाउने हो ।त्यसैले हामीले सरकारसँग ११ बुँदे मागबारे प्याकेजमा छलफल गर्ने र सहमति गर्ने प्रयत्न गरिरहेका छौँ । त्यो कुरा प्रधानमन्त्रीसहितको बिहीबारको वार्तामा पनि उठेको थियो । त्यहाँ पनि हामीले प्याकेजमै कुरा गरौँ भनेका छौँ । अहिलेको आन्दोलन नगदमै टुंगो लगाउनुपर्छ । उधारोमा सहमति गर्ने पक्षमा छैनौँ ।’
No comments:
Post a Comment