मोर्चाका शीर्ष नेताहरु आजको वार्तामा सहभागी हुने
काठमाडौं, मंसिर १८ - शुक्रबार साँझ सरकार, प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाबीच हुने वार्तामा आन्दोलनरत मोर्चा सम्बद्ध दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्। सद्भावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार आजै दिउँसो वार्तामा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल गर्न मोर्चाको बैठक बस्न सक्ने सम्भावना पनि छ। ‘काठमाडौंमा भएका नेताहरु आजको वार्तामा बस्नुहुन्छ‘ कर्णले भने ‘हाम्रो साझा धारणा बनाउन बैठक पनि दिउँसो बस्न सक्छ।‘ यसअघि त्रिपक्षीय वार्तामा दोस्रो तहका नेताहरुलाई पठाउँदै मोर्चासम्वद्ध दलका शीर्ष नेताहरु मधेस झरेका थिए। हिजो तीन दलले संविधान संशोधन विधेयक अघि बढाउने र सीमाकंनबारे तीन महिनाभित्र टुंगो लगाउने गरी उच्चस्तरिय राजनीतिक वा संसदीय समिति बनाएर अघि बढ्ने निर्णय गरेका थिए। मधेस झरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर हिजै काठमाडौं फर्किएका थिए। सभार सेतोपाटी
No comments:
Post a Comment