/ , , / एमालेले स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा मधेस आन्दोलनलाई बदनाम गराउने षड्यन्त्र

एमालेले स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा मधेस आन्दोलनलाई बदनाम गराउने षड्यन्त्र


वीरगन्ज १५, कार्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले स्थानीय प्रहरी प्रशासनको मिलेमतोमा मधेस आन्दोलनलाई बदनाम गराउने षड्यन्त्र गरिरहेको आरोप लगाएको छ । मोर्चाले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी एमालेका कार्यकर्ता केन्द्रीय नेतृत्वअनुसार नै मधेस आन्दोलनविरोधी गतिबिधिमा लागिपरेको दाबी गरेको हो ।पत्रकार सम्मेलनमा मोर्चाका नेताहरुले वीरगञ्ज–२६ सबैठवाका रामविनेश कुशवा र प्रसौनीका काली हजारा दुसादको रहस्यमय मृत्युको घटनाको निष्पक्ष छानविनको माग गरेका छन् । आन्दोलनलाई बद्नाम गर्न खोजिएको भन्दै उनिहरुले घटनालाई बेवास्ता गरिएमा प्रतिकारात्मक आन्दोलनको चेतावनीसमेत दिएका छन् । पत्रकार सम्मेलनमा सङ्घीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव, तमलोपा पर्सा अध्यक्ष पुरुषोत्तम झा, सद्भावनाका जिल्ला अध्यक्ष इम्दाद गदी, तमसपा पर्सा अध्यक्ष प्रेकचन्द्र कुशवाहलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।  

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment