/ , , / ‘वीरगन्जमा प्रहरीको आतंक

‘वीरगन्जमा प्रहरीको आतंक


 वीरगन्ज, १६ कार्तिक । सोमबार नेपाली सुरक्षाकर्मीले वीरगन्ज नाकामा आतंक मच्चाएको आन्दोलनकारीहरुले आरोप लगाएका छन् । शान्तिपूर्ण भनिएको आन्दोलनका कार्यक्रमअन्तर्गत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु नाकामा राति धर्ना दिइरहेको बेला टेन्टमा आगो लगाएका थिए
। एक आन्दोलनकारीले भने, ‘हामीलाई जिउँदै जलाएर मार्ने प्रयास गरियो ।’
यसरी सरकारले एकातर्फ वार्ताका लागि आह्वान गर्ने र अर्कोतर्फ राज्यआतंक नरोक्ने प्रवृत्तिले सरकार वार्ताको ढोेंग गरिरहेको आन्दोलनकारीहरुको आरोेप छ । सोमबार बिहान करिब ५ बजे बिरंगज भंसार नाकामा नाकाबन्दी गरी बसिरहेका आन्दोलनकारीहरू र टेन्टमा प्रहरीले आगो लगाएका छन् । प्रहरीले पेट्रोल छर्केर आगो लगाउँदा आन्दोलनकारी बसेको टेन्ट जलेर नष्ट भएको छ भने केही आन्दोलनकारी घाईते भएका छन् । ‘सरकारले एक तर्फ वार्ताको ढोंग गर्ने अर्को तर्फ चोर, लुटेरा जस्तै राती सुतिरहेका आन्दोलनकारीलाई आगो लगाएर मार्ने प्रयास गर्ने अनि आतंक मचाउने ?’ सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले प्रतिप्रश्न गरेका छन् ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment