/ , / बन्दको समयमा सबै एक भए समस्या समाधान गर्न सकिन्छ : प्रजिअ वीक

बन्दको समयमा सबै एक भए समस्या समाधान गर्न सकिन्छ : प्रजिअ वीक

सरोज कुमार पासमान
   सिरहा, कार्तिक १९
    सिरहाका प्रमुख जिल्ला अधिकारी मानवहादुर वीकले बन्दको समयमा उपभोक्तालाई सास्ती न दिनका लागि सम्पुर्ण ब्यपारीहरु संग आग्रह गरेको छ ।
देशमा अधिकारका लागि लामो समय देखि आन्दोलन चलेको अवस्थामा सिरहा सहित देशभरका कलकारखाना, उद्योग, शैक्षिक संस्था र ब्यापार लगायतका विभिन्न क्षेत्रहरु बन्द र प्रभावित भएका कारणले सर्वसाधारणहरु मार्कामा परेको भन्दै थप समस्या सृजना नगर्नका लागि अनुरोध गरेको छ । यसले थोरै मात्रामा भए पनि आवश्यता पुरा गरेकै हो ।
बुधबार अपन दैनिक संग कुरा गर्दै उनले भने,‘बजारमा कालो बजारी बढेको छ र ठाउँ–ठाउँमा चर्को मुल्यमा पेट्रोलियम पदार्थ विक्रि वितरण भइरहेको कुरा हामीलाई पटक पटक जानकारी आइ रहेको छ । तर देशमा यस्तो आमहड्तालको समयमा समातेर थप समस्या खडा गर्नु राम्रो छैन ।’ सिरहा लगायत देशभरका नाकाहरुमा मधेशी मोर्चाका धर्नाका कारण थोरै मात्रामा अति आवश्यक सामग्री आए पनि हामी सबै नेपाली मिलेर समस्या टार्नुपर्ने बताए ।
यस्तो अवस्थामा कष्टकर जीवनलाई समान्य तर्फ लानका कागि प्रमुख भुमिका सानो तथा ठूलो ब्यापारीहरुको रहेकाले थोरै नाफा लिएर सर्वसाधारणको जनजीवन सहज बनाउनका लागि उनले आग्रह गरे ।
जिल्लाका विभिन्न राजनैतिक दल, समुह, आन्दोलनरत पक्ष, मानव अधिकारकर्मी, नागरीक समाज, शिक्षक लगायतको उपस्थितीमा बन्द हड्ताल र आन्दोलनका कारण जिल्लाका सम्पुर्ण विद्यालयहरु बन्दभएकाले बालबालिकामा पर्न सक्ने दीर्घकालिन असरलाई न्यूनिकरण सम्बन्धमा  छलफल गरी विद्यालय शान्ति क्षेत्र भएकाले संचालन गर्नका लागि सार्वजनिक सूचना मार्फत आग्रह गरेका थिए ।
जिल्ला प्रशासनको सार्जनिक सूचना पछि सिरहाका अधिकाश गैरसरकारी विद्यालयहरु बुधबार देखि संचालनमा आएको छ । सिरहा सदरमुकाम भित्रै रहेका दर्जनौ विद्यालयहरु बुधबार देखि संचालनमा आएको प्रमुख जिल्ला अधिकारी विकले जानकारी दिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यलय सिरहाले आउदै गरेको चाडपर्वहरुमा पटका तथा विष्फोटक पदार्थको आयात, विक्रि वितरण र प्रयोगमा निषेध गरेको छ । पुजा तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु दिउसोमा गर्न र बेलुका ९ वजे पछि यस्ता कार्यक्रमहरु नगर्नका लागि अनुरोध गरेको छ ।
साँस्कृतिक कार्यक्रमको आयोजना गर्दा छिमेकीलाई असर नपर्ने गरी माइकको प्रयोग गर्न र विभिन्न पुजा र साँस्कृतिक कार्यक्रमको नाममा चन्दा उठाउन प्रतिबन्ध लगाइएको सार्वजनिक सूचना मार्फत जानकारी दिएको छ ।
चाडपर्वहरुको समयमा कुनै प्रकारको असुरक्षाको महसुस भए तुरन्त नजिकको प्रहरी चौकीहरुमा खबर गरेर सहयोग गरी दिनका लागि अनुरोध गरेको छ ।
बुधबार जिल्ला अदातल वार एकाइ र त्रिभुवन विश्व विद्यालय प्रध्यापक संघ सिरहाले संयुक्त रुपमा सिरहामा ¥याली निकाली मधेशको माग पुरा गर्न दवाव स्वरुप प्रमुख जिल्ला अधिकारी मानबहादुर विक मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै वीकले यो केन्द्रको काम भएकाले आफुबाट हुने सम्पुर्ण सहयोगमा पछि नपर्ने उनले जानकारी दिए । साथै मधेशको जायज माग सम्बोधन होस् भन्दै शुभकामना समेत व्यक्त गर्नुभयो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment