/ , , / बन्दलाई प्रतिकार गर्दा एक ब्यापारी माथी हातपात ।

बन्दलाई प्रतिकार गर्दा एक ब्यापारी माथी हातपात ।


 सरोज पासवान, सिरहा कार्तिक १९
         सिरहाको मिर्चैयामा बन्दलाई प्रतिकार गर्दा एक ब्यापारी माथी हातपात भएको छ । मिर्चैया बजारमा न्यू शुभकामना वस्त्रालय संचालन गर्दै आएका राजदेव कापर माथी हातपात भएको छ । बजारका अधिकास पसलहरु खोलिएको समयमा आफु पनि पसल खोल्दा बन्द कर्ताको एक समुहमा व्यक्तिगत रिसिबी बोकेका केहि व्यक्तिले आफ्नो पसलमा ग्राहक वस्नका लागि राखिएको टुल डेस्क जलाएर १० हजार भन्दा अधिकको छति पुगाएको अपन दैनिक संग कुरा गर्दै कापरले जानकारी दिए । उनले भने,‘ म मधेश आन्दोलनको बिराधी होइन् । आन्दोलनको विभिन्न कार्यक्रमहरुमा मेरो सक्रिय सहभागिता रहेको छ । मधेशमा आन्दोलन आवश्यक छ तर मधेशीलाई नै प्रभाव पार्ने खाले हुनु पर्दैन् । बन्दकर्ताहरुले बजारका पसलहरु बन्द गराछ जनताको समस्या खडा गर्नका लागि तर, सुरक्षाकर्मीहरुलाई किन स्कटिङ्गमा समान दिन्छ । करिब तिन महिनाको आन्दोलनले मधेशको जनजीवन कष्टकर बनेको छ । यो अवस्थामा मधेशको माग सम्बोधन हुने कुनै सम्भावना छैन् । मधेशको माग सम्बोधनका लागि हामीलाई रातीमा राजमार्गलाई थप्प पार्नुपर्छ । काठमाण्डौंलाई कडा रुपमा असर नगरे सम्म माग सम्बोधनमा अझ बढी दिन लाग्ने भएकोले स्थानिय बजार खुलाएर राजमार्ग थप्प गर्नका लागि उनले आग्रह गरे । बन्दकर्ताहरुमा घुसेका घुसपैठहरुले आफ्नो स्टापहरुलाई समेत कुटपिट गरेकाले यस्तो भए बजारको व्यवसायमा नाकारात्मक असर पार्ने भएकोले यस्तो घट्ना पुनः नदोहराउन आग्रह गरे । यसै घटना सन्दर्भमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता रामकुमार मंडल संग कुरा गर्दा उनले भने,‘बजार बन्द गराउने समयमा समान्य विवाद मात्र भएको जानकारी छ । ब्यापारी बिच नै बन्द गर्ने सन्दर्भमा विवाद भएको उनले जानकारी दिए । आफु बाहिर भएकोले यस घट्ना सन्दर्भमा आफुलाई कुनै जानकारी नभएको मिर्चैया उद्योग वाणिज्यका अध्यक्ष गणेश साहले बताए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment