/ / खुल्यो तातोपानी नाका : मितेरी पुलसम्म गाडी पुग्यो

खुल्यो तातोपानी नाका : मितेरी पुलसम्म गाडी पुग्यो

वैशाख १२ गतेको विनाशकारी भूकम्पपछ झरेको पहिरोले विगत ५ महिनादेखि अबरुद्ध नेपाल र चीनको प्रमुख व्यापारक नाका तातोपानी शुक्रबारबाट खुलेको छ । समाचार अनुसार तातोपानी नाका साना सवारी साधान पास हुने गरी शुक्रबार साँझदेखि खुलेको हो । यो सडक पानी नपर्दाको अवस्थामा भने राम्रैसंग चल्ने तर पानी परेमा समस्या हुने देखन्छ । अहिले सडमा थुप्रिएको पहिरो मात्र हटाइएको छ । डिभिजन सडक इन्जिनियर रामहरि पोखरेलले दिएको जानकारी अनुसार ठूला गाडी पास हुने गरी बाटो खुलाउने प्रयास भैरहेको छ । १५ दिनको प्रयासपछि नाका खुलेको हो । भारतले नाकाबन्दी गरेपछि उत्तरी नाका खुलाउन सक्रियता देखाइएको हो । सडक खुलेसँगै मितेरी पुल सम्म साना सवारी साधान पुगेका छन् । ट्रिपर लगायतका ठूला सवारी साधानलाई साइड नपुग्ने समस्या रहेको छ । भारतीय नाकामा अघोषित नाकाबन्दीले आपूर्ति प्रभावित भएपछि सरकारको ध्यान उत्तरी नाका खुलाउन केन्द्रित छ । त्यसअघि सरकारले उत्तरका नाका खुलाउन खासै चासो दिएको थिएन । डिभिजन सडक कार्यालयले भदौ १५ बाट आफ्नै स्रोत, साधन र उपकरण भरमा नाका खुलाउन थाले पनि त्यसले गति लिन सकेको थिएन । दक्षिणी नाकामा जारी तनाबले आपूर्ति असहज बनिरहँदा चीन दसैंअघि नै तातोपानी र रसुवागढी नाका खुलाउन सकारात्मक देखिएपछि सडक अवरोध हटाउने कामलाई तीव्रता दिइएको हो ।
Advertisement

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment