/ , / ‘मुलुक सानोठूलो होला, सार्वभामिकता सबैको बराबरी’ : केपी ओली

‘मुलुक सानोठूलो होला, सार्वभामिकता सबैको बराबरी’ : केपी ओली

काठमाडौँ, असोज ९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक सानोठूलो हुनसक्ने भए पनि सार्वभौमिकता सबैको बराबरी हुने बताएका छन्। 
Advertisement
‘मुलुक सानोठूलो हुनसक्छ तर सार्वभौमिकता सबैको बराबरी हुन्छ’, एमाले स्थायी समिति बैठकमा ओलीले बिहीबार भने, ‘देश सानो वा ठूलो हुनु नौलो कुरा होइन। एक सार्वभौम राष्ट्रले अर्काको सार्वभौमिकता स्वीकार्नु असंलग्न पराराष्ट्र नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, सार्क चार्टरको मर्म र भावना नै हो।’
ओलीले अत्यन्त आक्रामक हुँदै ‘हाम्रो सार्वभौमिकतामाथि प्रश्न नउठाउन’ चेतावनी दिएको एक स्थायी समिति सदस्यले अन्नपूर्णलाई बताए। ‘नेपालीहरू नेपालको सार्वभौमिकताको रक्षा गर्न सक्षम छन्’, ओलीले भने।
नेपालको कुनै पनि नीति निर्माण, सत्ता परिवर्तनलगायत मुद्दामा अब नेपालीको मात्र हात हुने स्पष्टोक्तिसमेत ओलीले बैठकमा दिएका थिए।नयाँ संविधान निर्माणपछि बन्ने सरकार गठनमा पनि संविधान निर्माणमा जस्तै कांग्रेस, एमाले र एमाओवादीले एकताको सन्देश आम जनताबीच दिने प्रतिबद्धतासमेत ओलीले व्यक्त गरेका थिए।
संविधान निर्माणका सन्दर्भमा भारतले स्वागत नगरेको विषयमा कूटनीतिक पहल गर्ने उनले बैठकमा बताए। ‘संविधान निर्माणपछिको अवस्थामा मित्रराष्ट्र चीन र भारतसँगको सम्बन्ध विस्तारका लागि दुवै देशमा प्रतिनिधि पठाउँदै आगामी दिनमा मित्रराष्ट्रहरूसँगको सम्बन्ध प्रगाढ बनाउँछौं’, ओलीले भने।
उनले आगामी दिनमा एमालेको पहिलो कर्तव्य नेपाल र नेपालीको आर्थिक उन्नति गर्नु रहेको र सोहीअनुसारको नीति असोज १२ गते हुने राष्ट्रिय कार्यकर्ता भेलामार्फत आम जनताबीच पुर्‍याउने जानकारी बैठकमा दिएका थिए। अन्नपूर्ण पोष्टले छापेको छ

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment