/ , / जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयोः राजेश हमाल

जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयोः राजेश हमाल

सिरहा , साउन १9 । नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमालले आफुलाई जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भएको बताएका छन्। नायक हमालले आइतबार फेसबुकमार्फत स्टाटस लेख्दै यस्तो महशुश पहिलो पटक भएको जनाएका हुन् । उनले लेखेका छन्–‘जीवनमा पहिलोपटक नेपाली हुनुमा लज्जास्पद महसुस भयो ।’सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा डोमलाई उच्च जातका मानिसहरुले इनार छुन नदिएपछि त्यहि ठाउँमा रहेका नायक हमालले आफूलाई नेपाली हुनुमा पहिलो पटक लज्जास्पद महसुस भएको स्टाटस मार्फत जनाएका हुन् ।

साउन १६ गते शनिबार विविसी साझा सवालको कार्यक्रमका लागि नायक राजेश हमाल त्यस ठाउमा पुगेका थिए । नायक राजेश हमालको साथमा हिड्दै दीपक मलिक९डोम० जब इनारतर्फ खानेपानी भर्न लागे, गाउँभरीका महिलाहरुले पानी भर्न नदिने भन्दै इनार घेरेका थिए । यस्तो देखे पछि हमालले नेपालभित्र नै यस्तो अवस्था देख्दा आफूलाई नेपाली हुनुमा ‘लज्जास्पद’ महशुश भएको फेसबुकमार्फत बताएका हुन् ।
साँझा सवाल कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरी, एमाओवादीका नेता लेखक आहुति र नायक हमाललाई सिरहा बोलाइएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment