/ , , , , , , / गणतन्त्रका दलित :- राजधानीमा कुटिए, सिरहामा इज्जत लुटिए ,हिन्दु धर्मका नाममा यसरी भयो पाशविक व्यवहार

गणतन्त्रका दलित :- राजधानीमा कुटिए, सिरहामा इज्जत लुटिए ,हिन्दु धर्मका नाममा यसरी भयो पाशविक व्यवहार

मधेश एक्सप्रेस सिरहा । असार - काठमाडौंमा दलित अधिकारकर्मीहरुलाई कांग्रेसरएमालेको सरकारले निर्मम पिटेको छ भने सिरहामा चाँहि हिन्दु धर्म र संस्कारका नाममा एउटा डोम परिवारमाथि १८ औं शताब्दीको मध्ययुगीन व्यवहार गरिएको छ । विद्यालयका प्रधानाध्यापकसमेत दलितले छोएको पानी खानुहुँदैन भन्ने पक्षमा उभिएका छन् ।

िसिरहा जिल्लाको सदरमुकाम सिरहा बजारबाट करिब ४७ उत्तरपूर्वमा पर्छ धनगढी गाविस । यसै गाविसको वडा नं। ३ मा पर्ने नैनपुर गाउँले अहिले देशका कैयन गाउँहरुको प्रतिनिधित्व गरिरहेको छ, जहाँ दलितहरुलाई इनार छुन दिँइदैन ।
नयनपुर गाउँमा करिब दुई सयवटा घर छन्, जसमा पहाडी र मधेसी मूलका नागरिकको छ्यासमिस बसोबास छ । पहाडीमा बाहुन, क्षेत्री र मगर तथा मधेसीमा तेली साह, महतो कोइरी, गुहार यादव तथा मुसहरहरु बस्छन् ।
सिंगो गाउँमा एउटा डोम परिवार छ, पुलकित मलिकको । परिवारमा पुलकितकी श्रीमती, छोराबुहारी र केटाकेटी बस्छन् ।  गाउँमा ४ वटा इनार छन्, जसमा एउटा सार्वजनिक हो भने अन्य व्यक्तिगतरुपमा खनिएका हुन् । ती इनारमा पानी भर्न डोम परिवारलाई बन्देज छ । इनारबाट अरुले झिकेर दिए मात्रै पानी खान पाउँछन् उनीहरु ।
नियमित पानी झिकिदिए वापत आफूहरुले बुनेका नाङ्लो, पंखा, ढाकीलगायतका सामग्री उनीहरुलाई दिनुपर्ने डोम परिवार बताउँछन् ।
मुसहर परिवारलाई भने अलि खुकुलो छ । उनीहरु इनारमा अरु नभएका बेला पानी झिक्न पाउँछन् । रोचक के छ, भने मुसहरहरु पनि डोम परिवारलाई इनार छुन दिनुहुँदैन भन्ने पक्षमा छन् ।
                सरकारी टोलीलाई पनि खेदियो
डोम परिवारले पानीका लागि भोग्नुपरेको समस्यालाई लिएर छिमेकी गाउँका दलित अगुवाहरुले राष्ट्रिय दलित आयोगमा उजुरी गरेका थिए । त्यसपछि बैशाख ४ गते आयोगका अध्यक्ष मानबहादुर नेपालीको नेतृत्वमा प्रधानमन्त्रीको सचिवालयसहितको एक टोली गाउँमा आएको थियो ।
डोम परिवारलाई इनारमा पानी झिक्ने वातावरण बनाउन काठमाडौंबाट दलबलसहित गएको टोली भागाभाग गर्दै र्फकन बाध्य भएको थियो ।
वडा नम्बर ५ मा बस्ने दलित अगुवा प्रेम राम ९चमार० सो घटनाका प्रत्यक्षदर्शी थिए । उनी भन्छन्, ‘सरकारी टोलीले डोम परिवारलाई लिएर इनार छुवाउन जाँदा गाउँभरिका महिलाहरुले बाटो छेके ।
उनीहरुले आयोग अध्यक्षकै सामुन्नेमा डोम महिलालाई कुटपिटसमेत गरे । प्रहरीले बल प्रयोग गर्न खोज्दा सारा महिलाहरु उल्टेर प्रहरीको भ्यान अगाडि उभिएर बिरोध गरे । ठूलै लफडा हुने देखेपछि आयोगको प्रतिनिधिमण्डल र प्रहरी टोली भाग्यो ।’
आयोगका अध्यक्षले आफूहरुसित यो प्रकरण जिल्लाका सीडीओलाई सुनाइदिने वचन दिएको प्रेमले बताए । ‘तर त्योभन्दा पछि एकपल्ट पनि कसैले सम्पर्क गरेन,’ उनी भन्छन् । सो घटनापछि स्थानीय व्यक्तिहरुले आफूलाई तारो बनाइरहेको उनको भनाइ छ ।
बीबीसी र राजेश हमालको प्रयास
गत शनिबार बीबीसी मिडिया एक्सनको साप्ताहिक कार्यक्रम साझा सवालको टोलीले नायक हमाललाई सो गाउँमा पुर्‍यायो । स्थानीय स्तरमा कार्यक्रमको समन्वय गरेका युवा प्रेम भन्छन्, ‘मैले बीबीसीका सरहरुलाई सुरक्षा निकायलाई जानकारी गराउनुपर्छ कि भनेर सोध्दा उहाँहरुले पर्दैन भन्नुभो ।’
हमालका साथमा दीपकलाई इनारमा लैजान खोजियो । बीबीसीले दलितलाई इनार छुन नदिइएको र अरुले पानी हालिदिएको दृश्य खिच्न चाहेको थियो । तर, सारा गाउँले उल्टेर अवरोध गरे । अवरोध गर्ने अग्रमोर्चामा महिला नै थिए ।
बीबीसीको निम्तोमा नैनपुर पुगेका राजेश हमालले काठमाडौं फर्केर एक लाइनको स्टाटस लेखे, ‘पहिलोपटक नेपाली भएकोमा लज्जावोध भयो ।’
गैरदलित गाउँवासी के भन्छन् र?
नैनपुर सामाजिक(आर्थिकरुपमा धेरै पिछडिएको गाउँ होइन । गाउँमा एउटा प्राथमिक विद्यालय छ । बिद्यालयमा प्रधानाध्यापक, तीन शिक्षक र एक शिक्षिका छन् । पढेलेखेका भनिएका विद्यालयका शिक्षक(शिक्षिकाहरु पनि गाउँवासीकै समर्थनमा छन् ।
प्रधानाध्यापक कृष्ण कार्कीले इनार छुन नदिनेहरुको बचाऊ गर्दै टेलिफोनमा भने( ‘गाउँमा हिन्दूधर्मप्रति आस्थावान बुढापाकाहरु हुनुहुन्छ, आफ्नै छोराछोरीले पकाएको नखाने पनि हुनुहुन्छ । उहाँहरुलाई सम्झाउन गाह्रो छ ।’ एक दिन कुनै हिरोलाई ल्याएर इनार छुवाउँदैमा समस्या समाधान नहुने उनको तर्क छ ।
धेरै युवाहरु काठमाडौं र विदेशमा पनि छन् । पढेका युवाहरु प्रशस्त छन् गाउँमा । उनीहरु छुवाछुतमा खासै विश्वास राख्दैनन् । यद्यपि बुढापाका र गृहिणीहरु भने छुवाछुतमा कट्टर छन् । स्थानीय टेकराज कार्की भन्छन्, ‘हामीलाई त्यति मतलब लाग्दैन, बाहिरफेर हिँड्दा अछुत जातिसित बसेर पनि खाइएको छ । तर, बुबाआमालाई मनाउन सक्ने अवस्था छैन ।’
दलितलाई छुट्टै इनारको तर्क
समस्या समाधानका लागि भन्दै डोम परिवारका लागि छुट्टै इनारको व्यवस्था गरिदिनुपर्ने केही गैर दलितले बताएका छन् । ‘यत्रो तामझाम गरेर राजेश हमाललाई यहाँसम्म ल्याउने खर्चले बरु एउटा इनार खनिदिएको भए हुन्थ्यो नि,’ दलितले साझा इनार प्रयोग गर्न नमिल्ने कुतर्क गर्दै कार्कीले भने ।
    डोम परिवारको झनै बिचल्ली
शनिबारको घटनापछि डोम परिवारलाई राहत मिल्नुको साटो उनीहरु झन् विचल्लीमा परेका छन् । पहिले पानी भरिदिँदै आएकाहरुले अहिले उल्टै लखेट्न थालेको उनीहरुको गुनासो छ ।
इनारमा पानी भर्न नपाएपछि उनीहरु डेढ घन्टाको दुरीमा रहेको एउटा ईट्टाभट्टाबाट पानी ओसार्न बाध्य भएको प्रेमले बताए । उनीहरुमाथि सुरक्षा खतरा पनि बढेको छ । आइतबार राति मुसहर समुदायका केही महिलाहरु आएर दलित सासू(बुहारीमाथि हातपात र दुब्र्यवहार गरेका थिए ।
माथिल्लो जातका भनिने महिलाहरुले ‘हामीले छोयो भने कुल देवता रिसाउँछन्’ भन्दै मुसहर महिलाहरुलाई उक्साएका थिए ।
सो घटनाबारे उजुरी परेपछि सोमबार घटनास्थलमा पुगेका प्रहरी अधिकारीले ‘समाज बसेर समस्या समाधान गर्न’ सुझाव दिएको एक स्थानीयवासीले बताए ।
हेडसर भन्छन्( हामी डुमले छोएको पानी खादैनौं
जातीय विभेद र छुवाछुत गैरकानूनी हो भनेर पढाउनुपर्ने स्थानीय प्राविका प्रधानाध्यापक कृष्ण कार्की आफैं सगर्व भन्छन्( ‘हामी डुमले छोएको पानी खाँदैनौं ।’
प्रधानाध्यापक कार्कीले इनारमा पानी दिएवापत डोमहरुले डालो नाङ्लो आदि ठूला जातकालाई प्रदान गर्नु जायज भएको तर्क गरे । अनलाइनखबरसँगको टेलिफोन कुराकानीमा प्रधानाध्यापक कार्कीले यसो भने(
हामी डुमले छोएको पानी खादैनौं । परम्परादेखि नै यस्तै चलीआएको छ । मैले व्यक्तिगत रुपमा छुवाछुत माने पनि, नमाने पनि गाउँको परिवेशमा डुमले छोएको पानी चल्दैन । मुसहर, चमार लगायत अन्य दलितहरु पनि उनीहरुलाई इनार छुन दिनुहुँदैन भन्ने पक्षमा छन् । राजेश हमालले पनि डोमको घरमा चिया बिस्कुट दिँदा चिया खानुभएन भन्ने सुनेका छौं ।
डुमको परिवारले पानी खानै नपाएको भन्ने होइन । इनारमा उनीहरुलाई दैनिक अरुले पानी भरिदिन्छन् । नियमित पानी भरिदिए वापत कहिलेकाँही उनीहरुले बुनेका ढाकी नाङ्लोहरु दिन्छन् । तर, दिनैपर्छ भन्ने नियम होइन ।
उनीहरुले निशुल्क पानी खान पाउनुपर्छ । सरकारले कुनै फन्डबाट उनीहरुका लागि अलग्गै पानीको व्यवस्था गरे राम्रो हुन्थ्यो भन्ने गाउँवासीको विचार छ । एकदिन एउटा नेतालाई ल्याएर छुवाउनुहुन्छ, अर्को दिन एउटा हिरोलाई ल्याएर छुवाउनुहुन्छ । अनि बाँकी दिन के गर्ने त रु त्यसैले यसरी समस्याको समाधान हुँदैन ।
स्थानीय प्रशासन र गाउँलेहरु बसेर सामुहिक छलफल गर्नुपर्छ भन्ने मलाई लाग्छ । मैले गाउँवासीलाई के भन्ने गरेको छु भने, ठीक छ, डुमले भरेका बेला हामी नभरौं । तर, बुढापाकाहरुले यो कुरा पनि मान्नुहुन्न ।
‘हिन्दूहरु डोमले छोएको खाँदैनन्’
त्यसैगरी अर्का स्थानीयवासी टेकराज कार्कीले डोममाथि विभेद गरिनुलाई हिन्दुधर्मको संज्ञा दिने प्रयास गरे । उनले अनलाइनखबरसँग यसो भने(
यस गाउँमा धार्मिक प्रवृत्तिका मानिसहरु धेरै हुनुहुन्छ । हिन्दूधर्मप्रति आस्थावान मानिसहरु पहिलेदेखि नै डोमले छोएको खानुहुन्न । उहाँहरु पुरानो चेतनामा हुर्किनुभएकाले रातारात परिवर्तन आउने अवस्था छैन । सम्झाउन खोज्दा ‘हामी बाँचुञ्जेल डुमले छोएको खादैनौं, हामी मरेपछि छोराछोरीले जे गर्छन् गर्छन्, भन्ने जवाफ दिनुहुन्छ ।’
हामी युवाहरुचाहिँ त्यस्तो कट्टर छैनौं । बाहिरफेर जाँदा दलितहरुसँगै बसेर पनि खाइन्छ । तर, घरमा त्यस्तो चल्दैन । यहाँ अहिले सुख्खा लागेकाले मोटर लगाएर पानी चलाउनुपर्छ । मोटर चलाउँदा उठ्ने बिजुलीको बिल तिर्न सबैसित पैसा उठाउने गरिएको छ । डोमहरुले पैसाको सट्टामा आफूले बुनेका सामग्रीहरु दिन्छन् । उनीहरुले पानी खानै नपाएको भन्ने होइन । 

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment