/ / धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्र्तगत महेन्द्रनगरमा गरियो बृक्षारोपन

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्र्तगत महेन्द्रनगरमा गरियो बृक्षारोपन

अमरेन्द्र कुमार यादव - धनुषा २६ असार । धनुषाको महेन्द्रनगर क्षिरेश्वरनाथ नगरपालिकमा क्षिरेश्वरनाथ स्मृति बाटिका नाम राखी आज बृक्षारोपन गरेको छ ।जिल्ला न्यायाधीश कृष्ण बहादुर थापाको प्रमुख अतिथीमा वातावरण मैत्रि स्थानीय शासन कार्यक्रम ९इएफएलजी० अन्तर्गत क्षीरेश्वरनाथ नगरपालिका र योनसेडको सहयोगमा महेन्द्रनगरलाई हरियाली नगरपालिका का रुपमा चिनाउने लक्ष्य सहित जनकपुर ढल्केवर सडक खण्ड अन्तर्गत महेन्द्रनगरको पार्का वृक्षा रोपण कार्यक्रमको अयोजना गरिएको हो ।क्षिरेश्वरनाथ स्मृती वाटिका नामाकरण गरिएको यस पार्कमा ९ सय ७५ वटा विभिन्न किसिमको वृक्षा रोपण गरिने यस कार्यक्रमको प्रमुख अतिथि कृष्ण बहादुर थापाले बताउनु भयो। यस क्षिरेश्वरनाथ स्मृति वाटिकामा वृक्षा रोपण गर्न चाह्ने व्यक्तिले एक वृक्ष वापत रु। १ हजार को रसिद काट्नु पर्ने हुन्छ र रोपिएको वृक्ष आफूले कसको सम्झनामा रोप्न खोजेको हो भने बताउनुपर्ने र सोही अनुसारको दाता, सम्झनीत ब्यक्तिको नाम सहित सो बृक्षा नेम प्लेट राखिन्छ ।यो वाटिकामा रोपिएको प्रत्येक बृक्षलाइ कुनै हालतमा मर्न नदिने जिम्मेवारी योनसेड संस्थाले लिएको जानकारी योनसेडका अध्यक्ष जीवन थापाले गराएका छन् । योनसेडका अध्यक्ष थापाको भनाई अनुसार पाँच वर्ष सम्म यस वाटिकामा रोपिएको सबै रुख विरुवाहरु बढाए हुर्काएपछि मात्र स्थानीयहरुलाई हस्तारन्तरण गरिन्छ । उद्घाटनको कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै धनुष्नन जिल्ला न्यायधिश कृष्ण बहादुर थापाले नगरपालिकाले विकास निर्माणको कार्यसंगै वातावरण जोगाउनको लागि पनि गरेको यस वाटिका निर्माण कार्य आवश्यक रहेको र यसबाट अरु अरु नगरपालिकाहरुले पनि सिक्नु पर्ने धारणा व्यक्त गरेका थिए । त्यर्स क्रममा क्षीरेश्वरनाथ नगरपालिकाका कार्यकारी अधिकृत उमेश यादवले महेन्द्रनगरलाई हेटौडा धरान जरुो सुन्दर हराभरा नगरपालिकाका रुपमा चिनाएने र सो नगरपालिकाहरु भन्दा पनि एतकृष्ट नगरपालिकाको रुपमा चिनाएने हामूो जिम्मेवार रहेको भन्दै धन्यवाद दिए । कार्यक्रममा ५।५ वटा वटा बृक्ष लिएर सहयोग गर्ने ए।ने।क।पा। का प्ैत्यादर्शी एम्मेदवार विजय कुमार यादव ,नेपाली काँग्रेसका योगेन्द्र पजियार, नेकपा एमालेका पल्टु पण्डित, कसमस सिमेन्टका प्रबन्धक , काफ्ले परिवार लगायतकाहरुलाई दोसल्ला ओढाई सम्मान समेत गरिएका थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment