/ , , , , , , / लगू औषदको ट्रन्जिट पोईन्ट वन्दै सिरहा , गाँजाको नमूना देखाउन गएका एक जना लहान प्रहरीको नियन्त्रणमा

लगू औषदको ट्रन्जिट पोईन्ट वन्दै सिरहा , गाँजाको नमूना देखाउन गएका एक जना लहान प्रहरीको नियन्त्रणमा

                                           गोलवजारमा ८८ किलो गाजा वरामद 
श्रीकान्त झा , सिरहा । असार ६ ।
सिरहामा लगातार लागूऔषदमा परने गाँजाको तस्किरीको ट्रन्टिपोईन्ट वन्दै गएको छ । लहान–११ बाट लहान प्रहरीले एकजना व्यवसायिक गाँजा कारोबारीलाई पक्राउ गरेको छ । भारतीय व्यपारीलाई गाँजाको नमुना देखाउन आएको बेला गोलबजार २ का जगदीस साह(४५)लाई ११ किलो गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उदयपुरलगायत विभिन्न जिल्लाबाट गाँजा ल्याइ भारतीय व्यपारीलाई बेच्ने साह गाँजाको नमुना लिएर भारतीय व्यपारीसंग डिल गर्न आएको सूचना पाएर लहानबाट गएको प्रहरीले साहलाई पक्राउ गरेको चतुर्वेदीले बताए ।
साहसंग गरिएको सोधपुछको क्रम्मा उनले पाँच वर्षदेखि आफु यो धन्दामा संलग्न रहेको स्विकारेको चतुर्वेदीले बताए । उदपुरबाट गाँजाको नमुना ल्याएर भारतीय गाँजा व्यपारीलाई देखाएपछि उनीसंग अर्डर लिने र अर्डर अनुसारको गाँजा चोरीबाटो भारत तस्करी गर्ने साहसंग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उदयपुरको गाँजा सिरहाको नाका हुँदै भारत तस्करीमा संलग्न गिरोह खुलाउन साहसंग शुक्ष्म अनुसन्धान भैरहेको चतुर्वेदीले बताए । दुई सातामा लहान प्रहरीले १०१ किलो लागुऔषध गाँजा सहित चारजनालाई पक्राउ गरेको चतुर्वेदीले जानकारी दिए । १० दिन अगाडि विष्ण्ँुपुरकट्टीबाट लहान प्रहरीले ८८ किलो गाँजासहित दुईजनालाई मेड इन अमेरिका लेखिएको एक थान स्वचालित पेस्तोल, ६ थान गोली र एक थान म्यागजिन बरामद गरिएको लहान प्रहरीले जनाएको छ । चालु आथिर्क वर्षमा लहान प्रहरीले ४ सय ३८ किलो लागुऔषध गाँजा बरामद गरेको तथ्यांक छ ।
त्यस्तै भारततर्फ बिक्रीको लागि लगिरहेको ८८ केजी अवैध तयारी गाँजा प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी वेसक्याम्प, गोलबजारले अयोध्यानगर–३, कसहाबाट सोमवार  विहान बरामद गरेको हो ।विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीका असई प्रमेश यादवको कमाण्डमा पुगेको गस्ती टोलीले सो गाँजा बरामद गरेको क्याम्प प्रमुख इन्सपेक्टर सुमन बुढाथोकीले जानकारी दिए ।रातको समयमा गाँजा लिएर आइरहेको ६र७ जनाको समूह प्रहरी देखेपछि गाँजा फालेर फरार भएको इन्सपेक्टर बुढाथोकीले बताए । उनले अगाडि पछाडि हिँड्ने ३ जना र ४ जना भरियाको समुहमा रहेका भएपनि उनीहरु भागन सफल भएको जानकारी दिए ।अहिले सिरहा गाँजा व्यवसायीहरुको लागि उत्तम भूमिको रुपमा विकास भइरहेको बताइन्छ । पछिल्लो दिनहरुमा अध्योध्यानगर, धनगढी, विष्ण्ँुपुरकट्टी लागएतको ठाउँहरुबाट गाँजा भारततर्फ जाने गरेको पाइएको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment