जनकपुरधाम, ६ असार ।
कार्यालयका प्रमुखलाई नेपाली काँग्रेसका एजना स्थानीय नेता दुव्र्यवहार गरेको विरोधमा गणेशमान चारनाथ नगरपालिका कार्यालय विरेन्द्रबजारका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा उत्रेका छन् । उक्त नगरपालिका कर्मचारीहरुले अधिकृतलाई दुव्र्यवहार गर्नेलाई कारवाहीको माग गर्दै पहिलो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेका छन् । चार दिनसम्म चल्ने पहिलो चरणको आन्दोलनको कार्यक्रमको पहिलो दिन आईतबार हातमा कालोपट्टी बाँधेर काम गरेका छन् ।
शुक्रबार कार्यालयमा आफ्नो दैनिक कार्य सम्पादन गरिरहेका नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मेश्वर यादवलाई नेपाली काँग्रेसका स्थानीय नेता सुर्यनारायण यादवले दुव्र्यवहार गर्नुको साथै हातपात समेत गरेका थिए ।
आईतबारबाट सुरु भएको पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत पहिलो दिन हातमा कालोपट्टी बाँधेर काम गरेका कर्मचारीहरुले दोस्रो दिन सोमबार बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म १ घण्टा कलम बन्द गरि कामकाज ठप्प पार्ने, तेस्रो दिन ८ गते मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा कलम बन्द गरि कामकाज ठप्प पार्ने, चौथो दिन ९ गते कार्यालयको कामकाज बन्द गरि रिले अनसन बस्ने जनाएको छ । त्यति गर्दा समेत दोषीलाई कारवाहि गरि आफुहरुको माग पुरा नभए कडा भन्दा कडा आन्दोलनमा उत्रिने कर्मचारीहरुले जनाएको छ ।
सरकारी कार्यालयका प्रमुखलाई अनाहकमा गाली बेईज्जती गरि हातपात गर्नु निन्दनीय कार्य रहेको र यसले कार्यालयको अनुशासन उल्लंघन गरेकोलाई दोषीलाई अविलम्ब कडा भन्दा कडा कारवाहि गर्नुपर्ने कर्मचारीहरुको माग छ ।
एकजनाले वृद्ध आईमाईले समाजिक सुरक्षा भत्ता नपाएको निुहँमा साविक भरतपुर गाविसका नेपाली काँग्रेसका गाउँ ईकाई कमिटीका सभापति सुर्यनारायण यादवले आफुलाई दुव्र्यवहार गर्नुको साथै हातपात गरेको कार्यालय प्रमुख यादवले बताए ।
स्रोतका अनुसार यसअघिका निमित्त कार्यालय प्रमुख देवकुमार गोहिवारलाई काज फिर्ता पठाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लक्ष्मेश्वर यादवलाई कार्यालय प्रमुखको रुपमा पठाएपछि गोहिवारकै ईशारामा नेता यादवले अधिकृत यादवमाथी हातपात गरेका हुन् । गोहिवार निकट मानिएका नेता यादव उनलाई कार्यालयमा पुनः फिर्ता यस्तो गरिरहेको कार्यालयकै एकजना कर्मचारीहरुले नाम नछापिने सर्तमा बताए । उक्त कर्मचारीका अनुसार नेता यादव उदण्ड प्रवृतिको भएको र यसअघि पनि पटक पटक उदण्डता मच्चाईसकेका छन् ।

No comments:
Post a Comment