मधेशएक्सप्रेश । काठमाडौ, असार १४ ( संविधानको मस्यौदाप्रति असन्तुष्ट मधेशी मोर्चाले संविधान सभाभित्रै संविधानको मस्यौदा च्यात्ने तयारी गरेको छ । मोर्चाले केहीबेर अघि बैठकगरी यस्तो निर्णय गरेको सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले बताए ।
आज साँझ संविधानसभाको बैठक बस्दैछ । सात बजेलाई तोकिएको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा पेश गर्ने कार्यक्रम छ । ‘मस्यौदा पेश हुनासाथ हामी च्यात्ने छौं,’ सुमनले भने ।
संघीय समाजवादी फोरम नेपाल, तमलोपा, सद्भावना र तमसपाका नेता उपस्थित थिए । तमसपाबाहेकका तीन पार्टीक अध्यक्ष आजको बैठकमा थिए ।तमलोपाका अध्यक्ष महन्थ ठाकुरले मस्यौदा भेदभावकारी आएकाले आन्दोलनको विकल्प नभएको बताए ।

No comments:
Post a Comment