/ , , / मनसुन केहीदिन रहने, आज सिरहा सहित पूर्वि नेपालमा भारी बर्षा जारी , (कहाँ भयो कति वर्षा तथ्यागक सहित )

मनसुन केहीदिन रहने, आज सिरहा सहित पूर्वि नेपालमा भारी बर्षा जारी , (कहाँ भयो कति वर्षा तथ्यागक सहित )

श्रीकान्त झा । सिरहा । असार १२- 
हिजोदेखि पूर्ण सक्रिय भएको मनसुन अझै केही दिन रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्य क्षेत्रमा आज भारी वर्षा हुने गरिएको अनुमा झै सिरहा सहितको स्थानहरुमा भारी वार्षा राति देखि नै जारी रहेको छ । वर्षाले वातावरणमा परिर्वतन ल्यिाएको छ भने किसानहरु खूशि भएको छ । एक हप्ता  देखि खेतमा धानको विउ छरेको हुदा पनि न उमरिदा गमभिर भएका किसानहरु पानिले खुशी भएको छ भने खेतवारीहरुमा पानी लागेको  छ । यता अत्याधिक मात्रामा रहेको गर्मीमा कमी भएर जनजिवनमा समान्य भएको छ ।  मनसुन सुरु भएयताको पहिलो ठूलो र नियमित वर्षाले पूर्वी पहाडी भेगमा पहिरो तथा तराईमा बाढीको सम्भावना रहेको भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ । खास गरि वितेको वर्ष झै सिरहामे रहेको कमला र  सुनसरिमा रहेको कोशी लगायत नदीमा ठूलो वाढी आएको छ । बंगालको खाडीबाट पानीका कणयुक्त बादल हिजोदेखि नियमित नेपाल प्रवेश गरेपछि भारी वर्षाको सम्भावना औंल्याइएको हो । महाशाखाले मात्र नभई छिमेकी मुलुक भारतको राष्ट्रिय मौसम पूर्वानुमान केन्द्रले पनि बिहार, सिक्किम र पश्चिम बंगालमा भारी वर्षाको सम्भावना औंलाएको छ । मौसमविद समिर श्रेष्ठले आज दिउँसो र राति भारी वर्षाको सम्भावना रहेको बताउनुभयो ।  सामान्यतया जेठ २४ देखि असोज ६ गतेबीचको समयलाई मनसुन अवधि भनिन्छ।  यस अवधिमा वर्षको कुल वर्षाको ८० प्रतिशत पानी पर्छ । गत वर्ष ८७ प्रतिशत पानी यो अवधिमा परेको थियो ।  बितेको २४ घण्टामा विरेन्द्रनगर, नेपालगञ्ज, धनगढी, डडेलधुरा र दिपायलमा धेरै पानी परेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार बीरेन्द्रनगरमा सबैभन्दा धेरै १७६ दशमलव ४ र नेपालगञ्जमा १७६ दशमलव १ मिलिमिटर पानी परेको छ ।यसैगरी धनगढीमा १३१ दशमलव ८, डडेलधुरामा १२४ र दिपायलमा ७४ दशमलव ७ मिलिमिटर पानी परेको छ । देशभरका अरु ठाउँमा पानी परेपनि यति धेरै परेन । मनसुन सक्रिय भएसँगै देशभर पानी पर्न सुरु भएको हो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment