सिरहाको लहानमा रिक्सा ब्यबसायले गरे प्रदर्शन Posted: 04 Jul 2020 05:50 AM PDT  महेश सिंह सिरहा २० असार । लकडाउन बाट प्रभावित सिटि रिक्सा चालकहरुले सिरहाको लहानमा सरकार विरुद्ध बिरोध प्रदर्सन गरेको छ। लकडाउन को कारण रोजगारी गुमाएका सिटि रिक्सा चालकहरुले आफ्नो माग राख्दै नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन्। नेपालमा बन्दाबन्दी भएको ३ महिना नै नाग्गियो सरकारलाई गरिब प्रतिको माया कहाँ छोपेर छोप्यो गरिबको दुखेसो छ। नेपाल सरकारको कस्तो निति छ हुने खाने ले सबैले हेर्छ न हुने लाई कसैले हेर्दैन गरिबहरु झन प्रभावित भएका छन्। गरिब ,बिपन्न परिवारलाई कसैले हेर्दैन सरकार प्रतिको बिश्वासनियता गरिबको घाटदै गरेको चालक सिब कुमार महतोले बताउनु भयो। नेपालमा लकडाउन खुकुलो भयो सबै पसलहरु खुला छन् तर सिटि रिक्सा श्रमिक हरु मार्मा परेका छन्।  उनीहरु तिन महिना देखि रिक्सा चलाउन न पाउदा परिवारको छाकटार्न गाह्रो छ । उनिहरु रिक्सा किन्दा धेरैले बैंकक बाट ऋण ,कर्जा लिएर रिक्सा खरिद गरेको छ। तिन महिना देखि रिक्सा चलाउन नपाउदा बैंकको ब्याज तिर्न ठुलो समस्या भएको बताए । सिरहाको लहान नगर भित्र रहेको ९६ जना रिक्सा ब्यसाय गरेर जिबिको पार्जन गर्ने रिक्सा चालकहरु अ -आफ्नो सबारी लिएर खबरदारी कार्यक्रममा सडकमा और्लिएका हुन । लहान ३को पुरानो बसपार्क देखि सुरु गरिएको बिरोध र्याली लहान भरि पर्दर्शन गरेर मकालु बस बुकिङ काउनटर र जय नेपाल चिया पसल अगाडि कोण सभामा परिनत गरेका थिए । रिक्सा संघको अध्यक्ष मनोज मण्डलको अध्यक्षता कार्यक्रम भएको थियो भने नेपाली काङ्ग्रेस ट्रेडयुनियनका जिल्ला सभापति संजय उपाध्यय , युवा नेता तथा समाज सेबि महेश चौधरी ले भने अहिलेको सरकार गरिब जनता लाई यो सरकार भोखै मार्न लागेको छ् यति रिक्सा ब्यबसायहरुलाई समाजिक दुरी लाई ध्यानमा राखी चलाउन दिएन भने हामी जनता लहानको ईलाका प्रहरी कार्यालय घेराउ गर्न पनि पछाडि नहटने चेतावनी दिनु भयो ।  कार्यक्रममा लहान ६ का वडा अध्यक्ष अरुण केसि ले पनि रिक्सा श्रमिकको अधिकारको लागी जोड दार अवाज उठाएका थिए ।काङ्ग्रेसका नेताहरुमा अछ्मित लाल चौधरी , महासमिति सदस्य राम गणेश दास ,नेबि संघका जिल्ला सभापति सित प्रसाद चौधरी , संजय यादव ,युवा नेता पपु यादव , राम कृष्ण यादव लगायतका दर्जनौं संघका विद्यार्थी नेताहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन विद्यार्थी नेता नबिन कुमार यादवले गर्नु भएको आयोजक मण्डले जानकारी दिनु भयो ।  |
लक्ष्मीपुर पतारीको खात्ता रोका हुँदा कार्ययोजना अलपत्र Posted: 04 Jul 2020 05:26 AM PDT  विजय यादव लहान, २० असार । लक्ष्मीपुर पतारीमा भएको कामकाजको रकम सार्वजनिक गर्न नेपाली काँग्रेस र नेकपाले माग गरेको छ । योसँगै नेपाली काँग्रेसबाट वडाध्यक्ष रहेका २ जना र नेकपाका वडाध्यक्ष एक जनाले समेत ग्रामिणस्तरको योजना काटखोट गरिएको लक्ष्मीपुर पतारी गाउँपालिकामाथी आरोप लगाएको छ । उनीहरुले गाउँसभाबाट सर्वसम्मतले पास भएका योजना तथा कार्यक्रमहरुलाई किर्ते विशेष गाउँसभा गरी वडामा दिएको योजना काटखोट गरेको आरोप छ । गाउँपालिका अध्यक्ष रामभल्व साहले आसेपासेलाई आयुर्वेद औषधालयमा कार्यरत कर्मचारीलाई अधिकृत बनाएर मनपरी काम गरिरहेको समेत उनीहरुको आरोप छ । ठेक्काबाट हुने कार्ययोजना समेत उपभोक्ता समितिबाट गराउँदै आएको छ भने झोलुगेँ पुल, रोड रोलर र ग्रेडर मेशिन खरिदको सूचना गोप्य राखेको छ । र, सूचना माग गर्दा जनप्रतिनिधिहरुलाई समेत नदिएको आरोप छ । कोरोना नियन्त्रणको लागि विनियोजित गरेको २ करोड ५० लाख रकममा प्रत्येक वडामा ३ लाख ५० हजार खर्च गरेको छ । दूई वटा क्वारेन्टाइन संचालनमा रहेपनि त्यसको खर्च रकम सार्वजनिक नगरेको आरोप छ । गाउँपालिकाका कर्मचारी र अध्यक्ष साहले घरबाटै कारोबार गर्दै आएको समेत आरोप छ । नयाँ आएका प्रशासकीय अधिकृत सुजितकुमार यादवलाई कामकाज गर्न नदिएको भन्दै खाता रोका गरेपनि निमित अधिकृत र लेखापालको मिलोमतोमा हालसम्म चेक काट्ने काम नरोकिएको वडाध्यक्ष राजेश्वर साहको दावी छ । पतारी पोखरीमा १ करोड १८ लाख निकासा गरी अधुरो काम गरेको नेकपाका देवनारायण साहले बताए । पतारी गाउँपालिकाले मनपद्री बजेट विनियोजित गरिएको आरोप लगाउँदै नेपाली काँग्रेसका चतुरानन्द ठाकुरले यहाँ भइरहेको अनियमितावारे जिल्ला प्रशासन सिरहा, अदालत, अख्तियारलगायत सरोकारवाला निकायमा उजुरी गरिएपनि हालसम्म कुनै कारवाही नभएकोले हामी आन्दोलनमा जानुपर्ने बाध्य रहेको बताए ।  |
No comments:
Post a Comment