Onlinesiraha-Nepali |
सुकुम्बासी बस्तीमा दोस्रो पल्ट राहत दिन पुगे अभियान्ता जोडी Posted: 14 Jun 2020 08:48 PM PDT महेश सिंह सिरहा १ असार । सिरहाको लहान नगर पालिका वडा नम्बर १३ ,२४ पकिटोल सुकुम्बासी बस्तीमा राहत दिन महेश र संगीता की जोडीले दोस्रो पल्ट पुगेका छन् । जेठ ११ गते देखी नेपालमा देश ब्यापी रूपमा सरकारले लकडाउन गरे का हुन् । बिश्व माहामारीको रूपमा फैलिरहेको कोरोना भाईरसको जोखिमबाट सुर्छित रहन नेपालमा लकडाउन गरेको हो । पकिटोलमा करिब एक सय घर धुरीको सुकुम्बासी सदा मुसहर , बिश्वक्रमा ,परियार ,पासमानहरुको बस्तीरहेका छ्न । उक्त दलित बस्ती लहान नगर पालिकाको ऐलानी जग्गामा पुस्तै ,पुस्ता देखि दलितहरुले बसोबास गर्दै आएका हुन। उक्त बस्तीमा सबै ज्याला मजदुरी गर्ने मजदुरहरुको बस्ती रहेको नमुना बस्ती भनिने छिनिन्छ । नेपालमा बन्दाबन्दी भएको तिन महिना बितिसक्यो । स्थानीय सरकारले ३ महिनाको अब्धिमा एक पल्ट मात्र राहत दिएका थिए । बिपन्न बस्तीमा मजदुरको बिच्ली भएका हुन् । ज्याला मजदुरी गर्ने मजदुरहरु गाउँका जमिन्दारको मा गएर ऋणकर्जा गरेर आफनो दैनिक छाक टार्छ्न । नेपाल सरकार नितिनियम र कानुन मात्र बनाउन छन् तर त्यो कानुन पाल्ना हुँदै एक पीडितले बताए । लहान नगरपालिका वडा नम्बर १३ र २४ का सुकुम्बासी बस्तीमा दोस्रो पल्ट ४२ घर धुरीलाई प्रति घर धुरी १० किलो चमाल,१ पोका खाने तेल, १ प्याकेट नून वितरण गरेका हुन् । नेपाली काग्रेसका युवा नेता तथा महासमिति सदस्य महेश चौधरी र नेपाल महिला संघ का केन्द्रीय सदस्य संगीता कर्माचार्य निरन्तर तिन महिना देखि राहत वितरण गर्दै आएका हुन्। राहत दिन पुगेका अभियान्ता जोड़ी लाई स्म्मान स्वरुप मजदुरहरुले फूलका माला लगाई स्वागत गरेका थिए ।अभियान्ता चौधरीलाई यस्तो समाजिक काम गरेको हेरिरहदा बिभिन्न संघ संस्था र मनकारी युवाहरुले खाध्यान सामग्री उपलब्ध गराउदै आएका हुन्। सहयोगका लागि चौधरी ईन्टर प्राईजेका संचालक अनिल चौधरी, पशुपति सिंह र एपोलो ॐ बोर्डिङ स्कुल लहानले राहतका लागि निरन्तर आर्थिक सहयोग गर्दै आएका छन्। उक्त बस्तीमा खाने पानीका समेत समस्या रहेका छन्। खानेपानीका लागी चौधरी र कर्माचार्यले ईनारका लागि समेत पहल गरिसकेको छ । पत्रकार धर्मेन्द्र पासमानका विशेष आग्रहमा राहत लिएर दोस्रो पल्ट पकिटोल पुगेका थिए । समाजिक दुरि कायम गरी राहत वितरण गरेका सहयोगि तथा समाज सेबि महेश्वरी चौधरीले जानकारी दिनु भयो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment