/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


पिडा वुझन किशानको खेतखेतमा पुगे संसद दिलिप साह

Posted: 07 May 2020 10:18 AM PDT

प्रदेश सरकार समयमै बजार ब्यबस्थापन र क्षतीको हिसाबले राहत उपलब्ध गरिदिन माग                                                                       

श्रीकान्त झा  सिरहा । बैशाख २५ गते । करोना भाईरसको मध्य नजर गर्दै नेपाल सरकारले जारी गरेको लकडाउन का कारण स्थानिय किसानहरु मारमा परेको वखत प्रदेश २ का संसद दिलिप साहले किशानको समस्या वुझन किसानको खेतखेतमा पगेका छन् ।
किशानका पिडा वुझदै संसद साहले भनेविश्वव्यापी महामारी कोरोना भाईरसको कारणले मानव जगत नै संकटमा परेको अवस्था छ । सरकारले जारी गरेको लकडाउनका कारणले सिरहा र धनुषाको सिमानामा रहेको कमला नदीको बगरमा फलफुल र तरकारी खेति गर्दै आएको किसानको लाखौको लागत समेत डुब्ने खतरामा रहेको छ । सिरहा जिल्लाका कमला नदीसंग जोडीएका बिभिन्न नगरपालिकाका किसानहरु कमलाको बगरमा बिभिन्न प्रकारका फलफुल तथा तरकारी खेति गर्दै आएका छन । कर्जन्हा, कल्याणपुर, सिराहा नपा. लगायतका किसानहरु हजारौ बिगहामा लगाएका तरबुज र तरकारी अहिले बजारमा जानुपर्ने बेला बजार ब्यबस्थापन नभएर खेतमै कुहिने अबास्था सृजना हुँदा गम्भीर ध्यानाकर्षण भएको छ ।
तारबुजा, काँक्रों, करेला लगायतका काठमाडौ र इटहरीसम्म पुग्ने गरेपनि यस वर्ष बिक्रि गर्न नसकेको कारण तिन महिना देखिको मेहनत, लगानी खेतमै नष्ट हुने भएको छ । कर्जन्हा नगरपालिकामा मात्रै पाँच सय बिघामा भइरहेको तारबुजा र काँक्रोको खेती नष्ट हुने स्थितिमा छ । किसानहरुको लगानी डुब्ने तथा श्रणको भारी बोक्नु पर्ने अवस्था छ । तसर्थ, संघीय सरकार, प्रदेश २ सरकार लगायत सम्बन्धित सबै निकाय संग समयमै बजार ब्यबस्थापन र क्षतीको हिसाबले राहत उपलब्ध गरिदिन संसद साहले जोडदार माग समेत गर्नुभएको छ ।

कोरोना कहरको मारमा परेको बिपन्न परिवार महेश र संगीता लाई गुहार्दै

Posted: 06 May 2020 09:49 PM PDT

महेश सिंह सिरहा २५ , बैशाख । बिगत केहि दिन देखी समाजिक सन्जालमा चर्चामा आएको यि दुई जोडी गरिबको कहरको पिडा बुझ्न गाउँ -गाउँ घुमदै छन्। बिपन्न समुदायको यस्ता पिडा सुनेपछी लहानको वडा नम्बर २४ मानिक दह झिटकी टोल पुगेका थिए । मनकारी युवा महेश र संगिता राहत बितरण गर्न गाउँ केन्द्रित भएका हुन् । राहत बाडन गाउँ पुगेका सामाजसेबी महेश चौधरीलाई गुहार्दै पीडित परिवार आफनो दुखेसो सुनाउ छिन । लहान नगरपालिका वडा नम्बर ८ की समाजसेबी ललिता यादब र जितन यादब लगायत एपोलो उँ ईङ्गलिस बोडिङ्ग स्कुल लहानको सहयोगमा त्यहाँ राहत दिन पुगेको उनले बताए । संगिता कर्माचार्य र महेश चौधरीको जोडीले बिपन्न परिवारहरुलाई राहत दिईएको छ ।

राहत समग्रीमा प्रति परिवार १० किलो चामल , १ किलो आलु , १ किलो प्याज , १ किलो परवल , १ किलो नुन दिईएको हो । यस अघि यि दुई जोडीले लहान नगरपालिकाका वडा नम्बर १, ३, ५,७, ८, १२ , १३, १४, १६, १७, लगायतका वडाका बिपन्न घर – परिवारलाई राहत वितरण गरिसकेको छ ।बिपन बर्ग भन्नछन् हामी राहतको प्रतिक्षामा थियौ मनकारी जोडीले राहत दिएपछी हामी धेरै खुसी भएका छौँ । राहत पाउने बिपन्न परिबारहरु दुई जोडीलाई हृदय देखि नै धन्यबाद दिएका छन । सोही वडा निबासी एबम नेपाल मानबअधिकार संगठनका केन्द्रिय सदस्य समेत रहेका मानब अधिकारकर्मी राजकुमार राउतले लहान नगरपालिकाले बितरण गरेको राहत प्रणालीमा नाताबाद , पार्टीबाद , कृपाबाद भएको आरोप लगाएका छन । आफुलाई मनपरेको ब्यक्तिलाई वडा अध्यक्षले नगरपालिकामा नामाबली पठाएको आरोप लगाए ।
हाम्रो वडामा राहतको नाममा बिपन्न बर्गलाई धरै नै अन्याय भएको भन्दै नगरपालिकाको ध्यान आकर्षण गर्न उनले सुझाब दिए । सरकारको निर्देशन अनुसार नगरपालिकाले वडामा राहत बितरण नगरेको राहत बास्तबीक बिपन्न बर्ग मजदुरहरुले पाउने हो यहाँ सम्पन्न ब्यक्तिमा पनी राहकत बितरण गरेको उनले बताएका छन । कुमारी दासिनको मिल्दो जुल्दो अबस्था छ । दुई छोरी रहेको दासिनको श्रीमान ३० बर्ष आगडी नै स्वर्गारोहण भैसेको छ । उनको पनि जग्गा जमीन छैन उनी पनी भुमिहीन छिन उनले नगरपालिकाबाट राहत नपाएको बताईन घर परिवार चलाउन धैरै नै समस्या रहेको छ ।' उनि सामाजिक सुरक्षा भत्ता पाउछिन नगरपालिकाले मंसिर देखि सामाजिक सुरक्षा भत्ता दिएको छैन भन्दै अफनो पिडा सुनाईन । सामाजिक सुरक्षा भत्ता दिदाँ परिवारमा केहि राहत हुन्थ्यो उनको भनाई छ । भोट दिएर जिताएको स्थानिय सरकारहरु अहिले मस्त निन्द्रमा स्ुतेको उनले आक्रोश पोखे । जितेका नेता कोई गोजीबाट खर्च गर्न नचाहने सरकारी बजेटको आशमा बसेको दासिनले बताए ।

नबराजपुर गाउँपालिकाले सञ्चारकर्मीलाई स्वास्थ सुरक्षा सामग्री गरे प्रदान

Posted: 06 May 2020 12:53 PM PDT

मुकेश कुमार यादव
लहान बैशाख २५ ।सिरहाको नबराजपुर गाउँ पालिकाले पत्रकारलाई आज स्वास्थ्य सुरक्षा सामग्रीहरु प्रदान गरेको छ।
नेपाली काङ्ग्रेसको  नेता तथा नवराजपुर गाउँ पालिका अध्यक्ष विश्वमोहन यादवले जनकपुर टुडे राष्ट्रिय दैनिकको पत्रकारलाई स्तरीय एन ९५ मास्क, सर्जिकल  मास्क,सेनिटाईजर र ग्लबज लगायत स्वास्थ्य सुरक्षा सामग्रीहरु   उपलब्ध गराएका छन ।

 विशवभरी कोभिड १९ आतंक  मचाईरहेको अबस्थामा  मिडियाकर्मीहरु अहोरात्र खटेर समाचार एबं सरोकारबाला तथा बिज्ञहरुसंगको अन्तरवार्ता मार्फत जनतालाई सत्य तथ्य सुचना, जनचेतनामुलक संन्देश तथा साबधानीका उपायबारे  मिडियाकर्मीहरुलाई हौसला बढाईदिन स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको गाउँ पालिका अध्यक्ष यादवले   बताए।

कोभिड १९ महामारीको विरुद्ध  मिडियाकर्मीहरुले जोखिम मोलेर फ्रन्टलाईनमा रही काम गर्दै गरेकोले आउनेदिनमा  आवशयक स्वास्थ्य सुरक्षा सामग्रीहरु थप प्रदान गरीने समेत अध्यक्ष यादवले  बताए।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment