Onlinesiraha-Nepali |
बिपन्नको सहारा बन्दै राहत अभियनता जोडी Posted: 19 May 2020 02:35 AM PDT महेश सिंह सिरहा ६ जेठ - लकडाउन भको दुई महिना नागि सके नेपाल सरकारले पीडित जनताको लागी कुरुर बन्दै गरेको छ । सिरहाको लहान नगर पालिका वडा नम्बर २२ मा राहत लिएर पुगे महेश र संगिताको जोडिले पुगदा पीडितको मुहारमा खुशीदेखीएको छ । लहान नगर पालिका वडा नम्बर २२ सिसवनीमा २५ घर धुरीलाई राहत बाडेका छन् । गरिब दलितमा सदा परिवारको घना बस्ती रहेको छ । स्थानीय सरकारले राहत बाडेको महिनौ बित्यौ । अब के खाने चिन्तामा छन् बिपन्न परिवार । हामी भगवान कै भर्मा बाच्दै छौँ।हामीले रोगले मर्नु भन्दा त भोकले मर्ने भए गरिबको पिडा सुन्न्नेको छ र अहिले अहिलेको जवानामा सरकारले पनि दुखीलाई नै दुख दिन्छ कहाँ छ सरकार सबैले हुने खानेको मात्र हेरिन्छ ,गरिब दलित भनेर सबैले हेला गर्ने यहीँ समाज हो गरिबलाई समाजमा हेर्ने दृस्ठिकोण फर छन्। यस्तो माहामारीमा समाज मा कसैले गरिब दलित भने ऋण,कर्जा दिन मान्दैन ऋण लिन पनि गाह्रो छ कसैले पतियाउदैन ऋण दिन्छु भने धनीलाई डर हुन्छ । गरिब परिवारमा जन्मिनु भनेको पाप हो । गरिब पिपन्नको बाच्ने अधिकार छैन त दुखेसो पोखछन् । महेश र संगिताको जोडीले राहत लिएर गरिबको घर पुगने गरेको छ । राहतमा प्रति घर धुरी १० किलो चमाल, १ पोका तेल,१ किलो आलू ,१ प्याकेट नून, वितरण गरेका छन् । राहत पाउनेहरुमा अतिबिपन्न,एकल महिला,असहाय ,बृध लगायत २५ घर परिवार लाई राहत बाडेका हुन । ज्योति ट्रेडर्सका संचालक मनीष सारडा र एपोलो ॐ बोर्डिङ स्कुलका संचालक समेत रहनु भएको महेश र संगीता ऊनीहरु लाई राहतको लागी दाताहरुले सहयोग गर्दै आएका छन् । राहत पाउने पीडित परिवारले दाताहरु प्रति अभारी भएका थिए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment