/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


टिआरपीकै लागि मानहानी गरेको भन्दै एभीन्यूजमाथि प्रेस काउन्सिलमा पर्यो उजुरी

Posted: 10 May 2020 11:00 PM PDT

सिरहा बैशाख २९ गते

एभीन्यूज टेलिभिजनमाथि नेपाल प्रेस काउन्सिलमा उजुरी परेको छ । झा ब्रदर्स मिडिया हाउस प्रालि सिरहाले एभीन्यूज उपर उजुरी गरेको हो । एभीन्यूजले मानहानी गरेको भन्दै उजुरी गरेको झा ब्रदर्स मिडिया हाउसले जनाएको छ । झा ब्रदर्स मिडिया हाउसद्धारा सञ्चालित रेडियो मुस्कानको लागि आवश्यक उपकरण ल्याउन प्रेस लेखिएको गाडीसहित काठमाडौं गइरहेको विषयलाई मानहानी हुने तरिकाले एभीन्यूजले रिपार्ट प्रशारण गरेको थियो ।
काठमाडौं जाने क्रममा काभ्रेपलाञ्चोकको सांगास्थित एभीन्यूजले गाडीमा प्रेससमेत लेखिएको भएपनि र सो गाडीमा सवार रहेका झा ब्रदर्सका अध्यक्ष सितल झाले रेडियोको लागि उपकरण ल्याउन गइरहेको बताउँदा समेत प्रेसको गाडीमा यात्रु ओसारपोसार गरिरहेको भनेर मानहानी गरेको झाले बताए ।

लकडाउनमा सामाजिक दुरीलाई दुष्टिगत गर्दै उनीहरु चारजना मात्रै सवार भएर काठमाडौंका लागि हुइँकिएका थिए । लामो दुरी भएकाले दुई जना चालक र अध्यक्ष झासहित रेडियोका लेखा गाडीमा सवार थिए ।

गाडी सांगामा जाममा परेपछि स्थलगत रिपोर्टिंगमा रहेका एभीन्यूजका केदार कोइरालाले यात्रु ओसारपोसार गरिरहेको भनी भिडियो लिएको र प्रेस प्रमाणपत्र देखाउँदासमेत भ्रामक रिपोर्ट प्रशारण गरेको झाको भनाई छ ।

सबै प्रमाण देखाउँदासमेत एभीन्यूजले टिआरपीकै लागि जबर्जस्ती मानहानी गरेको झाको आरोप छ । उनले प्रेस काउन्सिलमा उजुरी दिएको बताउँदै एभीन्यूजलाई कारवाही गर्न माग गरे । आवश्यक परे अदालतसम्म जाने पनि उनले बताए ।

लकडाउनमै अचानक ट्रान्समिटर बिग्रिँदा काठमाडौं जानैपर्ने बाध्यता परेपछि जिल्ला प्रशासन सिरहाबाट अनुमित लिएर गएको झा ब्रदर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति मार्फत् प्रशारण भएको भ्रामक र तथ्यहिन सामाग्रीप्रति खेद समेत प्रकट गरिएको छ ।
यता, नेपाल पत्रकार महासंघ सिरहाका पूर्वध्यक्ष तथा हाल केन्द्रीय सदस्य रहेका देवकुमार यादवले पत्रकारबाटै पत्रकारमाथि यस्ता दुव्र्यवहार हुनु गलत भएको बताए । 'एउटा पत्रकारले अर्को पत्रकारमाथि यस्तो गर्नु अत्यन्त दुःखद हो । सबैथोक बुझ्दा मलाई पनि दुःख लागेको छ,' उनले भने ।
कसैको चरित्र हत्या गर्नु सञ्चारकर्मीको धर्म नरहेको भन्दै उनले हालको पत्रकारिताप्रति संवेदनशीलताको अभाव औल्याए । उनले यसको छानविन हुनुपर्ने माग पनि गरे ।
प्रेस काउन्सिलमा दिइएको उजुरी

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment