/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


क्वारेन्टाईन ब्बस्थापनका लागी सवल नेपालको सहयोग

Posted: 10 Apr 2020 05:52 AM PDT

महेश सिंह लहान २८ चैत्र । सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा क्वारेन्टाईन ब्यबस्थापन गर्नका लागी क्वारेन्टाईनमा प्रयोग हुने समग्रीहरु सहयोग गरेका छन । सेभ द चिल्ड्रे र सवल नेपालले सामग्री सहयोग गरेको सवल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले बताए । बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने झुल , बेड सिट , डस्टबिन ,मास्क , जग , दाँता माझने ब्रस , पानी , जग लगायत १४ प्रकारकार सामग्रीहरु सहयोग गरेको हो । मसिलाल जनता मा.बि.कुशहा सुरुङ्गा ५ र खडक नगरपालिका वडा नम्बर – ९ मा रहेको क्वारेन्टाईनका लागी सहयोग गरेको समग्री स्थानिय स्वास्थ्यकर्मी र जनप्रतिनीधिको रोहबरमा बितरण गरेको सवल नेपालका समुदाय परिचालक श्रवण पासवानले बताए ।बिश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ् ।नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमण बाट बचन नेपाल भरि लकडाउनको नियम पाल्ना गर्न नेपाली सेना नेपाल प्रहरी ,सशस्त्र प्रहरी परिचालन गरिएका छन् । नेपाल सरकारले चैत ११ गते देखि देश भरि लकडाउनको निर्णय गरेको हो । मंगलबार १५ औ दिन चलिरहेको बेला सिरहामा चेक जाचमा कडाई गरेका छन् । लकडाउनको नियम उल्घन गर्ने ब्यक्ती लाई कारबाही समेत गर्ने निर्णय गरेका हुन् । कोरोना भाईरस स्वास प्रक्रियाको माध्यम बाट र शारिरीक अंगमाल गर्नाले र मानिसको धेरै भिड भाडामा सजिलै पलाउने र एक अर्कामा सजिलै संग संक्रमित हुने भएको ले लकडाउन गरेको हो। नेपालमा लकडाउनको प्रभावले यातायात ,उधोग ,कलकारखाना ,शिक्षण संघ संस्था बजार पसलहरु समेत बन्द भएकोले ज्याला मजदुरी गर्ने निम्न बर्ग र अति बिपन गरिब ललित भुमिहिन ,सुखुम्बासिहरुको बिचल्ली भएको छ्।

मिर्चैयामा राहतको बिषयलाई लिएर बिवाद

Posted: 09 Apr 2020 10:50 PM PDT

महेश सिंह सिरहा, २८ चैत । सिरहाका मिर्चैया नगरपालिकामा राहतको बिषयलाई लिएर केहि दिनदेखि यता भएको विवादले चरम सिमा नाघेको छ । स्थानिय नेता तथा बुद्धिजीवीले मेयर श्रवण यादवको राहत वितरणमा मोनोपोली भएको आरोप लगाएका छन । असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरी मेयर यादवको काखा र पाखा गर्ने मनो बिज्ञानको पर्दाफास गरेका छन । स्थानिय नेता कार्यकर्ता द्वारा निर्माण गरिएको सर्वदलिय समिति अनुसार मेयर यादवले आफ्नो आसेपासेलाई राहत उपलब्ध गराएर बिपन्न वर्गमाथी ठुलो अन्याय गरेको आरोप लगाएका छन । मिर्चैयाका नेकपा जिल्ला सदस्य प्रदिप महासेठको अनुसार चैत २२ गते नगरपालिकाको राहत कार्यक्रममा पक्षपात भएको थियो । उनको अनुसार वडा १ मल्हनिया चदरा टोलमा २५ घरधुरीमा मेयर यादवले आफ्नै मान्छेलाई दिन खोजदा बिपन्न द्लित समुदायले बिरोध जनाएका थिए । मेयर यादवको विभेदपुर्ण नियति देखेर नेकपा जिल्ला कमिटीका सदस्यहरु ले आ –आफ्नो तर्फबाट वडा १ का १५ घरधुरीमा १० किलो चामल, २ किलो दाल, नुन, तेल लगायत अति आवश्यक राहतका सामान बितरण गर्न खोज्दा मेयर श्रवण यादवले रोकेका थिए । पत्रकार सम्मेलनमा नेकपा जिल्ला सदस्य गङ्गा महतो, राजपा नेपालका मिर्चैया नगर संयोजक अन्जय साह, तरुण दल क्षेत्रीय सदस्य धनेश्वर यादव, समाजवादी नगर अध्यक्ष रामदयाल यादव, नेपाली काङ्ग्रेस जिल्ला सदस्य कपिलदेव साह, र सिरहा ४ ख बाट निर्वा्चित प्रदेश सभा सदस्य दिलिप साहलगायत ले मेयर श्रवण यादवको काम गराई प्रति असन्तुष्टि जनाएका थिए । उनीहरुको अनुसार 'यो त सरासर मेयरको दादागिरी हो।' सांसद साहका अनुसार राहत बाँडेर फर्किने क्रममा सोमबार मेयरका मान्छेहरु आएर अचानक बिबाद गरेका थिए । पछि बिबाद झडपको रुप लिएको थियो जसमा केही घाईते समेत भएका थिए । वडा –२ को मल्हनिया स्वास्थ्य चौकीनजिक सोमबार साँझ करिब ५ बजेतिर विवाद भएको हो । यता मेयर यादबले मैले बिबाद गरेको होईन , स्थानिय सरकारको अनुमती बिना सरकारको निति निर्देशन बिपरीत समाजिक दुरी कायम नगरी राहत बितरण गर्ने कार्य गरेकोले त्यस्तो कार्य रोक्न मैले आदेश दिएको प्रेस बिज्ञप्ती मार्फत उनले जानकारी दिए ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment