/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


मधेशमा सामा चकेवा रौनक सेलाइयो

Posted: 14 Nov 2019 12:19 AM PST

महेश सिंह , सिरहा ,२८ कार्तिक - मदेश क्षेत्रका थारु समुदायले धुमधामका साथ समाचकेवा पर्व मनाएका छन् । बुधबार लहान नगरपालिका १८ भदैयामा वडा स्तरीय प्रथम समा चकेवा महोत्सवमा भेला भएका थारु समूदायले यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने पर्छन् । उनीहरुसँगै तराइमा बसोबास गर्ने अन्य समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाएका छन् ।सबै जातजातिहरुको आ(आफ्नै किसिमका मौलिक परम्परा र संस्कृतिहरु रहेका छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी जनजाती थारुहरुको पनि आफ्नो अलगै किसिमको मौलिक परम्परा र संस्कृतिहरु रहेको छ। जसमा 'समा चकेवा' पनि एक हो। यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने परम्परा रहिआएको छ।
यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार 'चक्रवाक' र राजकुमारी 'समा' तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनिहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन्। यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको रुपमा लिने गर्दछन्। प्रदेश २ सिरहा निर्वाचन क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्य लगन लाल चौधरीको पमुख अतिथि र प्रथम वडा स्तरी समा चकेवा महोत्सव २०७६ मुल समारोह समितिका अध्यक्ष शिव नारायण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा भरीका ६ वटा समुहमा बाजाँ गाजा सहित कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा थारु मौलिक झँिकने थारु गित ८० वर्षिय डोमि चौधरी प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा स्वागत राम प्रसाद चौधरीले गर्नु भएको थियो ।

सिरहाको लक्ष्मीपुर पतारीमा नियम विपरीत भएको कम रोक्न वडा अध्यक्षलाई दिए ज्ञापनपत्र

Posted: 13 Nov 2019 09:30 PM PST

महेश सिंह , सिरहा २८ कार्तिक । सिरहाको लक्ष्मीपुर पतारी गाउँ पालिकामा असंतुष्ट पक्षले विकासको काममा संतुष्ट नभएको भन्दै गाउँ पालिकामा अध्यक्ष राम बल्भव साह समक्ष ज्ञापन पत्र बुझाईएको छ । यस गा पा को कार्यालयबाट पटक पटक जनप्रतिनिधि तथा नियम कानून विपरीत कृयाकलाप भईरहेको हुदाँ त्यस्ता काम काज अबिलम्ब रोक्न वडा अध्यक्षहरु, जनप्रतिनिधि तथा आम जनता समेतको टोलिले गा पाको कार्यालयमा गई अध्यक्षलाई ज्ञापन पत्र बुझाईएको छ । गाउँ पालिकाबाट वडाको लागी छुटटयाईएको रकममा कटौति,वडा स्तरबाट छनौट गरी दिएको योजनामा आफनो मन मानीले कटौति,वडा स्तरीय बजेट बााडफाँडमा भेदभाव,अध्यक्ष र उपाध्यक्षको आफनो किसिमले मानोमानी जस्ता आरोप लक्ष्मीपुर पतारी गाउँपालिका ५ का वडा अध्यक्ष देव कुमार यादवले लगाएका छन ।वडा नम्बर ४ का वडा अध्यक्ष विद्यानन्द साह, ५ का वडा अध्यक्ष देव कुमार यादव र ६ का वडा अध्यक्ष राजेश्वर साह सुडीको अगुवाईमा गएको टोलीले १६ बुँदे ज्ञापन पत्र बुझाएका छन । ज्ञापन पत्र बुझदै साहले भने हामीले ज्ञापन पत्र स्वीकार गरीयौ पढी पनि सकियो अब हामी विशेष गाउँ सभाको बैठक बोलाएर त्यो अनुसारको योजना बनाई कार्य संचालन गर्ने छौं । पतारी पर्यटकीय क्षेत्रमा घोषणा भएको छ यसको लागी हामीले केहि न केही गर्नै पर्ने हुन्छ अब बैठक पछि बजेट छनौट गर्नेछौ । तपाईहरु कुनै ठोस योजनाहरु लिएर आउनुस हामी बजेट विनियोजन गर्न तयार छौ । यता १६ बुँदे ज्ञापन पत्रमा एक हप्ताको समय दिएको छ एक हप्ता भित्र सुधार भएन भने हामी जनता चरणबद्ध आनदालन गरी गा पा मा ताला बनदी गरी काम काज बन्द गर्ने सो बाट भएका क्षतिपुर्ति र जनताको पिडा समेतको जवाफदेही गा. पा. अध्यक्ष र उपाध्यक्षले लिनु पर्ने ज्ञापन पत्रमा उल्लेख भएको वडा ६ का वडा अध्यक्ष राजेश्वर साह सुडिले बताएका छन ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment