Onlinesiraha-Nepali
نشرت بواسطة:Domain Registration Nepal
November 11, 2019
في
لاتوجد تعليقات
सिरहाको कचनारीबाट लागूऔषध नाइटरोभेटसहित ३ युवा पक्राउ Posted: 11 Nov 2019 01:45 AM PST  बिनोद अधिकारी ,२५ सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट लागूऔषधसहित तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी चौकी कचनारी सिरहा कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR32 U4799 नम्बरको मोटरसाइकलमा आउँदै गरेको मोरङ भिक्ला जुङ गाउँपालिका ७ का १८ वर्षीय रोशन खड्का, सोही ठाँउ बस्ने ३० वर्षिय गोबिन्द नेपाल र भारत मधुबनी जिल्ला खुटौना फुलपरा धर्मौनाका १८ वर्षिय मो. रियाजको साथबाट नेपालमा प्रतिबन्ध औषधि नाइटरोभेट १४ पता, स्पासो ५ पता र गाँजा १० ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना र मोटरसाइकललाई आबश्यक कार्बाही तथा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेश्पुर पतारमा राखिएको प्रहरीले जानकारी दिईएको छ ।
 |
No comments:
Post a Comment