Onlinesiraha-Nepali |
मधेशमा दिपावली मनाउने जमातहरू संग डा.निरालाको प्रश्न ? Posted: 20 Sep 2019 07:36 AM PDT सिरहा,असोज ३ गते ।सधै उपेन्द्र उपेन्द्र भन्ने मधेशका पत्रकार, बुद्धिजिवी, समाजसेवी, बिधार्थी, युवा, मजदुर तथा किसानहरूले भोलि मधेशमा दिपावली मनाउने जमातहरू संग केहि प्रश्न गर्ने आँट गर्ने हो कि ? डा.कमोद निराला के २०७२ मा आएको नेपालको संबिधानले मधेश लगायत बिभिन्न समुदायको अधिकार तथा माँगहरू समेटेको छ ? छ भने जनसंख्याको आधारमा प्रतिनिधित्व, निर्वाचन क्षेत्र, पुर्ण समानुपातिक व्यवस्था, देशको सबै निकायमा समाबेशि व्यवस्था, नागरिकता, स्वातत्ता, पहिचान सहितको संघियता जस्ता मुद्दा किन छैन? छैन भने, संबिधान निर्माण गर्ने शक्ति जसको संसदिय संख्या धेरै छ, सरकारको नेतृत्व गरेका पार्टी विपक्षमा बसेका पार्टी किन मौन छन ? के उपेन्द्र यादवको पार्टीले संसोधन गर्ने हो जसको संसदिय संख्या जम्मा १७ छ ? के उपेन्द्र यादवले सरकार नेतृत्व गरेका छन कि संसोधन बिधेयक सदनमा पेस गरून? संबिधानले मधेशी लगायत बिभिन्न समुदायको अधिकारहरू समेटन सक्या छैन भने सरकार नेतृत्व गर्ने नेकपाका तथा बिपक्षी दल काग्रेंसका मधेशी लगायत बिभिन्न समुदायका यस पार्टीका नेता कार्यकर्ताहरूले विरोध कहिले गर्ने ? के मधेशको मुद्दा मात्र समाजवादी पार्टी र राजपा नेपालको मात्र हो? यदि हो भने मधेश लगायत विभिन्न समुदायहरूका जनताले नेकपा र काग्रेंसलाई साथ दिई राख्नु पर्ने के जरूरी छ ? नेकपा नेतृत्व सरकार पक्षले गरेको समाजवादी तथा राजपा नेपाल संगको सम्झौता कार्यान्वयन गर्ने हो कि? कि कार्यान्वयन गर्ने काम समाजवादी पार्टी र राजपा नेपालको हो र ? कृप्या मधेशका महान् पत्रकार, बुद्धजिवी, समाजसेवी, राजनितिज्ञ, बिधार्थी, युवा, मजदुर, किसानहरूले यो प्रश्न सम्बन्धि ठुला पार्टी, सरकार नेतृत्व गर्ने पार्टीका नेता, विपक्षी दलका नेताहरूलाई सोध्ने हो कि ? उपेन्द्र यादव, समाजवादी पार्टी र राजपा नेपाल संसोधन कहिले हुन्छ सोध्नु जसको संदनमा संसद संख्या कम र सरकार नेतृत्व नगरेको अवस्थामा संसोधन बिधेयक लग्ने, संसोधन गर्ने सम्बन्धित संस्थालाई सोध्नु जायज हुनेछ। माग् कर्तालाई सोधिन्छ यहा, अब माँग पुरा गर्ने निकायलाई ब्यक्तिलाई सोधि हेरौं।।। सबै प्रष्ट हुन्छ। |
लहानको बलान पुल मुनि बेवारिश लाश भेटियो Posted: 20 Sep 2019 06:57 AM PDT महेश सिंह सिरहा - ३ असोज । सिरहाको लहान नगर पालिका -३ बलान खोला स्थित वेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । पुरुषको सब अन्दाजी ३५/४०बर्षको जस्तो देखिने र पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल उक्त शव भेटिएको छ । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थामा रहेको बताए । सबको डिएन टेस्टको लागि बाहिर पठाइएका छन् । शवको प्रकृति हेर्दा १५—२० दिन पहिले कहिकतै गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।सब लाई बाढीले बगाएर यहाँसम्म ल्याएको हुन सकिने बताए । बर्षासँगै आएको बाढीले उखालिएर बगाएर बलान खोलाको पुलसम्म ल्याएको हुनसक्छ । सो शव असोज १ गते ईलाका प्रहरी कार्यालय लहानले पाँच बजेतीर फेला पारेको हो प्रहरीले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment