सिरहाको लहानमा पशु आतन्क Posted: 22 Jul 2019 07:34 AM PDT  लहान,साउन ६ गते । कुनै पनि चाैपाया खुल्ला रूपमा सार्वजनिक ठाउँमा छाडनु कानुनी तबरले मिल्दैन तर सिरहाको लहान नगरपालिका लहान बजारमा हरेक दिन यस्तो दृश्य हेर्न पाइन्छ । जब कि त्यस्तो व्यस्त सडकमा पुर्व मेची देखी पश्चिम महाकाली सम्मको यातायात सडकमा गुड्छन तर लहान बजारकाे सहिद चौकमा यस्तो दृश्य सजिलैसँग देखन पाईन्छ यहाँ हरेक दिन होस या रात २४ सौ घन्टा गाईबस्तुहरु बिच सडकमै बसेको हुन्छ। लहान नगरपालिका मुखदर्शक बनेको स्थानीयहरु बताउँछन् । सम्बन्धित निकाइले कुनै पनि चासो देखएको छैन ।जसका कारण दुर्घटना हुने सम्भावना बढीनै हुन्छ वा गाईबस्तु घाइते र मर्ने हुने सम्भावना पनि हुन्छ ।यी जनाबरहरुलाई कुनै ठाउँमा व्यबस्थित गर्नुपर्ने जरुरी देखिन्छ । यता जिल्ला ट्राफिक प्रहरी कार्यालयले २४सै घण्टा डियुटीमा खटिएका हुन्छ तर कुनै चासाे नदेखिएको यात्रुहरूकाे आराेप रहेकाे छ ।  |
सिरहामा बिपिको ३७ औ स्मृति दिबस बिरामीलाई फलफुल दिएर मनायो Posted: 22 Jul 2019 07:01 AM PDT  महेश सिंह महतो , सिरहा ६ असार सिरहामा बि.पि .को ३७ औं स्मृति दिब्य मनाएको छ । गिरिजाप्रसाद कोईराला अध्यन केन्द्र सिराहाले बिरामीहरू लाई फलफूल वितरण गरेका छन।राम कुमार शारदा उमा प्रसाद मुरारका अस्पताल लहानमा बिरामिहरुलाइ फलफूल वितरण कार्यक्रम सिराहा जिल्ला का पार्टी सभापति रामचन्द्र यादब को प्रमुख आतिथ्य मा भयेको थियो।।कार्यक्रम मा सभापति यादबले बिपिले देखाएको बाटोमा हिड्न सक्यो भन्ने देश र पार्टीलाई राम्रो हुने बताउनु भयो। कार्यक्रममा नेबिसङ्ह का नि बर्तमान केन्द्रिय सह महामन्त्री परमेशवर साह ,काङ्ग्रेसको जिल्लाका युबा नेता शैलेन्द्र कुमार यादब,पुर्ब क्षेत्रीय सभापति बिसुन साह बनिया,पुर्ब नगर अध्यक्ष महेश चौधरी ,महासमिति सदस्य देबनाथ यादब,अब्दुल करिम खान,नेबि सङ्ह जिल्ला अध्यक्ष मो मुस्ताक,गोपाल यादव लगाइत का नेताहरूको उपस्तिथि रहेको थियो।सो कार्यक्रममा बिरामीहरूलाई जुस,केरा,बिस्कुट स्याउहरु वितरण गरेको अध्यन केन्द्र सिराहाका अध्यक्ष सन्जिब कुमार ठाकुर ले बताए ।  |
सिरहा लगायत देशै भर सिबरात्रीको रौनक शिवलिङ्गमा जल चढाउन शधालुहरुको घुईचो Posted: 21 Jul 2019 09:52 PM PDT  महेश सिंह महतो, सिरहा , श्रावण ६ ।सिरहा जिल्ला लगायत देशको बिभिन्न भागहरुमा आज शिवलिङ्गमा जल चढाउने गरेको छ भने सिरहाको मिर्चैया नगरपालिका वडा न. ९ स्थित शिव मन्दिरमा साउन महिना धेरै भिड,मेला पनि लागने गरिन्छ । हिन्दू धर्माबलम्बीका लागि विशेष महिना मानिन्छ । साउन महिनामा भगवान शिवको आराधना र पूजा गर्ने महिनाको रुपमा चिनिन्छ । धेरै महिलाहरु साउनमा उपवास पनि बस्ने गर्छन् ।साउन महिनाको अर्को आकर्षण हो, बोलबम यात्रा । शिवभक्त हिन्दू धर्माबलम्बीहरु पहेँलो पोशाक लगाएर खाली खुट्टा लामो बाटो पैदल हिँडेर बोलबम यात्रा गर्छन् । साउन महिनाको सोमबार अझै विशेष मानिन्छ । भक्तजनहरु बन्दिपुर स्थित कमला नदिको उतरबाहिनीबाट जल ल्याइ विभिन्न शक्ति पिठहरुमा चढाउने परम्परा छ । उतरबाहिनी नदि देखि मिर्चैया र सिरहाको आ-आफ्नो ठाउँ सम्म बोल बोम भन्दै बाटोमा कहिँ पनि कामरमा जल बोक्न बनाइएको बाँसको सामाग्री कतै नराखी शिव मन्दिर सम्म लाएर विधि बिधान अनुसारले जल चढाइन्छ ।यहाँ सोमबार पूजाआजा गर्नेहरुको बाक्लो भीड लाग्छ । त्यतिमात्रै होइन । उतर बाहिनि देखि बोलबम यात्रा सुरु गर्ने वा अन्य जलासयहरुबाट बोलबम यात्रा गरिन्छ । यो सोमबार पनि सिरहाको विभिन्न शक्ति पिठहरु बोलबम यात्रीहरु भेटिए । बोलबम यात्रीमा बालकदेखि वृद्धसम्मको सहभागिता थिए ।हरेक शक्ति पिठ्हरुमा भक्तजनहरुलाइ आकर्षशीत घुइँचो बनाउको लागि विभिन्न किसिमको पुरस्करको ब्यबस्था पनि गारिएको हुन्। यसै सिलसिलामा को शिव मन्दिमा यो साउनमा हरेक सोमबारदेखि अन्तिम सोमबार सम्म । पुजा तथा नाच गान शिव मन्दिर मेला कमिटीका अध्यक्ष शिव कुमार महतोले अनुसार हरेक भक्तजनहरुका लागि नि:शुल्क प्राथमिक उपचारका लगायत अन्य पनि नि:शुल्क ब्यबस्था गरिएको छ ।साथै यो मेलामा स्थानीय युबाहरुको पनि भुमिका रहेकोे पनि छन । साउनको हरेक सोमबार निराहार वर्त बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउनाले पूण्य आर्जन हुने जनविश्वास रहेको छ । धर्मशास्त्रमा साउन महिनालाई मानिएको हो।  |
छुटा छुटै घटनामा परी सिरहामा एकै दिन ५ को मृत्यु Posted: 21 Jul 2019 09:37 PM PDT  महेश सिंह महतो सिरहा , ६ साउन । सिरहाको छुट्टाछुटै स्थानमा एकै दिन भएको विभिन्न घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।आफ्नै घर अगाडि खेल्ने क्रममा सर्पले दाहिने खुट्टाको औँलामा टोकेपछि उपचारको लागि लहानतर्फ ल्याउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै विषालु सर्पको टोकाइबाट सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी २२ वर्षीय तिलक बरालको मृत्यु भएको छ । सर्पले टोकी घाइते भएका बराललाई उपचारका लागि बन्दीपुरस्थित नेपाली सेनाको शेरगण सुरक्षा गुल्म सर्पदंश उपचार केन्द्र बन्दीपुर भर्ना गरिएकामा उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । विषालु सर्पदंशबाट सिरहा नगरपालिका–१२ सारश्वर निवासी प्रमोदकुमार साहको पाँच वर्षीया छोरी सन्ध्याकुमारी साहको मृत्यु भएको हो । त्यस्तै सिरहाको कल्याणपुर नगरपालिका–४ स्थित महुलियाटोलमा रहेको पोखरीमा डुबेर स्थानीय महमद मसरफ हुसेनको तीन वर्षीय छोरा महमद अफरोस हुसेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आफ्नै घरको अगाडि खाल्डोमा खेल्दाखेल्दै पानीमा डुबेर सिकिस्त भएका हुसेनलाई उपचारका लागि मिर्चैया प्राथमिक स्वाथ्य केन्द्र अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो ।यस्तै पोखरीमा डुबेर सिरहाको अर्नामा गाउँपालिका र कल्याणपुर नगरपालिकामा दुई बालबालिकाको मृत्यु भएको छ । अर्नामा गाउँपालिका– १ स्थित पोखरी छेउमा खेल्ने क्रममा पोखरीमा डुबेर स्थानीय नन्दलाल पालको पाँच वर्षीया छोरी साक्षीकुमारी पालको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै करेन्ट लागेर सिरहाको गोलबजार नगरपालिका–४ स्थित भर विश्वकर्मा सप्लायर्स ग्रिल उद्योगका सञ्चालक मनिषकुमार विकको मृत्यु भएको छ । ग्रिल उद्योगमा काम गर्ने क्रममा विद्युत्को तार सर्ट भई अचानक करेन्ट लाग्दा सञ्चालक सर्लाहीको बागमती नगरपालिका–८ सोल्टी निवासी २० वर्षीय विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले बताए ।  |
No comments:
Post a Comment