Onlinesiraha-Nepali
نشرت بواسطة:Domain Registration Nepal
July 15, 2019
في
لاتوجد تعليقات
अबिरल वर्षामा आएको बढिले सिरहामा एक जनाको ज्यान लियो Posted: 14 Jul 2019 07:30 PM PDT  महेश सिंह महतो , असार ३० सिरहा । लगातार परेको पानी को बाढिले सिरहाको मिर्चैया नगरपालीका १ मा बाढीमा डुवेर एक नबालिकाको मृत्यु भएको छ । मौसम सफा भएपछि बाख्रा चराउन गएका १० वर्षीय रागिनी मण्डलको मृत्यु भएको प्रहरीले जनाएका छन । बाख्रा चराउन गएकी उनको खुट्टा चिप्लिएर धेरै पानी भएको ठाउँमा डुवेपछि मृत्यु भएको स्थानीय प्रत्यक्ष दर्शीलेबताए । खोलामा पानीको बहाब उच्च रहेको थियो। पानीमा डुबेकी रागनीको हेर्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले नबालिकाको शव करिब २ घन्टा पछी निकालिएको सब परिवाजन लाई जिम्मा लगाएको ईलाका प्रहरीले कार्यालय मिर्चैयाले जानकारी दिनु भयो ।  |
No comments:
Post a Comment