Onlinesiraha-Nepali |
प्रदेश २ मा बुधबार सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इद उल फित्र’को अवसरमा आज सार्वजनिक बिदा Posted: 04 Jun 2019 08:01 PM PDT महेश सिंह महतो , सिरहा २२ जेष्ठ ।प्रदेश नम्बर २ मा आज मुस्लिम धर्मावलम्बीहरुले मनाउने गरेको इद ,उल फित्र पर्व को बुधबार सरकारले सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि नै इद उल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार साँझ विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले बुधबारका लागि बिदा दिएको हो । चन्द्रमाको अवलोकनपछि मात्र इद मनाउने दिन निश्चित हुने भएकाले बिहीबारका लागि तोकिएको बिदा अनिश्चित भएको थियो। मंगलबार गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै बुधबारको बिदा निश्चित भएको प्रदेश नम्बर २ को मुख्य मन्त्रीको कार्यालयले जानकारी दिनु भएको छ । प्रदेश नम्बर २ मा 15% प्रति मुस्लिमहरुको बसोबास रहेको एक तथ्यांक ले देखाएको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment