/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


विवाद मिलाउन खोज्दा निर्घात मारपिट

Posted: 03 Jun 2019 06:42 AM PDT

जेठ २० जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ कुआमा विवाद मिलाउन पुगेका एक जना गम्भिर घाईते भएका छन । सोमवार बिहान करिब १० बजे समान्य सडक विवादमा रामसोगारथ यादवसंग दुव्र्यवहार गर्न खोज्दा बचाउमा जांदा बद्री यादव घाईते भएका छन । यादवलाई सोही वडाका महेश यादव लगायतका उनका दाजुभाईहरुले मारपिट गरि घाईते बनाएका हुन । घाईते यादव अंचल अस्पतालमा उपचार गराई घर फिर्ता भएका छन । यता घटनाको नेपाली कांग्रेस जनकपुरधाम नगरकमिटिले घोर निन्दा गरेको छ । घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कडा कारवाही गर्न जनकपुरधाम नगर कमिटि अध्यक्ष मनोज कुमार साहद्वारा हस्तराक्षित विज्ञप्तिमा मांग गरिएको छ । साथै उनले कानुनी राज्यको मांग समेत गरेको छ ।

कांग्रेसमा एकता हुनु पर्नेमा जोड

Posted: 03 Jun 2019 06:36 AM PDT

जेठ २० नेपाली काँग्रेस जनकपुरधाम नगरकमिटिद्वारा आयोजित जागरण अभियानमा सहभागीहरुले नेपाली कांग्रेसमा एकता हुनु पर्ने धारणा राखेका छन् । उनीहरुले पार्टी नेताबीचको एकताले मात्र पार्टी बलियो हुने बताए । उनीहरुले पार्टीमा एकता कायम गर्न सके आगामी दिनमा कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै अधिकांसले आगामी चार बर्षमा कांग्रेसले कुनै पनि हालतमा सत्ताको नेतृत्व गर्ने लक्ष्य लिनु पर्ने बताएका थिए । नेपाली काँग्रेस जनकपुरधाम नगरकमिटि अध्यक्ष मनोज साहको अध्यक्षतामा भएको सो कार्यक्रममा वतmाहरुले गुट र व्यक्तिगत स्वार्थका कारण पार्टी धराशायी भएको भन्दै नेतृत्वको कमजोरी र क्षमता नभएका कारण पार्टी संगठन कमजोर भएको र गत स्थानीय तथा संसदीय निर्वाचनमा पराजय भोगेको गुनासो गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादवले संविधान संशोधन नेपाली कांग्रेसकै नेतृत्वमा हुने र गराएरै छाडने बताएका छन । उनले पार्टी नेतृत्वलाई गाली गर्नुभन्दा बर्तमान सरकारले गरेका गलत क्रियाकलाप र कमजोरीको बिरुद्ध बोल्न आग्रह गरे । पार्टी विधान अनुसार सबै नेता कार्यकर्ताहरुलाई अगाडि बढन आग्रह गर्दै उनले वडा वडामा कांग्रेसले गरेका कार्यहरुको प्रचार गर्न आग्रह गरेका छन । कार्यक्रममा नेपाली कांग्रेस धनुषा अध्यक्ष महेशशंकर गिरी , नेपाली कांग्रेस धनुषा क्षेत्रनं. ३ का सभापति कन्हैयालाल कर्ण , नेपाली कांग्रेस धनुषा सदस्य अनिता श्रीवास्तव सहित जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडाका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सिरहाको ठाडी भन्सारमा घुसपेट , सिडियो र कर्मचारी

Posted: 02 Jun 2019 11:11 PM PDT


महेश सिंह महतो लहान २० जेठ । सिरहाको ठाडी भन्सारचार कार्यलयमा घुसकोर को खानी।पाँग्रे भारतीय नम्बरको गाडीको भन्सार राजस्व भन्दा बढी लिने गरेको खुलासा भएको छ । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीलाई अस्थायी पास (छुट पुर्जी)को नाममा ठाडी भन्सारका कर्मचारीले मनपरी रकम उठाउने गरेको छ । एक दिनका लागि लहानसम्म आउने भारतीय गाडीलाई निःशुल्क अस्थायी पास उपलब्ध गराउने व्यवस्था छ । तर, ठाडी भन्सारका कर्मचारीले प्रतिगाडी ५० रुपैयाँ र प्रतिमोटरसाइकल १० रुपैयाँ उठाउने गरेको छ । भारतीय गाडीको भन्सार जेठ १५ गतेदेखि ५ सय रुपैयाँ गरेको छ । तर, ठाडी भन्सारका कर्मचारीहरुले ५ सय ५० रुपैयाँ लिने गरेको छ । भारतीय गाडीले एक सत्ताको पुर्जी कटाउँदा भन्सार कर्मचारीले ३५ सय रुपैयाँको ठाउँमा साढे ३७ सय रुपैयाँ जबरजस्ती लिने गरेको लहान १९ का सँदीप यादवले बताए । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका ४ पांग्रे गाडीसँग भन्सार कर्मचारीले मनपरी गरेको उनले सुनाए । सिरहाको ठाडी र माडर नाकाबाट भारतीय गाडीसँग प्रहरीकै मिलोमतोमा उक्त रकम उठाउने गरेको बताइएको छ । नेपाल प्रवेश गरेकै दिन फर्किने भारतीय गाडीलाई पास उपलब्ध गराउँदा जबर्जस्ती रकम लिने गरेको मधुबनीका अर्का चालक श्याम यादवले बताए । ती भन्सार कर्मचारीले तोकिएको शुल्क भन्दा बढी लिएर र छुटपुर्जीको नाममा प्रतिमहिना तीन चार लाख रकम उठाउने गरेको भगवानपुर ईनरुवाका रामकुमार यादवले बताए । त्यसरी उठाएको रकम कर्मचारीले दामासाहीमा बाँडफाँड गर्ने गरेको स्रोतको दाबी छ । ठाडी भन्सार कार्यालयका प्रमुख उमेश बरालले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे । अहिले दैनिक ठाडी नाकाबाट ५० जति चारपांग्रे र १०० जति मोटरसाइकल भित्रिने गरेको जनाइएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख रुद्रप्रसाद पण्डितले भने 'यस्तो घुसखोरीलाई कारवाही गर्नुपर्छ ।' 'आवश्यक अनुसन्धान गरी चाडै यस्ता कर्मचारीलाई कारवाहीको प्रक्रियामा लैजाने' बताए ।

पतिको दीर्घायुको कामना गर्दै सिरहा लागत तराईमा 'वटसावित्री' पर्ब मनाईदै ,

Posted: 02 Jun 2019 09:01 PM PDT

महेश सिंह महतो , सिरहा २० जेष्ठ । सिरहाको लहान लगायत तराई मधेशको मिथिलाञ्चल क्षेत्रमा पतिको दीर्घ आयुको कामना गर्दै वटसावित्री पर्व सोमबार बिहा नै देखी मनाइँदै छ ।परापूर्वकालदेखि जेठ औँसीका दिन यो पर्व मनाउने गरिन्छ । पर्व मनाउनका लागि बिहानैदेखि विभिन्न बरका रुखमुनि घुइँचो लागेको देखिन्छ । सिरहा को लहान,गोलबजार ,मिर्चैया , चोहर्वा ,सप्तरीको राजबिराज ,धनुषाको जनकपुर , लहानको राम मन्दिर, ग्रामीण , सडक बिभाग हस्पिटल चोक, लगायतको स्थानमा रहेका वर पीपलको रुख मुनि महिलाहरु पूजा पाठ गर्दैछन । यस पर्वमा बाँसबाट बनाइएका नयाँ पङ्खा, धागो, मिठाई, फलफूल, चनालगायतका सामग्रीका साथ पूजा गरिन्छ ।धार्मिकग्रन्थ स्कन्दपुराणमा उल्लेख गरिएअनुसार बरको रुखको जरामा ब्रह्मा, हाँगामा विष्णु र पातपातमा महादेवको वासस्थान हुने भएकाले बरको रुखमुनि बसेर पूजा गर्दा त्रिदेव प्रसन्न हुने र पतिको दीर्घायु, सुस्वास्थ्यका साथै परिवारको कल्याण हुने विश्वास गरिन्छ ।
यो पर्व मनाउनका लागि महिलाहरु बिहानैदेखि चोखो भएर नवबस्त्र धारण गरी पूजा सामग्रीका साथ बरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । अर्को धार्मिक मान्यतानुसार, सावित्रीका पति सत्यवानको अल्पायुमै मृत्यु भएपछि बरको रुखमुनिनै राखिएको थियो । सावित्रीले आफ्नो सतित्वको प्रभावले यमराजबाट आफ्नो पतिलाई पुनः जीवित पार्न सफल भएका कारणले पनि बटवृक्ष अर्थात बरको रुखमुनि नै बसेर यो पर्व मनाउने गरिन्छ । गर्मीको आगमनसँगै सर्पको बिगबिगी बढ्ने गरेका कारणले नागनागिनी देउताको पूजा गरेमा सर्पदंशबाट आफ्ना पतिलाई जोगाउन सकिने विश्वासका साथ सो पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।   यस पर्वलाई 'बरसाइत' पर्व पनि भन्ने गरिन्छ ।  यो पर्व मनाउनका लागि बेहुलीका लागि घरबाट नयाँ बस्त्र, प्रसादका लागि मिठाई, चना, माटोको कलात्मक रुपमा बनाइएका नागनागिनी, बाँसको पङ्खा, टोकरीलगायतका साथै भोजनका लागि चामल, च्यूरा, दहीलगायतका सामग्री कोसेलीका रुपमा पठाउने गरिन्छ । 

को हुन् सति सावित्री  ? 

मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सक्नु भएन । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिनुभयो । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनीसँग साक्षात्कार भयो । सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गराउनुभयो । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेकोले उनीहरु यतिखेर जंगलमा बस्ने गरेको सावित्रीले जानकारी गराइन् ।  यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरिसकेकाले अब उहाँसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो ।  त्यसपछि निर्धारित समयमा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गर्नुभयो । त्यही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको धार्मिक जनविश्वास रहेको छ ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment