Onlinesiraha-Nepali |
- अत्यधिक गर्मिका कारण जनजिवन कष्टकर,ज.मा.बि राजपुरमा दुई वालिका मुर्छित
- धनुषाको विदेह नगरपालिकामा तलब नदिएको भन्दै शिक्षकहरु गरे पठन पाठन अवरुद्ध
- सिरहामा फेरि दोहरियो सामुहिक बल्तकारको घटना
अत्यधिक गर्मिका कारण जनजिवन कष्टकर,ज.मा.बि राजपुरमा दुई वालिका मुर्छित Posted: 24 Jun 2019 08:45 PM PDT ![]() गर्मी बढेसँगै यहाँको जनजीवन पनि नराम्ररी प्रभावित हुने गरेको छ । गर्मी बढेसँगै विद्युत् अनियमित हुँदा जनजीवन कष्टकर बन्न थालेको छ । लोभोल्टेजका कारण पंखा, कुलर र फ्रिज चल्न समस्या हुने गरेको छ । अस्पताल र स्वास्थ्यचौकीमा बिरामीको चाप बढ्न थालेको छ । यतिखेर अत्यधिक तापक्रम बाट बच्ने उपाय तिर बिशेष ध्यान दिनु आवश्यक रहेको देख । |
धनुषाको विदेह नगरपालिकामा तलब नदिएको भन्दै शिक्षकहरु गरे पठन पाठन अवरुद्ध Posted: 24 Jun 2019 07:00 PM PDT ![]() जनकपुरधाम असार ८ गते : धनुषाको विदेह नगरपालिकास्थित जनता माध्यमिक विद्यालयका शिक्षक 'पेन डाउन' गरेपछि पठन पाठन अवरुद्ध बनेको छ । विगत ६ महिनादेखि तलब नदिएको भन्दै शिक्षकहरु 'पेन डाउन' गरेका हुन् । गर्मीका कारण बन्द भएको विद्यालय आइतबार खुलेपछि शिक्षकहरु 'पेन डाउन' आन्दोलन सुरु गरेका छन् । शिक्षकहरु कक्षामा नगएपछि पढ्न आएका विद्यार्थीहरु आईतवार जस्तै सोमवार पनि त्यतिकै घर फर्किन बाध्य भए । तलब निकासा नगरेसम्म आन्दोलन जारी राख्ने शिक्षकहरुले बताएका छन् । यहाँका मेयर बेचन दासले कमिशन मागेको र नदिएपछि शिक्षकको तलब, विद्यार्थीको छात्रबृति र विभिन्न निकायबाट आएका करोडौंको योजना रोकेको प्रधानाध्यापक पवन मण्डलले जानकारी दिए । मेयर दासले शिक्षकहरुको माग पुरा गर्ने प्रतिवद्धता धनुषाका प्रमुख जिल्ला अधिकारी अगाडी गरेपछि बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन बाध्य बनेको उनले बताए । यसअघि पनि शिक्षकहरु आन्दोलन गरेका थिए । त्यसपछि विद्यार्थीहरु मेयर दासविरुद्ध आन्दोलन समेत गरे । यतिसम्म कि नगरपालिकामै तालाबन्दी पनि विद्यार्थीहरुले गरेका थिए । तरपनि मेयर दास मौन बसेका छन् । जसका कारण हजारौं विद्यार्थी मारमा परेका छन् । |
सिरहामा फेरि दोहरियो सामुहिक बल्तकारको घटना Posted: 24 Jun 2019 06:40 PM PDT ![]() महेश सिंह महतो , सिरहा, १० असार । सिरहाको कर्जनहा स्थित जगलमा घाँस काट्न गएकी बालिकामाथि बलात्कार भएको छ । बल्तकारको अरोपमा प्रहरीले एक जनालाई युवा प्रहरीले सूचना को आधारमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका १ बन्दिपुरका श्याम कुमार महरा रहेका हुन । स्थानीय १४ वर्षीया बालिका बन्दिपुरको जंगलमा घास काट्न गएकी बेला मौका छोपेर बालिकामाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । पीडित बालिकाकाअनुसार महरासहित ४ र ५ जनाको समूहले बलात्कार गरेका थिए । बालीकालाई ब्यक्ती रिसिबीको कारण योस्तो भएको प्रहरीले अनुमान गरेको हो । पक्राउ परेका महरालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान जारी राखेको र बाँकी आरोपीहरुको खोजी कार्य तीब्र गतिमा भइ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी अपिलराज बोहरा जनाए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment