Onlinesiraha-Nepali |
- समयमै सडक निर्माण गर्न समितिको आग्रह
- विपद् जोखिम न्यूनिकरणको लागि जनप्रतिनिधिबीच छलफल
- जनकपुरमा विश्व भेटनरी दिबस मनायो
समयमै सडक निर्माण गर्न समितिको आग्रह Posted: 27 Apr 2019 07:55 AM PDT किशोर कुमार मंडल बैशाख १४ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ स्थित शिव चोकदेखि कदम चोक जाने सडकको कालोपत्रे गराई दिनुहुन सम्बन्धित निकायलाई आग्रह गरेको छ । समितिले शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरि सडक विस्तार गर्ने क्रममा समितिको भवन भत्किएको लामो समय बिति सक्दा हालसम्म पनि सडकको निर्माण कार्य पुरा हुन नसकेकोमा गुनासो गरेको छ । समितिका महासचिव हरि नारायण गुप्ताले निर्माण कार्य पुरा नहुंदा विभिन्न समस्या उत्पन्न हुने भएकोले सडक निर्माण गर्नतर्फ सरोकारबला निकायको ध्यानाकर्षण गराए । एडीबी परियोजनाको समय पनि सम्पन्न हुन लागेको कारण समयमै निर्माण कार्य सम्पन्न गराउन आग्रह गरे । जनकपुर उपमहानगरपालिकालाई पटक पटक आग्रह गरेपनि कुनै सुनवाई नभएको समितिको गुनासो छ । |
विपद् जोखिम न्यूनिकरणको लागि जनप्रतिनिधिबीच छलफल Posted: 27 Apr 2019 05:15 AM PDT नवसंग्राम दैनिक लहान १४ बैशाख । विपद् जोखिम न्यूनिकरण मूलप्रभावहिकरणको लागि सिरहाको कल्याणपुरमा दूई दिने जनप्रतिनिधिहरुलाई हालै तालिम दिइएको छ । युएसएडको सहयोगमा कल्याणपुर नगरपालिका र नेपाल रेडक्रस सोसाईटी सिरहाको आयोजनामा गरिएको सो तालिमा विपद् पूर्वतयारी र बाढी पूर्व सूचना प्रणाली सवलीकरणवारे विस्तृत्त जानकारी गराएका छन् । बाढी, कटान, डुबान जस्ता जोखिमबाट बाच्नको लागि पूर्वतयारीवारे विशेष छलफल भएको छ । आगलागी, हावाहुरी, सडक दुर्घटना, सर्पडंस र शितलहरले कल्याणपुरलगायत सिरहाको अधिकाँश गाउँ जोखिम रहेको सो कार्यक्रम छलफल भएको छ । यस्ता विपद् तथा बाढी पहिरोको जोखिमबाट बाच्नको लागि कल्याणपुर नगरपालिकाले कल्र्भट— सडक मर्मत, सेफ हाउसको तयारी, उद्धार सामाग्री खरिद, उद्धार समूहको तालिम, राहत वितरण, आपत्तकालिन सूचना केन्द्र स्थापना, विपत्त व्यवस्थापन कोष खडा गरिने तयारीमा रहेको फोकल पर्सन ललन कर्ण बताए । विपद् व्यवस्थापनको लागि कल्याणपुर नगरपालिकाले यस बर्ष ५० लाखको योजना बनाएको छ । जसमा बैशाख २० गते सूचना केन्द्र स्थापना हुने भएको छ । कल्याणपुरको चिकना, निर्दना, पर्साही, चतरी, वेलहा चपेना, कैलपुर, पूर्णियाही छर्रापटी, भँगठियाही, जमुआ परासीमा बाढी, कटान, डुबान जस्ता जोखिम रहेको छ । स्थानीयतहले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएको छ । तर, बजेट सम्बन्धित ठाउँमा प्रयोग भइरहेको छ । छैन ? कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलले 'विपद् व्यवस्थापनको लागि उद्धार सामाग्री खरिद गर्ने काम भइरहेको छ ।' 'यो तालिमले पनि धेरै कुराको अवगत गराएको छ ।''यसको लागि चेतनामुलक र राहत व्यवस्थापनको काम गरिरहेको छु ।' 'शिपमुलक कार्यसमेत अगाडि बढाइएको छ ।' कल्याणपुरलगायत सिरहाको कमला छेउका सिरहा, बसपिटा, माडर, लक्ष्मीनिया, खिरौना, सुखचैनामा बाढीको जोखिम रहेको छ । यस्तै सनेठा, लगडी गदीयानी, औरही, इटाटार, हरकट्टी, बरियापट्टी, लहानमा खोला छेउका बस्ती अत्ति जोखिम रहेको छ । |
जनकपुरमा विश्व भेटनरी दिबस मनायो Posted: 27 Apr 2019 02:13 AM PDT किशोर मण्डल जनकपुरधाम,बैशाख १४ गते ।'पशुपन्छी ब्लड बैंक स्थापना गरौं ,पशुपन्छीको जीवन रक्षा गरौं ' भन्ने मुल नाराका सहित शनिबार जनकपुरमा विश्व भेटेरिनरी दिवस मनाएका छन । शनिवार बिहान करिब ८ बजे विश्व भेटेरिनरी दिवसको अवसर पारी विशाल प्रभात फेरि जनकपुरको कदम चौक बाट र्याली सुरु भएको थिए। त्यसैगरि भानु चौक,जनक चौक,मुरली चौक लगाइत विभिन्न चौक सहित परिक्रमा गरि क्याम्पस चौक स्थित रहेका पशु पन्छी तथा मत्स बिकास निर्देशनालयमा फर्किएर तालीम भवनमा अन्तक्रिया कार्यक्रम गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका नि.सचिव डा.सुधीर कुमार सिंह, विशिस्ट अतिथि नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का अध्यक्ष डा.जय प्रकाश यदव,डा.श्म्भु प्रसाद साह,डा.उमेश साह,डा.जिबेन्द्र झा त्यसैगरि अतिथिमा नेपाल भेटेरिनरी एसोसिएसन प्रदेश न.२ का सचिब डा.पुश्पेन्द्र साह,सदस्य डा.सुमन कुमार सिंह,पुर्ब केन्द्रिय सदस्य डा.बिनोद कुमार यादव , बजरङ्ग भेटेरिनरी पशु चिकित्सक डा.पवन कुमार झा,डा.दिपेन्द्र पन्डित,डा.रोशन राजन शाह र डा.उदय शाह लगाइतका डाक्टरहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमका पशुपन्छी निर्देशनालयका नि.निर्देशक डा.देवनन्दन साहको अध्यक्षतामा सम्पन्न भएको र विश्व भेटेरिनरी दिवसको अवसरमा हरेक वर्ष अप्रिलको अन्तिम शनिबारका यस्ता कार्यक्रम गर्दै आएको पशु प्राविधिक (जेटि ) सुभाष चौधरीले बताए । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment