Onlinesiraha-Nepali |
- कांग्रेस सरकार नआएसम्म संघीयता जोखिममा ः नेता निधी
- महिलामैत्री बजेट ल्याउँन भगवानपुर प्रमुख प्रतिबद्ध
- दनुवारको श्रद्धाञ्जली सभा सम्पन्न
कांग्रेस सरकार नआएसम्म संघीयता जोखिममा ः नेता निधी Posted: 09 Mar 2019 07:57 AM PST राजन कुमार सिंह फाल्गुन २५ नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधीले कांग्रेस सरकार नआएसम्म संघीयता जोखिममा रहेको बताएका छन । नेता निधीले संघीयता कहिल्यै नचाहनेहरु नै सरकारमा रहेकोले संघीयता र लोकतन्त्र जोखिममा परेको बताए । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश नं. २ को प्रदेश भेला , स्वागत , सम्मान तथा परिचयात्मक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले स्थायी सरकार मानिने कर्मचारी तन्त्रमा त्रास र आतंक सृजना गरेको आरोप लगाए । उनले भने नेकपाको सदस्यता जर्वजस्ती लिन लगाई कर्मचारीहरुको सरुवा बढुवा भईरहेको छ । ओली सरकारमा कर्मचारीहरुमा असुरक्षाको भावना जागेको बताए । कर्मचारीहरुको वृति विकास , हकहित र सुरक्षा गर्न सरकार असफल रहेको नेता निधीले दाबी गरे । उनले प्रदेश सरकारले निजामती कर्मचारीहरुको सम्मान र प्रतिष्ठाको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताए । नेपाल निजामती कर्मचारी युनियन संघ प्रदेश नं. २ का अध्यक्ष राज किशोर राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , रामकृष्ण यादव , महेन्द्र यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव , प्रदेश सभासद शिवचन्द्र चौधरी , नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरी , उपसभापति संतोष यादव , सचिव विशेश्वर यादव , युवा नेता प्रफुल्ल राज घिमिरे , क्षेत्रिय सभापति कन्हैया कर्ण , नगर सभापति मनोज साह , पुर्व क्षेत्रिय सभापति धिरेन्द्रमोहन झा , युवा नेता प्रवेश चौधरी , पुर्व जिल्ला सचिव जगतसुन्दर साह , नेपाल महिला संघ धनुषाकी अध्यक्ष तुलसा आचार्य , महिला नेतृ निलम कर्ण , मिनु झा सहितका व्यतिmहरुको उपस्थिति रहेको थियो । |
महिलामैत्री बजेट ल्याउँन भगवानपुर प्रमुख प्रतिबद्ध Posted: 09 Mar 2019 12:17 AM PST रामसेवक महराम लहान, २५ फागुन । लैँड्डिक समानताका लागि समान सोच र व्यवहार समृद्धिको आधार भन्ने मुल नाराका साथ १०९ औँ अन्तराष्ट्रिय महिला दिवस भगवानपुर गाउँपालिकाको बाला सुन्दरी मन्दिरमा महिला —याली, मटकाफोर र अन्तरक्रिया गरी सम्पन्न भएको छ । भगवानपुर गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवले यहाँ भएका साना महिला किसानको लागि अव म यस गाउँपालिकाबाट महिलाको लागि छुटै बजेट विनियोजन गरी उनीहरुको क्षमतावान बनाउने र बाल विवाह, दहेज प्रथाको अन्त्यको लागि अभियानगत रुपमा काम गर्ने । साथै अगामी दिनहरुमा महिला किसानको लागि महिलामैत्री बजेट र कार्यक्रम बनाएर यो गाउँपालिकामा दिगो विकासका काम संचालन गर्ने प्रतिवद्धता गर्नुभयो । प्रदेश २ का महासंघ अध्यक्ष मुक्ति नारायण यादवले महिला अधिकारलाई सुनिश्चित गरी कानुनमा मात्र हैन व्यवहारमा लागु गर्नु प्रत्येक गाउँपालिका र नगरपालिका प्रमूख जिम्मेवारी रहनुपर्ने उहाँले बताउँनुभयो । ज्याला मजदुरीमा काम गर्ने ग्रामिण भेगका र शहर बजारमा बस्ने महिलाहरुले आ—आफनो ठाउँबाट भव्यताकासाथ महिला दिवस सबै जना मिलेर मनाएका छ । ग्रामिण भगेमा भएका महिलाहरुको जीवनमा भोगेका कठिनाई ,शारिरीक हिँसा, मानसिक हिँसा, समाजिक हिँसा अन्त्य गर्दै महिला किसानलाई सम्मान गर्नुपर्छ राष्ट्रिय कृषक समूह महासंघ नेपालद्धारा केएर नेपालको सहकार्यमा भगवानपुर गाउँपालिकाको संयुक्त साझेदारीमा महिला दिवस मनाएको जिल्ला महासंघको अध्यक्ष प्रदिप कुमार सिँहले बताए । भगवानपुर गाउँपालिकाको प्रशासकीय अधिकृत दिपेन्द्रप्रसाद यादवले १०९ बर्ष पहिलादेखि नै यो महिला दिवस मनाउँदै आएको छ तर पनि महिलाको अवस्था दिनप्रति दिन खस्किदै गएको छ । महिलाहरुलाई क्षमतावान बनाउँदै समान सोच र सोही अनुरुपको व्यवहार गर्नु पर्ने बताए । त्यस्लै गाउँपालिका भगवानपुर र अन्य नगरपालिकाले समेत आफनो नीति निर्माण गरी योजना बनाएर महिलाको अधिकार ग्यारेन्टी गर्नुपर्छ । ग्रामिण भेगमा बसोवास गर्ने महिलाहरुको लागि क्षमता बढाउने, सम्मानजन जीवन जिउनको लागि राम्रो कामको व्यवस्था गरिनुपर्ने अति आवश्यक देखिएको । त्यसैले सबै महिलाहरु आ आफनो ठाउँबाट उठनुपर्ने आजको आवश्यकता हो उहाँले बताउँनुभयो । |
दनुवारको श्रद्धाञ्जली सभा सम्पन्न Posted: 08 Mar 2019 07:12 PM PST राजन कुमार सिंह फाल्गुन , २४ नेपाली कांग्रेसका पुर्व क्षेत्रिय सदस्य ललित अधिकारी दनुवारको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । बुथ प्रतिनीधि , क्रियाशिल सदस्य एवम नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भुमिका निर्वाह गरेका दनुवारको निधनले पार्टीलाई अपुर्णीय क्षति भएको सहभागीहरुले बताएका छन । उनले दिएको योगदानलाई नेपाली कांग्रेस कहिल्यै बिर्सिन नसक्ने सहभागीहरुको भनाई थियो । नेपाली कांग्रेस रघुनाथपुर सभापति रामचन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगाना , नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादव , क्षेत्रिय सभापति जीतनारायण यादव , पूर्व सांसद पुष्पलता लामा , पूर्व कोषाध्यक्ष हरिनारायण साह , महासमिति सदस्य भोला पंजियार , सबैला नगरपालिका प्रमुख विजयशंकर साह , पुर्व जिल्ला सचिव जगतसुन्दर साह , गणेशमानचारनाथ नपा.सभापति एवम वडा नं. १ सभापति रामसुख यादव , नेका जिल्ला सदस्य लक्ष्मीनारायण मंडल , पुर्व जिल्ला सदस्य राजेन्द्र सदा , मनोज सिंह , रामवृक्ष यादव , राधेश्याम धामी , विनोद धामी , भोगेन्द्र रोहिता , साकिर राईन , रामशंकर धामी , पवन कुमार महतो , बेचन ठाकुर , बौएलाल माझी , हरिनारायण अधिकारी , संतोष साह , भृगुन साह सहितका व्यतिmहरुको सहभागिता रहेको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment