/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


‘रोशनी’मा नायिका कसिस कसिए

Posted: 27 Mar 2019 09:18 AM PDT

लहान, १३ चैत्र । नेपाली चलचित्रमा यत्तिबेला कसिस दाहाल रोशनीको जस्तो अग्रसर भइरहेकीछीन् । यसैले बुटवलमा सुटिँगको तयारीमा कसिस रोशनीको नामबाट रोशनी चलचित्रमा सक्रिय भएकी छीन् । प्रेम कथामा आधारित चलचित्र रोशनीको शुभमुहुर्त आज काठमाण्डौंको भद्रकालिमा भएको छ । चैत्र १४ गतेदेखि बुटवलको प्राकृतिक रंगिन शहर र गाउँ परिवेशमा सुटिँग चल्ने भएको छ ।
आधुनिक युगसँगै समाजिक विकृति विरुद्ध बुलन्दी आवाज उठाइएको 'रोशनी' चलचित्रमा अन्तरजाती प्रेमको कारण नायिका कसिसले भोग्नुपरेको पीडालाई चित्रण गरिएको छ । रोशनीको नामले कसिसलाई यस चलचित्रमा चित्रण गरिने भएको छ ।
दिक्षान्त मुभिज क्रेशनको व्यानरमा निर्माण हुन लागिएको 'रोशनी'को निर्देशन खुम सुनार रहेका छन् । कलाकारहरुमा दीपक पाण्डे, रमेश आबजु, सुभाष परियार, उज्जवल गिरी, मेनुका गिरी, सन्जुलगायतका छन् ।
कसिस सफल नायिकाको रुपमा नेपाली चलचित्रमा अवतर भइरहेकी छीन् भने मधेशी मैथिली, भोजपुरीलगायतको चलचित्रमा अमिट छाप समेत छोडेका छन् । प्रदर्शनको तयारीमा रहेको 'मिशन मधेश' चलचित्रमा मुख्य नायिकाको रोल गरेकी कसिस मुजिक भिडियोमा समेत सक्रिय रहदै आएकी छीन् । हुन पनि हो सुन्दरताले भरिएकी मात्र नभई एक्शन, डायलग र एक्टिँगमा निखारिएकी कसिस दाहाल यतिबेला प्रेममा आधारित कथानक चलचित्र 'रोशनी' को सुटिँगमा सक्रिय भएकी छीन् ।

वर्तमान सरकार पक्षपाती ः कांग्रेस वरिष्ठ नेता पौडेल

Posted: 27 Mar 2019 07:27 AM PDT

राजन कुमार सिंह चैत १३ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पक्षपाती भएको आरोप लगाएका छन् । सरकारले नागरिकका अधिकार, बजेट बाँडफाँट र विकास निर्माणमा पक्षपात गरेको उनको भनाई थियो । धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ स्थित बलाबाखरमा बुधबार आयोजित आमसभालाई सम्बोधन गर्दै नेता पौडेलले वर्तमान सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारा नाममै सीमित भएको आरोप समेत लगाए ।उनले केपी ओली नेतृत्वको वर्तमान सरकार काम न काजको भएको आरोप लगाएका छन् । नेपाल कांग्रेसको उदगम स्थल मधेश रहेको बताउंदै उनले तराई मधेश नेपाली कांग्रेसको प्राण हो र आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ बनेर जाने बताए । प्रधानमन्त्री ओलीलाई इंकित गर्दै पौडेलले भने अहिले समृद्ध मधेश बनाउँन पानी जहाज होइन् सिचाईको आवश्यकता छ । केपी ओलीको जालमा परेर सरकारलाई समर्थन गरेको मधेशवादी दलले संविधान संशोधनको मुद्दा बिर्सिएको पौडेलको भनाई थियो ।
जनताको भावनामा खेलवाड गर्दै मधेशवादी दल सत्ता र कुर्सीमा रुमलिएको पौडेलको तर्क थियो । मधेशलाई समृद्ध बनाउँन चुरे संरक्षण गर्नुपर्नेमा उनले जोड दिए । कम्युनिष्ट सरकार कहिले पनि संघीयताको पक्षमा नरहेको जिकिर गर्दै पौडेलले वर्तमान सरकार सबै निकायलाई आफ्नो मातहत ल्याउन उद्धत रहेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र यादवले मधेशवादी दललाई बहरुपियाको संज्ञा दिएका छन । उनले मधेशवादी दलहरु मधेशी जनतालाई ठग्नु बाहेक केही काम नगरेको आरोप लगाएका छन । मधेशको नारा दिएर अगाडि बढेको फोरम अहिले मधेश विरोधीसंग नै साठगाठ गरेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पुर्व कृषि मन्त्री रामकृष्ण यादवले वर्तमान सरकारले अलोकतान्त्रिक कामहरु गरेर लोकतन्त्र माथि खतरा ल्याउन खोजेको बताए । उनले मधेशी मोर्चाको कारण प्रदेश नं. २ मा संघीयता खतरामा रहेको बताए । संघीयता कहिल्यै नचाहनेहरु नै सरकारमा रहेकोले संघीयता र लोकतन्त्र जोखिममा परेको उनले बताए । नेपाली कांग्रेस धनुषाका अध्यक्ष महेशशंकर गिरीको अध्यक्षतामा भएको सो कार्यक्रममा हजारौंको संख्यामा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा शहिद रामसेबक यादव (खलिफा) को शालिक अनावरण गरिएको छ । भने शहिद परिवारका व्यतिmहरुको सम्मान समेत गरिएको थियो । यादवको माओवादी जनयुद्ध कालमा २०५८ साल चैत १६ गते होली पर्वको दिन राती गोली दागी हत्या गरिएको थियो ।

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment