Onlinesiraha-Nepali |
- ९० लाखको लागतमा निर्माण हुने विद्यालय भवनको सिलान्यास गरियो
- क्षमतावान खेलाडीलाई स्थायी जिविको पार्जनको व्यवस्था गर्छौ ः मुख्यमन्त्री राउत
- विषयगत माध्यमिक शिक्षक क्षमता अभिवृद्धि तालिम शुरु
- चैत्र १३ गते नेपाली कांग्रेसको बलाबाखरमा बिशाल आमसभा
९० लाखको लागतमा निर्माण हुने विद्यालय भवनको सिलान्यास गरियो Posted: 25 Mar 2019 07:01 AM PDT जनकपुरधाम चैत ११ जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ स्थित गोगल प्रसाद नमुना मावि बसहियामा ९० लाखको लागतमा ४ कोठे विद्यालय भवनको शिलान्यास भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले एक कार्यक्रमका बिच उक्त ४ कोठे भवनको शिलान्यास गर्नुभएको छ । सो वडाका वडाध्यक्ष एवं स्कुलको अध्यक्ष सत्यनारायण साहको अध्यक्षतामा ४ कोठे भवन शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख साहले जनकपुरधाम उपमहानगरपालिकाका भित्र रहेको दुई वटा नमुना विधालय रहे पनि अन्य विद्यालयहरु पनि नमुना विद्यालय बन्ने लायक रहेको बताउनुभयो । उहाँले विद्यालयको विकासका लागि जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा थप काम गराईने समेत आस्वासन दिनुभयो । कार्यक्रममा बोल्दै सो विद्यालयका प्रधानाध्यापक महाविर दासले नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत यो आर्थिक वर्षमा भौतिक विकास अन्तरगत ९० लाखको लागतमा चारकोठे भवन तथा महिला शौचालय निर्माण गरिने उहाँले बताउनुभयो । त्यस्तै आगामी वर्ष शैक्षिक कार्यक्रममा थप कार्य गरिने उहाले बताउनुभयो । सो कार्यक्रममा विद्यालय, विद्यालयका दाता परिवार, शिक्षक, अभिभावक, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । |
क्षमतावान खेलाडीलाई स्थायी जिविको पार्जनको व्यवस्था गर्छौ ः मुख्यमन्त्री राउत Posted: 25 Mar 2019 05:49 AM PDT राजन कुमार सिंह चैत ११ प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले खेलमै आफनो जिवन समर्पण गर्ने क्षमतावान खेलाडीहरुको स्थायी जिविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन । जनकपुरमा आजदेखि शुरु भएको तेस्रो सहीद कप क्रिकेट प्रतियोगिताको उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले विश्वमै मुलुक र प्रदेशलाई चिनाउने खेलाडीहरुको मनोबल उच्च राख्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन । विश्वको अन्य मुलुकमा खेलाडीहरुलाई विभिन्न निकायमा जागिर दिने गरिए जस्तै प्रदेश २ को सरकारले समेत प्रादेशिक संरचना भित्र क्षमतावान खेलाडीहरुलाई समावेश गर्ने नीति दिएको उल्लेख गरेका छन । उनले प्रदेश सरकार हाल सम्म प्रदेश भित्र हुने सबै प्रकारको खेलमा यथाशक्य सहयोग गर्दै आएको उल्लेख गर्नु हुँदै अगामी दिनमा समेत सहयोग जारी रहने बताएका छन । मुख्यमन्त्री राउतले खेल क्षेत्रलाई उत्कृष्ट बनाउन प्रदेश सरकारले प्रत्येक जिल्लामा प्रदेश स्तरीय र प्रदेश भित्र कम्ती ३÷४ वटा अन्तराष्ट्रिय स्तरको रंगशाला बनाउने सोच समेत बनाएको जानकारी गराएका छन । कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश नं. खेलाडीहरुको उर्वर भूमि रहेको उल्लेख गर्नु हुँदै त्यस्ता खेलाडीहरुलाई उजागर गर्न प्रदेश सरकार हर सम्भव प्रयास गर्ने बताएका छन । उनले आधुनिक खेलका साथै मधेशका पारम्परिक खेलहरुको जगेर्ना गर्ने समेत प्रदेश सरकार प्रयत्नशिल रहेको बताएका छन । आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकुद असल र अनुशासित नागरिक निर्माण गर्ने मुल श्रोत रहेकाले क्षमतावान खेलाडी पहिचान गर्न वडा स्तरबाटै प्रतियोगिता गराउने क्यालेण्डर निर्माण गरेर प्रदेश सरकार अघी बढने उल्लेख गरेका छन । रुपेश कुमार सिंहको अध्यक्षतामा भएको प्रतियोगिताको उघाटन सत्रमा वन उद्योग तथा पर्यटन राज्यमन्त्री सुरेश कुमार मण्डल, प्रदेश सभा सदस्य सुरिता साह, कौशल कुमार यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, सुरक्षा निकायका पदाधिकारीहरु, खेलप्रेमी सहितको उपस्थिति रहेको थियो । प्रतियोगिताको उद्घाटन सत्रमा शहीद संजय चौधरी, नितु यादव, दिलिप यादव, रोहन चौधरी सहितको परिवारलाई मुख्यमन्त्री राउतले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । १९ गते सम्म चल्ने प्रतियोगितामा नेपालबाट आयोजक जनकपुर, कलैया, विराटनगर, भैरहवा र काठमाण्डौ तथा भारत बाट पटना, दरभंगा र कानपुर गरि जम्मा ८ वटा टिम सहभागी छन । |
विषयगत माध्यमिक शिक्षक क्षमता अभिवृद्धि तालिम शुरु Posted: 25 Mar 2019 05:40 AM PDT राजन कुमार सिंह चैत ११ धनुषाको बिदेह नगरपालिकास्थित नमूना प्राविधिक माध्यमिक विद्यालय गिद्धाबेलापटटीमा सोमवारदेखि विषयगत माध्यमिक शिक्षक क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । नमूना प्राविधिक माध्यमिक विद्यालय गिद्धाबेलापटटीका प्राचार्य पवन मंडलको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा बिदेह नगरपालिकाका नगर प्रमुख बेचन दास प्रमुख अतिथि रहेका थिए । तालिममा विषयगत शिक्षकहरुको सहभागिता रहेको छ । तीन दिनसम्म जारी रहने सो तालिममा सहभागीहरुलाई शिक्षामा गुणस्तर ल्याउन गरिने कार्य र विधार्थीहरुको सिकाई उपलब्धि बढाउने सम्बन्धी सिप हस्तानानतरण गरिने छ । |
चैत्र १३ गते नेपाली कांग्रेसको बलाबाखरमा बिशाल आमसभा Posted: 25 Mar 2019 05:34 AM PDT राजन कुमार सिंह चैत ११ नेपाली कांग्रेस धनुषाले आउंदो चैत्र १३ गते शहिदनगर नगरपालिका वडा नं. १ बलाबाखरमा बिशाल आमसभाको आयोजना गर्ने भएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने आम सभाको तयारी तिव्र रुपमा भईरहेको नेपाली कांग्रेस धनुषा सभापति महेशशंकर गिरीले बताएका छन । आमसभामा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रिय सदस्य रामकृष्ण यादव , महेन्द्र यादव , आनन्द ढुंगाना लगायतका नेताहरु सहभागी हुनेछन । आमसभामा २० हजारभन्दा बढिको सहभागिता रहने नेपाली कांग्रेस धनुषा सचिव विशेश्वर यादवले जानकारी दिएका छन । कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको र सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएकाले विरोधमा आम सभा हुने अध्यक्ष गिरीले बताएका छन । सोही दिन शहिदनगर वडा नं. १ बलाबाखर स्थित शहिद रामसेबक यादव (खलिफा) को शालिक अनावरण समेत गरिने जनाईएको छ । यादवको माओवादी जनयुद्ध कालमा २०५८ साल चैत १६ गते होली पर्वको दिन राती गोली दागी हत्या गरिएको थियो । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment