/ Undifined / Onlinesiraha-Nepali

Onlinesiraha-Nepali

Onlinesiraha-Nepali


विधालयहरु द्वारा सरस्वती पुजाको नाममा ब्रहमलुट, शिक्षा समिति हाजिरी अनुगमनमै सिमित

Posted: 08 Feb 2019 08:59 AM PST

मनोज बनैता, सिरहा, २५ माघ । बसन्त ऋतु को आगमन संगै हिन्दु समाजमा मनाईने सरस्वती पुजा को नाममा सरकारी तथा निजि विधालयहरु ले बिद्यार्थीका अभिभावकलाई ढाड सेक्ने काम गरिरहेका छन । पुजाको नाममा लिईने मनपरी चंदा ले गर्दा अभिभावकहरु आतंकित बन्न पुगेका छन । सिरहाका विभिन्न शैक्षिक संस्थाहरु ले प्रति बिद्यार्थी ३०० देखि ७०० सम्मको चन्दा उठाएको कुरा बाहिर आईरहेको छ । निजि बिधालयमा आफ्नो छोरा छोरीलाई पढाउने एक अभिभावक बिनोद साह भन्छन " मेरो परिवारको जम्मा ६ जना केटाकेटी निजि बिधालयमा पढ्छन् । मैले जम्मा ३००० तिरे । न तिर्दा बच्चाहरूलाई मानसिक पीडा दिन्छन । के गर्ने ? "

नैतिकता को न्युनतम मापदण्डलाई पनि पार गरि बिधालयहरु ले चन्दा उठाउने कार्यप्रति सिरहाका अधिकांश अभिभावकहरुको ध्यानाकषिर्त भएका छन । यसरी विभिन्न बहानामा विद्यार्थीहरुको अभिभावक संग रकम असुल्ने बिधालयहरु लाई निरुत्साहित गर्ने निकाय सिरहाको सन्दर्भमा अहिलेसम्म मौन देखिएको छ । जबकि छिमेकी जिल्लाहरूमा पुजाको नाममा रकम असुल नगर्न जिल्ला प्रशासन कार्यालयबाट परिपत्र जारी भएको अवस्था छ । नाम गोप्य राखिदिने शर्तमा लाहान स्थित निजि बिधालयका एक शिक्षक ले भने " यहाँ त शिक्षा समिति पनि त्यति गतिलो भएन । समितीका सदस्यहरु महिनामा केवल बिद्यार्थीहरुको हाजिरी हेरेर आफ्नो कर्तव्य पूरा गरिरहेको अवस्था छ । "

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्नुपर्ने जरुरी : प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ

Posted: 08 Feb 2019 08:25 AM PST


माघ २५, सिरहा । प्रदेश न.. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले विद्यालयहरुको स्तरोन्नति हुनुपर्ने कुरामा जोड दिनु भएको छ । वहाँले अध्यात्मका साथै योगा अभ्यासका कक्षाहरु पनि सँचालन गरिनुपर्ने बताउनुभएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ को औराहा स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन समुद्धघाटन तथा शिलालेख अनावरण एवं सम्मान कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । बिभिन्न ७५७ जना दाताहरुको सहयोग तथा १ करोड २० लाखको लागतमा निर्माण गरिएको उक्त विद्यालयको भवनलाई शिलालेख अनावरण गर्दै समुद्धघाटन गर्नुभएको हो । उहाँले भन्नुभयो– दाताहरुले गरेको दान पुण्य एकदमै प्रशँसनिय छ । दान गर्नु यज्ञ गरे बराबर हुन्छ । त्यसैले सामाजिक दान पुण्यले समाजमा समेत प्रतिष्ठा बढ्छ ।
आफु पनि सामुदायिक बिद्यालयमा नै अध्ययन गरेको स्मरण गराउँदै सामुदायिक बिद्यालयहरुको शिक्षाको स्तरोन्नोती गर्न सके निजी विद्यालय भन्दा कम नहुने र क्षमतावान बिद्यार्थीहरु उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । साथै उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न समेत आग्रह गर्नुभएको छ । २०३८ सालमा स्थापना भएको सो बिद्यालयमा अहिले प्लस २ सम्मको अध्ययन अध्यापन भईरहेको छ । बिद्यालयको पुरानो भवन एकदमै जिर्ण अवस्थामा पुगेकोले दाताहरुबाट सो रकम सँकलन गरी १ करोड २० लाखको लागतमा २ तल्ले बिद्यालयको भवन निर्माण गरेका छन । कार्यक्रममा भवन निर्माणमा सहयोग पुरयाउने दाताहरुलाई सम्मान गरिएको थियो भने अभिभावक , बिद्यार्थी तथा नागरिक समाजको उपस्थिती रहेको थियो ।

दुर्घटना न्युनिकरण गर्न मिर्चैया ट्राफिकद्धारा चालकको आखाँ जाँच

Posted: 08 Feb 2019 08:19 AM PST

राम नारायण पंडित, सिरहा, २५ माघ । दुर्घटना न्युनिकरण गर्न अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाले सार्बजनिक सबारी चालकको आखाँ जाँच गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बढ्दो सबारी दुर्घटना न्यूनीकरणका लागि सार्बजनिक सबारी चालकहरुको निःशुल्क आखाँ र ब्लडप्रेसर जाँच गरिएको अस्थायी ट्राफिक प्रहरी पोष्ट मिर्चैयाका ईन्चार्ज प्रहरी नायब निरिक्षक बिकु नारायण कासिछावाले जानकारी दिएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको निर्देशन अनुसार सगरमाथा चौधरी आखाँ अस्पताल लहान र प्राथमिक स्बास्थ्य केन्द्र मिर्चैयाका स्बास्थ्यकर्मीहरुको सहयोगमा विहिबार ६० जना चालकलाई गरेको परिक्षणमा ७ जना चालकको ब्लडप्रेसर बढेको र ४ जनाको ब्लडप्रेसर कम रहेको पाईएको उनले बताए । जाँचमा चालकहरुको आखाको अबस्था समान्य देखिएको ईन्चार्ज कासिछावाले बताए । 

उक्त क्रममा करीब २ सय जना चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि पर्चा समेत बितरण गरिएको थियो । 
51721741_2253266491662557_8842566449546395648_n51562134_2253266468329226_5617676580168925184_n51922859_2253266428329230_6461719309751156736_n

मिर्चैया महोत्सवको पुर्वसंध्यामा बृहत सरसफाई (फोटोफिचर)

Posted: 08 Feb 2019 08:11 AM PST

राम नारायण पंडित, सिरहा, २५ माघ । "प्रथम मिर्चैया महोत्सव–२०७५" को पुर्वसंध्यामा बृहत सरसफाई गरिएको छ । माघ २८ गतेदेखि हुन गईरहेको महोत्सवलाई सभ्य र भव्य बनाउने उदे्श्यले आज बृहत सरसफाई कार्यक्रम सम्पन्न गरिएको आयोजकले जनाएको छ । "समृद्ध मिर्चैयाको आधार–कृषि, उद्योग, पर्यटन र व्यापार" मुल नारा सहित आयोजना भईरहेको  महोत्सवले धार्मिक पर्यटकीय स्थलहरुको विकास, उद्योग, व्यापार, पर्यटन, जडिबुटी, कृषि उद्यमलाई विकसित गर्दै समृद्ध मिर्चैया निर्माणसँगै अर्थतन्त्रलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउने लक्ष्य रहेको छ । 
51408326_1092408017597794_4181576847965814784_n
महोत्सवको काम अन्तिम चरणमा पुगेको महोत्सव आयोजक समितिका उपाध्यक्ष अरुण सिंहले बताए । उनले भने "स्टल निर्माणको काम सम्पन्न भएको छ, स्टल बुकिङ्ग पनि ८० प्रतिशत भईसकेको छ, समुद्घाटको अबसरमा स्थानिय कला, संस्कृति, झाँकी प्रर्दशन गर्ने कार्यक्रम रहेकाले सोही अनुसार तयारी भईरहेको छ ।"
51472349_803525636665531_2783902040676368384_n
कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्नुको साथै नगर सफासुग्धर राख्ने उदेश्यले आजको बृहत सरसफाई कार्यक्रमको आयोजना गरिएको मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र पौडेलले बताए । 
 
मिर्चैया नगरपालिका वडा ६ स्थित यहि माघ २८ गतेदेखि फागुन ७ गतेसम्म संचालन हुने महोत्सवको समुद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले गर्ने तय भएको छ । करीब ५० लाखको लागतमा भईरहेको महोत्सवमा एक सय ३१ वटा स्टलको ब्यबस्था गरिएको छ भने ४ लाखको हाराहारीमा दर्शक सहभागी गराउने आयोजकको लक्ष्य रहेको छ । 
51495566_2211851405734683_5601349884763439104_n
नगरपालिकाको आयोजनामा भएको सरसफाईमा सहभागीहरुले नगरको बिभिन्न भागको सरसफाई गर्दै महोत्सव स्थलमा पुगेर समापन गरेका थिए । सरसफाई कार्यक्रमको समापनमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादब र महोत्सव समितिका प्रचारप्रसार संयोजक अशोक कुमार साहले सम्बोधन गरेका थिए । 
51515950_1919658224827723_8449244769191723008_n
सरसफाईमा महोत्सव मुल आयोजक समितिका अध्यक्ष हरीशंकर साह, सचिब भरत महासेठ, सरसफाई अभियन्ता धिरेन्द्र कुमार साह, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका प्रहरी जवान, सिरहा सेवा समाजका साथै मोहन माबि, बाजु माबि, स्वस्तिक पाठशाला, सगरमाथा मावि, टाईम्स स्कुल, रामजानकी बिद्यामन्दिर, अरुणोदय स्कुल, ह्वाईट हाउस, पोलर स्टारका बिद्यार्थी, शिक्षकको साथै नगरबासी, व्यापारी, बुद्धिजिबी लगायतका सहभागिता रहेका थिए । 
51675452_660804884317781_3506348800090308608_n
51714908_2211851582401332_2353269197737295872_n

51828327_2211851539068003_6148906868669415424_n

about author

Blogger Sens it website about blogger templates and blogger widgets you can find us on social media
Previous Post :Go to tne previous Post
Next Post:Go to tne Next Post

No comments:

Post a Comment