Onlinesiraha-Nepali |
- धनुषाको मुखियापटीमुसरहनिया मदरसामा कम्बल वितरण
- पुलवा हादशामा मारिएका सैनिकको आत्माको शान्तिका लागि मिर्चैयामा श्रद्धान्जली
- चाउचाउको बोर्ड राखेर मरिच तस्करी, प्रहरी—तस्कर मिलोमतो
धनुषाको मुखियापटीमुसरहनिया मदरसामा कम्बल वितरण Posted: 18 Feb 2019 08:03 AM PST ![]() |
पुलवा हादशामा मारिएका सैनिकको आत्माको शान्तिका लागि मिर्चैयामा श्रद्धान्जली Posted: 18 Feb 2019 01:44 AM PST ![]() कश्मिरको प्रमुख शहर श्रीनगरबाट करिब २० किलोमिटर टाढा पुलवामा जिल्ला स्थित राजमार्गमा छुट्टी मनाएर काममा फर्कंदै गरेका करिब २ हजार ५०० सुरक्षाकर्मी बोकेको ७८ ओटा सवारी–साधनलाई लक्षित गरी विस्फोटक पदार्थले भरिएको एक भ्यानले बिहीबार आत्मघाती आक्रमण गरिएको थियो । आक्रमणमा ४१ भन्दा बढी सैनिकको मृत्यु भएको थियो । आक्रमणमा अन्य २० जनाभन्दा बढी घाइते भएका छन् । आक्रमणको जिम्मेवारी आतंककारी समूह जैस–ए मोहम्मदले लिएको छ । आक्रमणका कारण भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएका छन् । कार्यक्रममा कल्वका पदाधिकारी, स्थानियबासी, राजनितिकर्मी, शिक्षक, बिद्यार्थी, ब्यापारी लगायतका सहभागिता रहेको थियो । |
चाउचाउको बोर्ड राखेर मरिच तस्करी, प्रहरी—तस्कर मिलोमतो Posted: 17 Feb 2019 07:01 PM PST ![]() नवसंग्राम सहकर्मी आलोक यादव आज लहानबाट निस्किएको चाउचाउ वोर्ड लागिएको एक जिपलाई पिछा गर्दा वरियारपट्टी गाउँपालिकामा पर्ने सिमावर्ती गाउँ ब्रहरीको एक पक्की घरमा मरिचको बोरा झार्दै गरेको फेला पारेको छ । पिक अप जिपबाट केही चाउचाउको प्याकेट र अधिकतम मरिचको बोरा अनलोड गरी पक्की घरमा राखेको छ । त्यहाँबाट रातारात कचनारी प्रहरीकै संरक्षणमा अवैद्य रुपमा भारत पैठारी गर्ने गरेको खुलासा भएको छ । तेस्रो मुलुकबाट आयात गरिने मरिच कानुनत नेपालमै खपत हुनुपर्छ । तर, तथ्यांक हेर्ने हो भने यहाँ खपत हुनेभन्दा धेरै बढी आयात भएको छ । यसरी आयात भएको मरिच खुला सीमाको फाइदा उठाउँदै आयातकर्ताले अवैध रूपमा भारत पठाउने गरेका छन् । नेपालमा भन्दा भारतमा प्रतिकेजी २ सयसम्म बढी मूल्य भएका कारण आयातकर्ताले नेपालका लागि मगाएर भारत पठाएका हुन् । तेस्रो मुलुकबाट आयात हुने मरिच निकासी गर्न पाइँदैन् । मरिच सिरहा, मोरङ, सुनसरी, झापालगायतका सीमावर्ती क्षेत्रहरूबाट चोरी निकासी हुने गर्छ । भियतनामबाट आयातित मरिचको खुद्रा मूल्य नेपालमा प्रतिकिलोग्राम ७ देखि ८ सय रुपैयाँ पर्छ भने भारतमा यसको मूल्य ९ सयभन्दा माथि छ । मूल्य अन्तरकै कारण मरिचको पैठारी बढेको छ । भियतनामबाट मरिच आयात हुन्छ । यसअघि इन्डोनेसिया र थाइल्यान्डबाट सुपारी आयात गरी अवैध रूपमा भारत निकासी गरिँदै आएको थियो । सुपारीमा कडाइ भएपछि केही समय आयातकर्ताले सुकुमेलको आयात गरी भारत निकासी गरे । यत्तिबेला मरिचसँगै मटर समेत नेपालबाट अवैद्य रुपमा पैठारी हुने गरेको छ । कचनारी प्रहरी इन्चार्ज धनबहादुर खड्काको निगरानीमै रातारात मरिच नेपालबाट भारत पैठारी हुने गरेको छ । प्रहरी खड्काकै मिलोमतोमा कचनारी ब्रहरी नरगी हुँदै गिट्टी बालुवा समेत पैठारी हुने गरेको छ । उता, जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठ भन्छन् — यो सम्भव छैन । यदि यस्तो भइरहेको छ भने यथाशिघ्र कारोबार बन्द हुन्छ । यसको लागि विशेष प्रहरी टोली खटाइसकेको छु । उता, तस्करहरु पत्रकारहरुलाई फोन गरेर मिठो शैलीमा धम्की दिने गरेको छ । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment