Onlinesiraha-Nepali |
हेल्प मधेशीद्धारा बनिनियाँमा शैक्षिक सामग्री वितरण Posted: 10 Jan 2019 04:07 AM PST राम नारायण पंडित, सिरहा, २६ पौष । हेल्प मधेशी साउदी अरेबियाले सिरहामा शैक्षिक सामग्री वितरण गरेका छन् । रोजगारीको क्रममा खाडी मुलुकमा रहेका नेपालीहरुको साझा संस्था हेल्प मधेशी साउदी अरेबियाद्धारा संकलित रकमले सिरहाका ४० जना अतिगरिब, दलित, बिपन्न बिद्यार्थीहरुलाई ब्याग, कपी, कलम र डिक्सनरी प्रदान गरेको हो । कल्याणपुर नगरपालिका १ लक्षन मण्डल जनता माबि बनिनियामा बुधबार आयोजित शैक्षिक सामग्री बितरण कार्यक्रममा आधारभूत बिद्यालय अर्नामा, आधारभुत बिद्यालय सनचिरैया, आधारभुत बिद्यालय कोयलपुर र लक्षन मण्डल जनता मावि. बनिनियाका बिद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ । प्रत्येक बिद्यालयबाट अतिगरीब, दलित र बिपन्न मध्येबाट १० जनाको दरले छनोट गरी जम्मा ४० जना बिद्यार्थीलाई करीब ६० हजार मोलबराबरको शैक्षिक सामग्री बितरण गरीएको आयोजकको भनाई रहेको छ । कार्यक्रममा हेल्प मधेशी कतारको सहयोगमा सिरहा नगरपालिका ६ बस्ने रुन्ची कुमार साफीलाई एक थान सिलाई मेसिन समेत प्रदान गरिएको छ । प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का उद्योग, पर्यटन, बन तथा बातावरण राज्य मन्त्री सुरेश कुमार मण्डलले हेल्प मधेसीले गरिरहेको कार्य सराहनिय रहेको बताए । मन्त्री मण्डलले श्रमिकहरुले गरेको योगदानबाट पुगेको टेवालाई प्रशंसा गर्दै प्रदेस २ मा खस्किएको शैक्षिक स्तरलाई उकास्नका लागी शुभ संकेत रहेको बतातए । सरकारको शिक्षा नितिमा भाषाको भेदका कारण मधेश पछाडी परेको उनले दाबी गरे । उनले "अब लोकसेबा आयोगदेखि पठन– पाठन समेत आफ्नो भाषामा गर्न प्रदेश सरकार कटिब्ध छ, प्रदेश सरकारले थालेको "बेटि बचाउ, बेटि पढाउ" अभियानले महिला शिक्षामा टेवा पुग्ने छ, हाम्रो समाजले चेलीबेटीलाई शिक्षाबाट बन्चित गरेकै कारण शिक्षामा सुधार हुन सकेको छैन् ।" कार्यक्रमलाई सम्बोधन गर्दै हेल्प मधेशी नेपालका अध्यक्ष राम उद्गार यादवले पीडितको अवस्था हेरी आफुहरुले आगामी दिनमा समेत सहयोग गर्न प्रतिवद्ध रहेको बताए । बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरुलाई शिक्षाको पहुचमा सहयोग पुग्ने उद्देश्यले शैक्षिक सामाग्री बितरण गरेको उनले बताए । हेल्प मधेशीका सदस्यहरुले महिनामा एक दिन चिया नखाएर जम्मा गरिएको रकमले सममय–समयमा आर्थिक स्थित कमजोर भएका गरीब, दलित, पिछडिएका बिद्यार्थी, दुर्घटना, भुकम्प, बाढीपहिरो जस्ता दैबिक प्रकोपबाट पिडित भएका परिबारलाई राहत स्वरुप रकम, खाद्यान्न र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन् । हेल्प मधेशी नेपालको अध्यक्ष राम उदगार यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश २ का उद्योग, पर्यटन, बन तथा बातावरण राज्य मन्त्री सुरेश कुमार मण्डल रहेका थिए भने बिशिष्ट अतिथीका रुपमा कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डल, उपमेयर रोहणी देवी यादब, समाजवादी लोकतान्त्रिक ट्रेड युनियनका केन्द्रिय कोषाध्यक्ष शोभा मण्डल, हेल्प मधेशी साउदीका संस्थापक अध्यक्ष शिव नारायण यादव, हेल्प मधेशीका संस्थापक सदस्य प्रभात महतो, हेल्प मधेशी नेपालका सेवक राम कुमार महतो, रामपुकार कापर, श्रीमती सुनिता सिंह, हेल्प मधेशी साउदीका सल्लाहकार लालबाबु साह जी, हेल्प मधेशी कतारका सदस्य शिवलोचन यादव, शुभलाल महतो लगायतका उपस्थिती रहेको कार्यक्रम संयोजक अजय कुमार मण्डलले बताए । हेल्प मधेसी हाल नेपाल सहित साउदी, बहराइन, दुबई, कुवेत र मलेसियामा क्रियाशिल रहेका छन् । |
“यही सरकारले नेपाल समृद्ध बनाउँछ”-प्रवक्ता श्रेष्ठ Posted: 10 Jan 2019 03:59 AM PST राम नारायण पंडित, सिरहा, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुकुल संविधान परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताएका छन् । सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा आज (बुधबार) आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति सभालाई सम्वोधन गर्दे प्रवक्ता श्रेष्ठले कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै उनले नेताहरुविचको मतभेदले सरकार फेरिन्छ भन्ने धेरैलाई लागेकोले सरकार परिवर्तको कुनै सम्भावना नभएको स्पष्ट गरे । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले नै पाँचवर्ष सरकार चलाउने समेत उनले दाबी गरे । उनले भने "यही सरकारले नेपाल समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराव कामहरुको आलोचनात्मक ढंगले विरोध गर्नु पर्ने हुन्छ ।" प्रवक्ता श्रेष्ठले राष्ट्रिय अखण्डतालाई टुक्रायाउन खोज्नेलाई परास्त गर्ने चेतावनी दिएका छन् । देशलाई विखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सह्य नहुने उनले बताएका छन् । विखण्डनकारी विरुद्ध एकढिक्का बनाउनु पर्ने भन्दै उनले त्यसको नेतृत्व आफ्नो पार्टी र सरकारले गर्ने दाबी गरेका छन् । "समाजिक सुरक्षाभत्ता पाँच हजार पुर्याउछौं"-उपप्रधानमन्त्रि पोखरेलस्मृति दिवसलाई सम्वोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरै काम गर्न नसकिरहेको बताएका छन् । बर्तमान सरकार संयन्त्र सहितको परिवर्तन भएको भन्दै उनले नयाँ कानुन बनाउँदै कामलाई अगाडी बढाउनु पर्ने भएकाले काम नभएको जस्तो मात्र देखिएको जिकिर गरे । सरकारले फाल्गुन मसान्त भित्रै सवै कानुन बनाएर विकास निर्माणका कामलाई तिव्रता दिने उनले बताए । मन्त्री पोखरेलले बर्तमान सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने दाबी गरे । उनले भने "हामीले समाजिक सुरक्षाभत्ता पाँच हजार बनाउने भनेका छौं, त्यो यही सरकारले पुर्याउँछ ।" मन्त्री पोखरेलले कमला सुनकोसी डाइर्भसन र सुनकोशी मडिन डाइभर्सनको कामलाई अगाडी बढाएर तराइको उर्वर जमिनमा सिंचाई गरी किसानलाई खुसहाली बनाउने दाबी गरे । अंगिकृत नागरिकता बाँडेर नेपाली जनतालाई अल्पमतमा पार्ने पक्षमा नरहेको समेत उनले बताए । उनले भने "अंगिकृत नागरिकताको भेल बाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौं, 'सरकारले विदेशी बुहारीलाई अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छ ।" नेपाल बहुजाती, भाषा, धर्म भएको देश रहेको भन्दै मन्त्री पोखरेलले हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथली भाषाको हत्या गर्न नदिने बताए । उनले भने "तराइको धेरै मानिसले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई 'हलाल' गर्न दिन्नौं ।" किसान नेता जयगोविन्द साहको जन्म वि.सं. १९७६ सालमा सिरहाको जेलमा भएको थियो भने वि.सं. २०४६ साल पौष २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएको साहको शव तत्कालिन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् । स्मृति सभामा नेकपाका नेता धर्मनाथ साह, महेन्द्र पासमान, अजय शंकर नायक, बिश्बनाथ साह, प्रदेश २ का अध्यक्ष प्रभु साह, संघिय सांसद लिलानाथ श्रेष्ठ, बोधमाया यादब, प्रदेश सांसद सत्यनारायण मंडल, रामकुमार यादब, दिलिप साह लगायतकाले सम्बोधन गरेका थिए । उक्त क्रममा बिभिन्न पार्टी परित्याग गरी २ दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु नेकपामा प्रबेश गरेका छन् । |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment