Onlinesiraha-Nepali |
- मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन्
- बड्ही समाजको सिरहा जिल्ला अधिवेशन सम्पन्न
- गोलबजार उद्योग व्यापारसंघमा अग्रवाल र साहको प्यानल भिड्दै
मिशन मधेशमा कसिसले सुपर छवी प्रस्तुत गर्दैछीन् Posted: 03 Dec 2018 10:23 AM PST लहान, १८ मंसिर । विगतमा भएको शोषण दमन र मधेश आन्दोलनलाई समेटिएर चित्रण गर्दै निर्माणमा रहेको मिशन मधेशको फाइट र क्लामेक्स आज सम्पन्न भएको छ । ५० लाखको लागतमा निर्माण भइरहेको यो मिशन मधेश फिल्म मधेशीभाखाको मैथिली भाषामा निर्माण भइरहेको छ भने यसलाई नेपाली र भोजपुरीमा समेत डबिंग गरी बजारमा ल्याउँने यसका प्रबन्धक निर्देशक आलम खानले बताए । यो फिल्ममा मारधारसहित एक्शन रहेको छ भने नायिका कसिस दहाल (मिशन कसिस) ले रोमान्टीक गीतमा नृत्य गर्दैछीन् । मिशन कसिस यत्तिबेला मधेशी मैथली फिल्ममा चर्चित नामले आगाडि बढ्दैछीन् । सोही अनुरुपको मिशन मधेश फिल्ममा उनले जोडदार प्रस्तुती गर्दै आएकी छीन् । नायिका कसिस नेपाली फिल्म गर्दै यत्तिबेला मधेशी मैथलीमा आफ्नो सुपर छवी बनाउँदै आएकी छीन् । मिशन मधेश चलचित्रको सुटिंग मंसिरको अन्त्यसम्म सम्पन्न हुने निर्माता मुकेश्वरलाल कर्णले बताए । आउँदो फागुनमा यो फिल्म बजारमा ल्याउँने निर्माता कर्णले दावी गरेका छन् । मधेशी मैथलीस्तरको पहिलो मिशन मधेश फिल्म रेड क्यामराबाट सुटिंग गरिरहेको छ भने नायक दिनेश्वर गुप्ता जोखिमपूर्ण अभिनय गरेका छन् । आजसम्म फिल्मको १५ दृश्य सुटिंग हुन बाँकी रहेको छ । दूई रोमान्टीक र एक क्रान्तिकारी गीतका साथ यो मिशन मधेश फिल्म बजारमा ल्याउँने तयारी गरिरहेको छ । जनजीवनसँग गासिएको यो चलचित्रको अधिकाँश सुटिंग लहानमा भएको छ भने मधेश आन्दोलनलाई चित्रण गर्ने प्रयास गरिएको छ । यो चलचित्र बालक, युवा, वृद्ध र पारिवारिक माहौलमा हेर्न सकिने स्तरको फिल्म निर्माणमा जुटेको अर्का निर्देशक सुर्या साहले बताए । |
बड्ही समाजको सिरहा जिल्ला अधिवेशन सम्पन्न Posted: 03 Dec 2018 09:08 AM PST सिरहा, १६ मंसिर । नेपाल बड्ही समाज सिरहाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । मिर्चैयामा दुई दिनसम्म चलेको सम्मेलनले भगवान ठाकुरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमित गठन गरिएको छ । समितिको उपाध्याक्षमा विनोद कुमार ठाकुर, कोषाध्यक्षमा हरेराम शर्मा, सचिवमा रामदेव ठाकुर, सह–सचिवमा रामचन्द्र ठाकुर चयन भएका छन् । त्यसैगरी, सदस्यहरुमा रामचरित्र ठाकुर, विरेन्द्र ठाकुर, रामप्रसाद ठाकुर, रामकुमार ठाकुर, किशोरी ठाकुर, रामउदगार ठाकुर लगायतका चयन भएका छन् । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथीको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव, नेपाल बड्ही समाजका केन्द्रिय अध्यक्ष धनिकलाल ठाकुर, समाजका पुर्बकेन्द्रिय अध्यक्ष हरेराम ठाकुर र अतिथिको रुपमा सडक डिभिजन कार्यालय लहानका इन्जिनियर सोभितलाल ठाकुर, समाजका निर्वाचन मंडलका प्रमुख सुर्यनारायण ठाकुर, ईलाका प्रहारी कार्यालय मिर्चैयाका प्रहारी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनाल, सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका डिएसपी गहेन्द्र भण्डारी लगायत स्थानिय व्यापारी, बुद्धिजीवी, समाजसेबी लगायतका उपस्थित रहेको थियो । हाल सिरहा जिल्लामा बड्ही समुदायका कुल जन्संंख्या १३ हजार ९ सय ८३ रहेका छन् । अधिबेशनमा विभिन्न क्षेत्रमा योगदान पुर्याउको भन्दै समाजले बड्ही समुदायका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । |
गोलबजार उद्योग व्यापारसंघमा अग्रवाल र साहको प्यानल भिड्दै Posted: 03 Dec 2018 09:00 AM PST सिरहा, १६ मंसिर । उद्योग व्यापार संघ गोलबजारको निर्वाचनमा भरत अग्रवाल र जिवछ साहको प्यानल भिड्ने भएको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनको लागि आईतबार मनोनयन दर्ता भएको हो ।संघको १५ सदस्य कार्यसमितिको लागि दुई प्यानल सहित ३३ जनाल मनोनय दर्ता गराएका छन् । अग्रबाल र साहको प्यानल नै दर्ता गराएको भएपनि एक सचिव र दुई सदस्यका लागि छुट्टै मनोनयन भएको छ । भरत अग्रवाल अध्यक्ष रहेको प्यानलबाट महेश साह (कोकवा) प्रथम उपाध्यक्ष, महेश यादव व्दितिय उपाध्याक्ष, विजय कुमार साह कोषाध्यक्ष, सोहेव अनवर महासचिव र सचिवमा अरुण कुमार सिंहको नाम मनोनयन भएको छ । महिला सदस्यमा समृका कुमारि महतो र सदस्यहरुमा क्रमशः विनोद कुमार साह, कविलदेव साह, दीपेन्द्र कुमार राउत, रामश्रृंगार साह तेली, हिरा यादव, अनिल कुमार लामा, दीनेश कुमार यादव, बैजनाथ शर्मा रहेका छन् । त्यसैगरी, जीवछ साह अध्यक्ष रहेको प्यानलबाछ प्रथम उपाध्यक्षमा अशोक कुमार साह, व्दितिय उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, कोषाध्यक्षमा विजय कुमार साह, महासचिवमा राकेश प्रसाद साह, सचिव सुनिल कुमार महतो, महिला सदस्यमा रेखा कुमारी तामाङ्गको नाम मनोनय भएको छ ।सदस्यहरुमा क्रमशः मदन कुमार साह, सतिश चन्द्र सिंह, रामकुमार साह, राकेश कुमार यादव, वीरेन्द्र सिंह, प्रमोद कुमार साह, समिम मियाँ, उमेश कुमार सिंह रहेका छन् । स्वतन्त्र रुमा रामकुमार सिंह सचिवपदमा उमेदवारी दिएका छन् । विनोद कुमार दहाल र हरिकिशोर साहले सदस्य पदमा मनोन दर्ता गराएको निर्वाचन अधिकृत सुरेन्द्र कुमार सिंहले जनाकारी दिए । अग्रवालले मनोनय दर्ता गराउँदै आफू सधै व्यवसायीहरुको करेक प्रकारको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनने पक्षमा रहेको बताए । आजपनि एकजना आन्तरिक राजस्वको कर्मचारी बजार छिर्दा सारा पसलहरु बन्द हुने गरेको छ । कतिपयले बुझेर र कतिपयले नबुझेरपनि यस्तो हुने गरेको अग्रवालले बताए । उनले यो समस्या समाधान गर्नु आफ्नो प्राथमिकतामा रहेको बताए । अग्रवालले गोलबजार नगरक्षेत्रका व्यावसायीहरुको खाता हिसाव किताव राखने, दर्ता प्रकृया, प्यान भ्याटजस्ता समस्याको विषयमा व्यवसायीहरुलाई वेला वेलामा प्रशिक्षण तथा अभिमुखिकरणको व्यवस्था गर्न आफ्नो उम्मेदवारी भएको बताएको छ । उनले गोलबजार नगरक्षेत्रले भोगीरहेको सार्वजनिक शौचालय, अव्यवस्थित मोटराईकल पार्किक जस्ता समस्यालाई स्थानीय निकायसंगको साझेदारीमा व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले व्यवसायीहरुको हरेक समस्यासँग पहिलादेखि नै आफूले साथ सहयोग दिंदै आएको बताउँदै युवा व्यवसायीहरुलाई व्यवसायमा हुने समस्या सामाधानका विषयमा समय समयमा अभिमुखिकरण गरी मर्यादित व्यवसायको पर्वर्धन गर्ने अग्रवालले जनाए । त्यसैगरी, अर्का अध्यक्ष पदका प्रत्यासी जीवछ साहले व्यवसायीहरुले झैल्दै आएको दोहोरो कर प्रणाली, आयकरको झमेला, व्यापारीले झैल्दै आएको चन्दा आतंक समस्यालाई सहज बनाउने बताए । उनले देश विकासमा व्यवसायीहरुको प्रमुख योगदान रहेको भन्दै व्यवसय मर्यादिन र भयरति नभएसम्म देश विकासपनि हुन नसक्ने भन्दै व्यवसायीहरुका हरेक खालका समस्या समाधानमा आफ्नो सक्रियता रहेन साहले प्रतिबद्धता जनाए । साहले आफूले विगत देखि नै व्यवासायीहरुलाई दिएको साथ सहयोग कै कारण आफ्नो प्यानलले उम्मेवारी दिन बाध्य भएको बताए । उनलेभने, 'मैले विगत देखि नै व्यवसायीहरुलाई दिंदौ आएको साथ सहयोगले आज अध्यक्ष पदको उमेद्वारी दिन बाध्य बनाएको हो ।' उनलेथपे, 'म आफै उम्मेवार भएर आएको होइन मलाई सम्पूर्ण व्यवायीहरुको साथ सहयोग छ ।' |
You are subscribed to email updates from Onlinesiraha.com. To stop receiving these emails, you may unsubscribe now. | Email delivery powered by Google |
Google, 1600 Amphitheatre Parkway, Mountain View, CA 94043, United States |
No comments:
Post a Comment